जनकपुरधाम, २९ साउन । धनुषाको जनकपुरधाम स्थित जनकपुर एफ.एम.ममा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ । आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वहाँलाई मङ्गलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । हाल २९ वर्षिया वहाँ जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत हुनुहुन्छ ।
केपी खबर डट्कमको म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहनुभएकी वहाँ विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय हुनुहुन्छ । गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो । मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो ।
सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो । शुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दैआएकोमा गत आ.व.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
वहाँका अनुसार चालु आ.व.२०८१/०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहनुभएकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिनुभयो ।
जनकपुर, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले संघीय सरकारका झै २० मन्त्रि परिषद गठन गरेका थिए, आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।
मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।न्युज कारखाना
राैतहट,२८ गते साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा जनसेवा यूवा कलवको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।
जन सेवा यूवा कलवका अध्यक्ष रामअधार यादवको समन्वयमा मेयर प्रत्यासी समाजसेवी युवा नेता नसरूदिन अंसारीले कटहरिया बजार लाई सफा सुन्दर होस् र बातावरण प्रदुषण नहोस् भन्ने उद्देश्यले फोहर व्यवस्थापनका लागि चौक चौकमा डसविन सहयोग गरेका छन् ।
साथै कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजार रहेको विवाह भवनको अगाडि र प्रांगणमा हराभरा स्वच्छ वातावरण रहने उद्देश्यले रुखको बिरूवा सहयोग गरि वृक्षारोपण गरेका छन्। साथै सो अवसरमा युवा कलवका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट २८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन।
छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए।
केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन।
जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन।
घटना बारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।न्युज कारखाना
काठमाडौं- बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।
भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए।
ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।
ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।न्युज कारखाना
रौतहट- मधेस प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादव ( जितेन्द्र)ले भौतिक पूर्वाधार विकास निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन्।
गृहनगर रौतहटको फतुवा विजयपुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जितेन्द्रले उक्त प्रतिवद्धता जनाएका हुन्।
फतुवा विजयपुर-११ हिमालिवासमा भेट्घाटको क्रममा कार्यकर्ताहरूले गाउँ, टोल तथा पालिकाको विकासबारे प्रश्न राखेका थिए।
स्थानीयले खानेपानी, ढल तथा नाला, बाटोघाटोको सम्स्याबारे राखेको प्रस्तावमा अर्थ मन्त्री यादवले उक्त समस्याहरू तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।
अर्थ मन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आफ्नो पालिका पुगेका सुनिल जितेन्द्रलाई जनप्रतिनिधि तथा नगरafसीले फूलको माला लगाई, खाँदा ओढाएर स्वागत गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यसअघि क्षेत्र ३ को संघीय सांसदको रुपमा नेतृत्व गर्दा पनि सकेजति विकास गरेको दोहोर्याएका थिए।
सो क्षेत्रका स्थानीयले दिएको प्रदेश सांसदको अभिभारा पनि पूर्ण इमान्दारी साथ निभाउँदै अर्थ मन्त्रीको हैसियतले क्षेत्रको समग्र विकासमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाएका थिए।
न्युज कारखाना
महोत्तरी, २८साउन ।
हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भईरहेको शिव पुराण माहायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ ।
सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् ।
वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर वन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन ।
देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरुको संख्या वढीरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त माहायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भईरहेको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
२१ गतेदेखि सुरु भएको माहायज्ञ २९ गते समापन हुँदै छ यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन ।
यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।
त्यस्तै स्थानीय राजनीति दलहरुले पनि सडक मानवरहित उदेश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने वताउदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई माहायज्ञ अवधिभर स्वयमसेवककोरुपमा खटिन बिज्ञप्ति जारी गरेर निर्देशन नै दिईसकेको छ ।न्युज कारखाना
रौतहट २८ साउन।
रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी पाएका छन्। फतुवा विजयपुरमा ह्याट्रिक खाएका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २७ गते आइतबार को पत्रअनुसार नेपाल स्वास्थ्य सेवा हेल्थ ईनपेकसन समुह अधिकृत स्तर सातौं तह कार्यरत प्रमोद कुमार गुप्तालाई स्थानिय सरकार सञ्चालन एन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकिय अधिकृत को रुपमा जिम्मवारी दिइएको छ। अर्को प्रमुख प्रशासकीय अधिकृत न खताईए सम्म वा अर्को ब्यबस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत केशवराज पाण्डे द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
उपसचिव सुरेन्द्र प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गत फागुन महिनामा आएका थिए। आर्थिक वर्ष २०८०१०८१ को अन्तिम महिना असार मसान्तमा मनपरी अथवा जनप्रतिनिधिको सल्लाह बिना नै लाखौंको बजेट चलाएको आरोप लागेको थियो।
कार्यवाहक मेयर अम्बेया खातुन अथवा वडा अध्यक्ष सतित अन्य जनप्रतिनिधिले पनी प्रधान कार्यालयको सट्टा बाहिर बाहिर बसेर असार मसान्तमा चेक काटेको आरोप लगाएका थिए।
त्यतिमात्र नभई उपसचिव भएर पनि प्रधानले फतुवा विजयपुरमा बसेर कुनै पक्षको चित बुझाउन नसकेको मेयर प्रत्यासीहरुको गुनासो गरेका थिए।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन्।
खातुन कार्यवाहक भए देखि नै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन्।
उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन।
२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा पटकपटक शिक्षक कर्मचारीले समयमा तलब पाउने गरेका छैनन्।
न्युज कारखाना
सिरहा । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म ९ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
प्राधिकरणको लहान वितरण केन्द्रले एक सूचना जारी गर्दै लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो।
लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ।न्युज कारखाना
हेटौंडा, २४ साउन। वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।
बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।
गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।
सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।
त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।
उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।
बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।न्युज कारखाना