२०८३ बैशाख ११
२०८३ बैशाख ११

आरके श्रीवास्तव,राैतहट,३० गते भदौ । 

भनिन्छ गर्दा के हुँदैन ? मधेश प्रदेशकाे धेरै जसाे बिधालयहरूमा अर्काले सहयोग गरे बिधालय सुधारछु भन्ने पर्खाईमा प्रधानाध्यापक र बिधालय व्यवस्थापन समितिहरू हुन्छन् । तर आफैंले गर्दा सुधार हुँदाे रहेछ भन्ने जल्दाबल्दा उदारहण हाे श्री प्राथमिक बिधालय भिमडाबर ।

रौतहटकाे गरुडा नगरपालिका ७ भिमडाबरमा रहेकाे  प्राथमिक विद्यालयका प्रधान शिक्षक रिंकु यादव आफ्नो  लगन र मेहनतले विद्यालयलाई सुन्दर बनाएकी छिन् । करिब २०० विद्यार्थी नियमित रुपमा पढन आउने विद्यालयकाे विद्यार्थीलाई आफ्नो निजी लगानीमा टाइ बेल्ट प्रदान गरि बोर्डिङ जस्तो अनुभूति गराएकी छिन् ।

अभिभावकसँग नियमित रुपमा भेटघाट गर्दै आफ्नो कमी कमजोरीकाे बारेमा सल्लाह गरि सुधार गर्दै आईरहनु भएकि प्रधान शिक्षक यादव विद्यालयकाे भौतिक विकासकाे क्षेत्रमा पनि प्रगति गराएकी छिन् । एउटा एनजिओ सँग समन्वय गरी  विद्यालयलाई मर्मत गराउनुका साथै नगरपालिकाकाे सहयोगले विद्यालयकाे भौतिक संरचना परिवर्तन गरि धेरै राम्रो बनाउन सफल भएकि छिन्  ।

विद्यालयमा अभिभावकहरू नियमित रुपमा आउने गरेको र पढाइका साथै भौतिक र अतिरिक्त क्रियाकलाप समेतले अभिभावक सन्तुष्ट रहेकाे प्रधान शिक्षक यादवकाे भनाइ छ । आवश्यकताअनुसार विद्यालयमा स्वास्थ्य शिविर राखी विद्यार्थीकाे स्वास्थ्य परीक्षण गराई नियमित रुपमा विद्यालय खाजाकाे गुणस्तरीय बनाएका कारण अभिभावक र विद्यार्थीकाे आकर्षण विद्यालयप्रति बढेकाे छ ।

विद्यालयमा सबै घन्टी र सबै विषय पढाइ भइरहेको प्रधान शिक्षक यादवकाे भनाइ छ । निजी विद्यालयकाे सरह पढाइ र अन्य सुविधा विद्यालयमा प्राप्त भइरहेकोले अभिभावक पनि  धेरै सन्तुष्ट रहेकाे यादवकाे दाबी रहेकाे छ । विद्यार्थी, अभिभावक र शिक्षक सबै सन्तुष्ट रहेकाले आफ्नो मिहिनेत   सफल भएकाे प्रधान शिक्षक यादवकाे भनाइ रहेको छ  ।

Oplus_131072

 

२५ भदौ, महोत्तरी 

रेल्वे विभागले सुचना लुकाएको भन्दै बर्दिवास रेल्वे पिडितले दिएको रिटउपर उच्च अदालत पाटनले उत्प्रेषण परमादेश जारी गरेको छ ।

रेल्वे पिडितहरुले पटक-पटक सुचना माग्दा पनि सुचना लुकाएको व्यहोरासहित बर्दिवास-१ का ज्ञान बहादुर थापाले पिडितहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय सुचना आयोग, रेल विभागका माहानिर्देशक रोहित कुमार बिसुराल र सुचना अधिकारीविरुद्ध दायर  गरेको रिटमाथी अविलम्ब सुचना उपलब्ध गराउन आदेश जारी भएको हो ।

रेल्वे पिडितहरुले  २७ चैत्र २०८० मा मुआव्जा सम्बन्धि मापदण्ड निर्धारणको कागजात, निर्धारण गर्दा लिएको वाटो सम्बन्धि आधार, मुआव्जा बुझिलिनेको नामावली, बर्दिवास नगरपालिकाले प्रदान गरेको नक्सा जस्ता विषयहरु माग गर्दा नदिएपछि मुद्दा दर्ता गरेका थिए ।

संयुक्त इजलाशवाट न्यायधिशद्वय विदुर कोइराला र रमेश ढकालले १९ भदौमा गरेको फैशालाले निवेदकले माग गरेको सुचना अविलम्ब उपलब्ध गराउन आदेश जारी गरेको हो ।

नेपालको संविधान धारा-२७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ र २ बम्मोजिम सुचनाको हकको सुनिश्यत गर्दै आवस्यक सुचना उपलब्ध गराउनुपर्ने निर्देशन समेत भएको छ ।

न्युज कारखाना

आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिका २ नम्बर वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रको समन्वयमा सितलपुर बैरगनिया क्षेत्रमा तार फेर्ने काम भएको छ ।

साे वडामा रहेकाे विद्युतकाे नाङ्गो तार हटाई तार फेर्ने काम भएको हाे । सुरुमा साे वडामा विद्युत् लाइन विस्तार गर्ने क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाईएकाे वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले बताएका छन् ।

तार फेर्नुकाे साथै दुई वटा नयाँ ट्रान्सर्फमर जडान पनि गरिएको छ । साे वडामा कम भाेल्टेज रहने,बारम्बार लाईन ट्रिप हुने,पंखा घुमेकाे घुमै गर्ने जस्ता समस्याहरू रहँदै आएका थिए । नयाँ ट्रान्सर्फमर जडान भएपछि साे समस्या हटने भएको छ ।

आफनाे वडाबासीकाे लागि सधैं तयार रहने वडा अध्यक्ष यादवकाे याे कार्यलाई स्थानीयले प्रशंसा गरेका छन् । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका अनुसार एबीसी केवलमा एउटै लट्ठा भित्र धेरै वटा तार राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उहाँको सुझाव छ ।

साे वडाकाे सडक क्षेत्रमा विद्युत् प्राधिकरणसँगको समन्वयमा सबै नाङ्गो तार हटाइएकाे वडा अध्यक्ष यादवले बताएका छन् । बाँकी रहेका तारहरूलाई पनि विस्तारै हटाईने उनले बताए ।

 नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम अत्यधिक भएकोले सर्वसाधारणकाे सुरक्षाकाे ख्याल गरि साे तार हटाउन लगाई एबीसी केवल तार लगाइएको वडा अध्यक्ष यादवकाे भनाइ छ ।

 

२५ भदौ, महोत्तरी 

मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?

मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।

यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा  मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम  चासो वनेको छ ।

नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।

१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन ।

अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो वनाउने अस्त्र नै वनाएको छ ।

उदाहरणकोरुपमा  महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रीएकाहरु नै छन ।

जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।

महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा  सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।

दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।

यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ ।  केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।

`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´

वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।

अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।

सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।

यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।

`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´

मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष  लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन ।

उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।

यसरी नेता, कार्यकर्ताहरुले  असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्‍याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।

अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन ।

बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन ।न्युज कारखाना

आरके श्रीवास्तव,काठमाडौँ,२३ गते भदौ । 

बज्जिका भाषाकाे एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकलाई भाषा आयोग सम्मानित गरेकाे छ । भाषा आयोगकाे स्थापना दिवसकाे अवसरमा आयोगकाे कार्यालय शंखमूलमा आयोजित विशेष कार्यक्रममा बज्जिकाञ्चल दैनिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

बज्जिका मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्‍याएकाे कामकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट बज्जिकाञ्चल दैनिकलाई सम्मानित गरिएको छ । नेपालमा देशभरबाट मातृभाषामा प्रकाशित हुँदै आएको पत्रिकामध्ये ११ वटा  पत्रिकालाई एकसाथ सम्मानित गरिएको छ । मधेश प्रदेशबाट  भोजपुरी टाइम्सकाे साथै बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन  मन्त्री माननीय बद्रीप्रसाद पाण्डे बज्जिकाञ्चल दैनिकका सम्मानित गरेका छन् । पत्रिकाका संचालक राजु कुमार श्रीवास्तव बज्जिकाञ्चल दैनिककाे सम्मानपत्र बुझेका छन् ।साे अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री पाण्डे मातृभाषाकाे सरकारी कामकाजकाे भाषा बनाउनमा प्रदेश सरकार र  स्थानीय सरकारलाई जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री पाण्डे बज्जिकाञ्चल दैनिककाे साथे सबै मातृभाषाकाे पत्रिकाका अझै राम्रो सँग मातृभाषाकाे सेवा गर्न सुझाव दिएका छन् ।

साे अवसरमा श्रीवास्तव सम्पूर्ण बज्जिका मातृभाषीकाे  सम्मानकाे बात रहेकाे उल्लेख गर्दै जबसम्म शरीरमा साँस रहन्छ तबसम्म बज्जिकाञ्चल दैनिकलाई प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाएका छन्  ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक अखबारकाे रुपमा सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रकाे साझा आवाजकाे नारासहित प्रकाशित भईरहेकाे बज्जिकाञ्चल दैनिक नेपाल र भारतकाे सम्पूर्ण बज्जिकाप्रेमीकाे मुख्य आवाज रहेकाे छ । बज्जिका भाषा र साहित्यकाे सम्पूर्ण गतिविधिकाे प्रकाशन गर्दै प्रचारप्रसार गर्दै  बज्जिकाञ्चल दैनिक बज्जिका पत्रकारिताकाे अग्रणी पत्रिका बन्नमा सफल भएकाे छ ।

नेपालकाे बज्जिका साहित्यकारकाे शनिवारका दिन र भारतीय बज्जिका साहित्यकारकाे आईतबारकाे दिनकाे अंकमा साहित्यिक गतिविधि र साहित्य सिर्जनाकाे मुख्य स्थान दिईरहेकाे  बज्जिकाञ्चल दैनिकलाई राष्ट्रिय सम्मान प्राप्त भएकोले सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रमा खुसीकाे संचार भएकाे छ ।

बज्जिका भाषाकाे साहित्यकार, बज्जिका भाषाकाे प्रेमी, बज्जिकाकाे शुभचिन्तक तथा बज्जिकाञ्चल दैनिककाे शुभेच्छुक खुसी व्यक्त गरेका छन् । रौतहटबाट प्रकाशित हुने सबै पत्रिकामा बज्जिकाञ्चल दैनिकनै पहिलाे चाेटी राष्ट्रिय सम्मानबाट सम्मानित भएकाे छ ।

आरके श्रीवास्तव,राैतहट,२२ गते । 

भाषा आयोगकाे वार्षिकोत्सवकाे अवसरमा बज्जिकाञ्चल दैनिक सम्मानित हुँदै छ । भाषा आयोगले एक पत्र पठाउँदै बज्जिकाञ्चल दैनिकलाई सम्मानित गर्ने जनाएकाे हाे ।

नेपालकाे संविधानकाे धारा  २८७ अनुसार गठित शंखमूल काठमाडौँमा रहेकाे भाषा आयोगकाे ९ आैं स्थापना दिवस २०८१ काे अवसरमा मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेकाेले भदौ  २३ गते उपस्थित भई सम्मानपत्र ग्रहण गर्न बज्जिकाञ्चल दैनिकलाई अनुरोध आएकाे छ ।

भाषा आयोगकाे कामु सचिव डा. लोकेन्द्र बहादुर लोप्चनद्वारा हस्ताक्षरित पत्र बज्जिकाञ्चल दैनिकलाई प्राप्त भएकाे छ ।

भाषा आयोगद्वारा सम्मानित हुनेमा बज्जिकाञ्चल प्रथम पत्रिका बन्नमा सफल भएकाे छ ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक पत्रिकाकाे रुपमा रहेकाे बज्जिकाञ्चल दैनिक सम्पूर्ण बज्जिका मातृभाषीकाे  साझा आवाज पनि रहेको छ ।

बज्जिकाञ्चल दैनिकलाई भाषा आयोगद्वारा सम्मानित गर्ने खबर प्राप्त हुने बित्तिकै सम्पूर्ण बज्जिका मातृभाषीमा खुसीकाे संचार भएकाे छ ।

बज्जिकाञ्चल दैनिक यस खुसीकाे अवसरमा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकलाई बधाई दिएकाे छ । साथमा हामीलाई थप जिम्मेवारी महसुस भईरहेकाे भन्दै पत्रिकालाई अझै राम्रो गर्न हामी पूर्ण प्रतिबद्ध छाैं ।

सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ।

मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।

घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।न्युज कारखाना

, बारा 
बाराको निजगढ नगरपालिकामा निर्माणाधिन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पुरा कार्यसम्पन्न गरी आगामी कार्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको बताएको हो ।

उद्घाटन भएलगतै आँखा अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराइएको छ । निजगढ नगरपालिका–९ स्थित अस्पताल रोडमा २०७५ बाट शुरु भएको आँखा अस्पताल निर्माणमा अष्ट्रेलियन दाता संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ ।

मोफसलकै ठुलो आँखा अस्पतालका रुपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको बताईएको छ । ५ वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु भएको भवन निमार्ण निर्धारित समयभन्दा २ वर्षअघि नै पुरा हुन लागेको हो ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा संचालन गर्ने बताइएको छ ।

समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा स्थानीय परियोजना सल्लाहकार समितिको बिहिबार साझ निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकले आगामी पाँच वर्षको लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरि काम अगाडि बढाउन केन्द्रिय समितिलाई सुझाव दिने निर्णय पनि गरेको छ ।

बैठकमा नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, फ्रेड होलोज फाउन्डेसनकी कन्ट्री म्यानेजर एन्जिला दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस निजगढका पूर्व सभापति नारायणप्रसाद शर्मा, फ्रेड होलोज फाउन्डेसनका फाईनान्स अप्रेशन कोडिनेटर अभिनम कुशवाह, अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथ लगायतको उपस्थिति रहेको थियो ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।न्युज कारखाना

आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ । 

राैतहट- कम भोल्टेजको समस्या भोगिरहेका सितलपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ । चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो । वडा अध्यक्ष यादवले विद्युत प्राधिकरणसहित सरोकारबाला हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । उनकाे पहलमा साे वडामा दुई वटा ट्रान्सर्फमर जडान भएको छ ।

साे वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्या बाट छुटकारा पाउने भएका छन् ।

सितलपुरमा शनिबार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको स्थानीय महेश यादवले बताएका छन् । उनले भने,पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको यादवको भनाइ छ ।

बारा । बारा रौतहटलगाएतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यतिmलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको बिभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा बिजयपुर–७ घर भएका ध्यानी राउत कुर्मिको छोरा २४ बर्षीय रामबिनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पटेलबिरुद्घ बिभिन्न जिल्लामा पक्राउ पुजी जारी भएतापनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन तर बुधबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिन सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक सुमित कुशवाहले जानकारी दिए ।

यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ बर्षिय बिकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासंग २५० पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । रुम्बाले पटेलसंग टैबलेट खरिद गरि निजगढका बिभिन्न प्रयोगकर्तालाई बिक्रिबितरण गर्ने काम गर्दै आएका थिए । रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्धा नम्बर ८० को चालु मुद्घाका फरार प्रतिबादी हुन ।

यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका–९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । उनीहरुले भारतबाट नेपाल लागुऔषध भित्राउदै गर्दा प्रहरीले उनीहरु सवार गाडी सहित पक्राउ गरेको थियो ।

पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन गरेको व्यतिmहरु पक्राउको सिलसिलाले समेत यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखाएको हो । यस क्षेत्रबाट भारत तर्फ विशेष गरी लागुऔषध गाजा नियात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेटलगाएत आयत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।