२०८३ बैशाख ११
२०८३ बैशाख ११

 

रौतहट १३ बैशाख। रौतहट स्थित सवारी दुर्घटनामा परेर १ बर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ।

 

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को १ बर्षमा नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ।

 

अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

 

सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ।

 

अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। न्युज कारखाना

 

रौतहट १३ बैशाख। बिगतमा ग्रामीण भेगका युवाहरु माझ खेल प्रति खासै रुचि नरहेपनि पछिल्लो समय नेपालमा क्रिकेटसँगै युवाहरुको अन्य खेल प्रति पनि आकर्षण बढ्दै गएको छ। तर साधन स्रोतको अभावमा केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि खेललाई निरन्तरता दिन युवाहरुको लागी ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।

 

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका थिए।

 

एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने उनको लक्ष्य रहेको छ। तर स्रोत साधनाको अभावमा उनलाई ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ। मध्यम बर्गिय परिवारका आदेश भन्छन्, ‘अहिलेसम्म म सँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । भने जस्तो साधन स्रोत र सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शन सुधार्न सकिन्छ ।’

 

राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्ने उनकाे भनाइ छ । यस्ता उदीयमान खेलाडी आदेशको कटहरिया नगरपालिकाले प्रोतसाहनका लागि सम्मान सहित प्रयोजक भई सहयोग गर्नुपर्ने  स्थानीयहरुको भनाई रहेको छ। आदेशको सफलताबाट सम्पुर्ण कटहरिया नगरवासीसँगै सिङ्गो रौतहटवासी नेपाली जनता गौरवान्वित हुनेछ कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो विचार राखेका छन्।

आदेश संयुक्त अरब इमिरेट्स (युएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका छन्। त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले बताएका छन।

 

१४ औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

 

कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव वीरगञ्जमा बसेर पढाईका साथै एथ्लेटिक्सको प्रशिक्षण पनि लिइरहेका छन्। बिरगंजमा उनी श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । खेल संगै  भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने सपना रहेको आदेशले बताएका छन।न्युज कारखाना

 

रौतहट १३ बैशाख। बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिका अन्तर्गत चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताएका छन।

 

बुधवार राती खेतमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका यादव लाई उपचारको लागि कलैया तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन।

 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।न्युज कारखाना

 

बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित

बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले निजगढ नगरपालिका ८ स्थित शहिद चोकमा बिक्री केन्द्रको स्थापना गरेको छ । सोमबार प्रधानमन्त्री कृषि आघुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुर बरहीले बिक्री केन्द्रको उद्घाटन गरेका हुन् ।

बरहीले बागदेव दुग्ध उत्पादकले तयार गरेका दुग्ध जन्य पदार्थको निजगढ चोकमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले बागदेवको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै निजगढमा बिक्री केन्द्र हुँदा बागदेव दुग्धको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए ।

त्यस्तै बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले संस्थाले धेरै जनसङ्ख्या भएको क्षेत्रमा क्रमश बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउने बताए । उनले उपभोक्ताहरुको सहजताको लागि बिक्री केन्द्र निजगढ चोकमा स्थापना गरिएको बताए । लामो समयदेखि निजगढको चोकमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधि लगाएतको उपस्तिथि रहेको थियो ।

यसैबिच, वार्षिकोत्सवको अवसरमा बागदेव दुग्ध उत्पादक सहकारी संस्था र कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रबिच दुई वर्षका निम्ती भएको सम्झौतामा उद्यमशिलता तालिम संचालन गरि कृषकको नेतृत्व तथा सीप बिकाश गर्न दुई पक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार दुग्धको बिभिन्न बस्तु विविधिकरण संगै गोठ सुधार, ग्रामिण पशु स्वास्थ्य, त्रेडिट लिंकेज तथा पशु विमा अमिमुखिकरणलगाएतका कार्यक्रम गर्ने दुई पक्षबिच सहमति भएको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

यस्तै, वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढ ५ स्थित श्री जनजागृति अधिरभुत विद्यालयलाई दुई थान सिलिङ पंखा सहयोग समेत गरेको छ । कार्यक्रममा निजगढ नगरपालिका ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराई, संस्थाका व्यवस्थापक सौरभ अधिकारीलगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिब प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।न्युज कारखाना

 

९ बैशाख, महोत्तरी 

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन ।

सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको वताएका हुन ।

मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र सारदादेवी थापालाई वधाई तथा सुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा वोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए ।

`बर्दिवासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यस्को पछाडी विभिन्न वाधा र व्यवधान खडा भएका छन यस्को लागि दुई मन्त्रीले  नेतृत्व लिनुपर्छ ।´ नगरप्रमुख क्षेत्रीले भने । `म आफै पनि यस्लाई छिचोलेर अगाडि वढीरहेको छु ।´

उन्ले विकासमा के कारणले ग्रहण लागेको भन्ने बिषयमा नखुलाएतापनी केही अवरोध  कै कारण विकास हुन नसकेको स्विकार गरेका छन । विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरु लागेको र विकासलाई सकारात्मकरुपमा ग्रहण गर्न नगरप्रमुख क्षेत्रीले आग्रह गरे ।

तर वाधा र विरोध आएतापनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको उन्को भनाई छ ।

नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखी नै विकासमा ग्रहण र वादल लागेको वताएका थिए । अपेक्षित विकास नभएको भन्दै सामाजिक संजालवाट वाक्लै आलोचना सुरु हुन थालेपछी नगरप्रमुख क्षेत्रीले उहीँ पुरानो वाक्यलाई पुनरावृती गराएका छन ।

अन्य क्षेत्रको तुलनामा बर्दिवास नगर क्षेत्रको विकास नभएको स्विकार गर्दै नगरप्रमुख क्षेत्रीले यसभित्रको किचलो र अडचनलाई दुई मन्त्रीले नै हटाउनेमा विस्वास ब्यक्त गरे ।

विकासको काममा जस लिनेहरुप्रती समेत व्यंग्य प्रहार गर्दै उन्ले यस्ले राम्रो नगर्ने वताए । संघ, प्रदेश, स्थानिय सरकारमा जस्ले नेतृत्व गरेको भएतापनी विकासमा भने साझा धारणा वनाउनुपर्नेमा नगरप्रमुख क्षेत्रीको जोड रहेको छ ।

न्युज कारखाना

 बारा

विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए ।

खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।

शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए ।

खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।

खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए ।

खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए ।

दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।

खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत विहिबार नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । न्युज कारखाना

 

रौतहट २७ चैत। 

भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित गएराती भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।

 

आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।

 

गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।

 

आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पाडा-१ र बाख्रा-१ जली मरेको छ। त्यस्तै  साईकल थान-३, मोबाईल-२, पंखा-१ र गोठ घर पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।

 

त्यस्तै आगलागी बाट कृष्ण मिश्राको भौंसीको पाडी-१, बाख्रा-१ र माउ- २ जली मरेको छ , अन्नपात, ल्यापटप-१, पंखा-१, ग्यास चुलो-१, नगद रु६० हजार ,गोठ घर पुर्ण रुपमा जली नष्ट भएको छ।

 

त्यसैगरी उदय मिश्राको साईकल-१, दाउरा र गोठ घर पुर्ण रुपमा जली आगलागिमा मानविय क्षेती नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन।

 

आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षती हुनबाट जोगिएको बताएका छन। उनले पिडित परिवारको सहयोगको लागि स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन्।न्युज कारखाना

 बारा

साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो । खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च व्वाईजले खेलको ५१ औं मिनटमा बराबरी गोल ग¥यो । चर्च व्वाईजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएपनि केहिबेरमै आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः २–१ गोल अन्तरले पछाडी प¥यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लिएर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औं मिनटमा आत्मघाती गोलका कारण चर्च व्वाईज पुनः पछि परेको थियो ।

अनुभवी खेलाडीले भरिएको चर्च व्वाईजले पनि आत्मघाती गोलको फाईदा लिंदै बराबरी  ग¥यो । खेलको ७३ औं मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाईनबाट क्लिएर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च व्वाईज खेलमा फर्किएको थियो  । खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च व्वाईजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो ।

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च व्वाईजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए । केहि सेकेण्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजिवकुमार यादब उत्साहित हुँदै मैदान भित्रै प्रवेश गरेका थिए ।

खेलको म्यान अफ दि म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । शुभारम्भ कलेज अफ म्यानेज्मेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर ११ हेटौंडा बिच खेल हुनेछ । न्युज कारखाना

 सिरहा, २५ चैत।

सिरहामा दिउँसै हतियार  देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ ।

सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।

भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्वरको मोटरसाइकलमा रकमसहित आईरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोवल आईएमई बैंको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खालि चेक र मोवाईल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ । यादवले दिएका बयान अनुसार टुलेरामध्येय मोटरईकल चलाउनेले क्रिम कलरको र पछाडी बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भईरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।न्युज कारखाना

 सिरहा २५ चैत।

सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ।

 

सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

 

विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

पलाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम  लागु पदार्थ व्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएको छ। पक्राउ गरेका गिरीलाइ अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षक कार्कीले बताए।

 

त्यसैगरी,लाहान नगरपालिका ३ पुर्व वसपार्कबाट गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लाहान र लागुऔषध नियन्त्रण व्युरो शाखा गोलवजारको संयुतm टोलीले ठुलो परिमाणमा दुईजना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।

 

अस्पताल चौकदेखि लाहान वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्वरको मोटरसाईकल चेकजाच गर्नेक्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।   न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।