२०८३ बैशाख १०
२०८३ बैशाख १०

आरके श्रीवास्तव,राैतहट,१० गते पुस २०८१ । 

राैतहटकाे कटहरिया नगरपालिकामा दुई दिन देखि तालाबन्दी चलिरहेको छ । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जाेशीले एकलौटी गर्ने गरेकाे कारण त्यहाँका जनप्रतिनिधिहरूले नै कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।

कटहरिया नगरपालिकामा याे पहिलोचाेटी तालाबन्दी भने हाेईन् यस अघि पनि कति चाेटी तालाबन्दी भइसकेको हाे । कतिचाेटी तालाबन्दी भयाे र खुल्यो पनि । यसपालिकाे तालाबन्दी निर्णायक हुने जनप्रतिनिधिहरू नै बताउन थालेका छन् ।

मंगलबार दिउँसो उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर  ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी र वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलमले नगर प्रमुख सहित सबै शाखाहरूकाे मूल गेटमा ताल्चा लगाई दिएका हुन् ।

उनीहरूले नगरप्रमुख जयसवालकाे कार्य शैली प्रति असन्तुष्टि जनाएका छन् ।

 

कटहरिया–४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । नगरसभा बाट पारित भएको कागज हामीले हाथमा पाउँदा करोडौंकाे भ्रष्टाचार गर्ने याेजना बनाएको प्रष्ट देखिएपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको बताए ।

 

अर्का जनप्रतिनिधि कटहरिया वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले नगर प्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत जाेशीले बिना परामर्श दर्जनौँ निर्णय नगरपालिकाको रजिस्टरमा दर्ता गराएकाे खुलासा गरेका छन् । नगरपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । सेवाग्राही मर्कामा परेका छन् ।

नूर आलम बादशाह,बारा,पुस १० गते २०८१ । 

बाराको पाचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचरौता, लायन्स क्लब ऑफ बीरगंज र माट्रिक आई फाउण्डेशन बीरगंजको संयुक्त आयोजना तथा सहकार्यमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।

 

बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो जसमध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको पचरौता स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए।

पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा पचरौता नगरपालिकाको अन्य वडालगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ़ नगरपालिका, सुवर्ण गाउँपालिका र भारत बिहार राजयका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए।

 

मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ। आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन्।

 

शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन बीरगंजमा बिशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए ।  मोतिबिन्दु भएका बिरामीलाई घरबाट बीरगंज लाने र शल्यक्रियापश्चात गाउँमा पुर्‍याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत नगरपालिकाले गर्ने छ।

 

पचरौता नगरपालिकाले पैसाको अभावका कारण पालिका भित्रका कोहि पनि नागरिक अन्धोपनमा जिवन विताउन नपरोस भन्ने उदेश्यले आँखा शिविर सञ्चालन गदै आएको छ।

आरके श्रीवास्तव,रौतहट,०७ गते पुस ।
रौतहट प्रहरीले आज घरेलु मदिरा नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दे जाने क्रम्मा सो घरेलु मदिरा फेला पारेको थियो ।
प्रहरीको गस्ती टोली जिल्लाको गौर नगरपालिका वाड नम्बर २ महादेवपट्टी स्थित पुग्दा अपरिचित व्यक्तिहरुले नेपालबाट अवैध घरेलु मदिरा (रक्सि) भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ उनीहरुले बोकी लैजाँदै गरेको ग्यालेन सहितको बोरा फाली भारत तर्फ भागी फरार भएका थिए ।
उक्त घरेलु मदिरा वेवारिसे अवस्थामा फेला पारी आइतवार स्थानिय भद्रभलादमी, जनप्रतिनिधि तथा संचारकर्मीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि नष्ट गरिएको हो ।
उक्त खाल्टोमा अन्दाजी २ सय लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरेलु मदिरा नियन्त्रण गर्न तर्फ प्रहरीले तदारुकता देखाएपनि यसको बिक्री वितरणमा भने लगाम लगाउन सकिएको छैन् । ग्रामीण भेगका दारु भठ्ठीहरुमा यसको खुलेआम बिक्री भइरहेको पाइएको छ । यसतर्फ प्रहरीको ध्यान जानुपर्ने देखिन्छ ।

ओमप्रकाश यादव,माधवनारायण,०५ गते पुस २०८१ । 

माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले एमबिबिएस परीक्षामा देशमै दोस्रो स्थान प्राप्त गरेका माधव नारायण नगरपालिका -७ फूलवारियाका विधार्थी मधुसुधन प्रसाद साहलाई आज सम्मान गरेका छन्।

 

केहीदिन अघि भएको एमविविएस को परीक्षामा देशमै दोस्रो स्थान हासिल गरी नगरपालिका र रौतहटको गौरव बढाएको भन्दै नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज आफ्नै कार्यकक्षमा विद्यार्थी साहलाई सम्मानित गर्दै शिक्षामा अझै प्रगति गर्न सुझाव सल्लाह सहित सफलताको शुभकामना दिएका छन्।

 

शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहट जिल्ला त्यसमा पनि माधव नारायणका विधार्थी मधुसुधन साहले एमबिबिएसको परीक्षामा देशभरिमा दोस्रो स्थान ल्याउन सफल हुनु आफैंमा ठूलो सफलता हो ।

 

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोस्राे स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते पुस  २०८१ । 

राैतहटकाे गरूडा नगरपालिकाका मेयर कन्थमनी जयसवालले कम्बल बितरण अभियानलाई तेस्रो दिन पनि निरन्तरता दिएका छन् । गरुडा नगरपालिकाले चिसोको मौसममा गरिब तथा बिपन्न नागरिकको सहायताका लागीलाई कम्बल वितरण गरिरहेकाे छ ।

मेयर जयसवालले जाडोमा स्थानीयहरुलाई न्यानो लुगा उपलब्ध गराईरहेका छन् । मेयर जयसवालले तीन दिनदेखि आफ्नो नगरको अति गरिब बिपन्न समुदायका नागरिकहरुलाई चिसोबाट बच्नका लागि आवश्यक फाईबर कम्बल वितरण गरिरहेका छन् ।

अभियानको तेर्सो देखि गरुडा नगरपालिकाको वडा नम्बर ७ भिमडावरमा १ सय १० जना अति गरिब बिपन्न बर्गका परिवारहरुलाई  कम्बल वितरण गर्नु भएको छ ।

प्रेमचन्द्र झा,राैतहट,०५ गते पुस २०८१ । 

राैतहट । जनता समाजवादी पार्टीका नेता शेख नुरुल होदाले नेपाललाई हिन्दु राष्ट्रघाेषणा गराउन जोड दिएका छन् । गाैरमा पत्रकारहरुसँग शुक्रवार दिउँसो कुरा गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन् आग्रह गरेका हुन् ।

नेपालका शिर्ष नेताका केही कमीकमजोरीका कारण देस धर्म निरपेक्ष घाेषणा भएकाले देशको पहिचान समाप्त हुन गएकोमा दुख व्यक्त गर्दै नेता होदाले देशलाई पुन: हिन्दु राष्ट्र  कायम गराउन माग गरेका छन् ।

देशका सबै हिन्दु तथा मुस्लिम समुदायका जनतालाई गुमेको राष्ट्रिय पहिचानका लागि आ आफनो स्थानबाट जोड दिन उनले आग्रह गरेका छन । देशलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कुराको कुनै पनि मुस्लिम ले माग गरेको थिएन  तर सरकारले घाेषणा गरे थिए ।

जसका कारण नेपालले आफ्नो असली पहिचान गुमाउन पुगेका छन ।  गुमेको पहिचान जोगाउन देशलाई पुनः हिन्दु राष्ट्र घाेषणा गराई संसारमा चिनाउनु पर्नेमा नेता होदाले जोड दिएका छन । नेपालमा गेरुवा बस्त्र धारण गरि  कट्टर हिन्दुवादी छु भनेर घाटी सुक्ने गरि बोल्ने नेतालाई हिन्दुराष्टका लागि सडकमा आन्दोलन गर्न उनले सुझाव दिएका छन । हिन्दु राष्ट्र घाेषणा गराउन जाे काेही सडकमा आए आफ्नो साथ सहयोग रहने प्रतिवद्वता गर्दै नेता होदाले कब्रिस्तान , श्मशान र भसानको लागि आपसमा नलडेर देशको पहिचानको लागि सबै पक्षलाई मिलेर लडाई लडन नेता होदाले अनुराेध गरेका हुन ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते पुस २०८१ । 

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकडपाथर स्थित एक घरमा लाखौंको चोरी भएको छ । वृन्दावन नगरपालिकाकी नगर कार्यपालिका सदस्य लालपरि देवि तथा हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ रामको घरम शुक्रबार (आज) करिब दिउँसो १२ बजेको समयमा चोरी भएको हो।

रामको ससुराली बारा जिल्ला स्थित कुनै आफन्तको मृत्यु भएको कारणले राम सम्पूर्ण परिवार सहित बारा जिल्ला गएको मौका छोपेर घरको पछाडि पटिको ढोका खोली घर भित्र रहेको ट्रंक,अल्मारीको ताल्चा तोरेर नगद १ लाख,करिब ६ लाख ५० हजार बराबरको सुन,चाँदीका गहनाहरु र केही लत्ताकपडा लगायत जम्मा ८ लाख बराबरको चोरी भएको पिडितका भतिज गोपाल महराले जानकारी गराए ।

गोपालले आफन्तको निधन भएको कारण घरको सबै सदस्य बाहिर गरेको र आफुचाहिँ खेतमा गएको जानकारी गराउदै ।  आफू चोरी भएको केही समय पछि घरमा आउदा ट्रंक तथा आल्मारीको ताल्चा टुटेको र लताकपडाहरु पनि भुइमा फालेको देखेर हल्ला गरेपछि नजिकका छिमेकीहरुआइ प्रहरीलाई जानकारी गराएको बताए।

 

गोपालले दिन दहाडै चोरीगर्ने चोरहरु अन्त तथा टाढाको नभइ छिमेकीहरु मध्येकै कोही हुनसक्ने आशांका गरेका छन् भने सो घटनाको कडा अनुसंधान गरि दोषीलाई समातेर कडा कारबाही गर्नका लागि प्रहरी प्रशासन संग जोडदार माग गरेका छन् ।

उता ईलाका प्रहरी कार्यालय गरुडाबाट घटना सथलमा पुगेका प्रहरीले पनि फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते पुस । 

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) देवाही गोनाहि  नगरपालिकाका प्रत्येक वडामा पार्टीका विभिन्न भातृ संगठनहरु गठन गर्ने निर्णय गरेकाे छ ।

देवाहीगोनाही नगरपालिकाको नगर कमिटि अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा र आजपा जिल्ला अध्यक्ष नरेश तुरहाको विशिष्ट आतिथ्यतामा बसेकाे बैठकले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी जारी आन्दोलनलाई थप सशक्त बनाउन तथा दलितहरुको आवास निर्माण गराउन सशक्त संघर्षको कार्यक्रम अगाड़ी बढ़ाउन, वैदेशिक रोजगारीमा ठगहरु विरोधका निमित कडा प्रतिकार गर्ने निर्णय गरिएको छ ।

साथै आईटी आर्मी, आम महिला मोर्चा, आम दलित मोर्चा, विद्यार्थी मोर्चा पार्टीका भातृ संगठन निर्माण गरिने आजपाको स्थायी  कमिटि सदस्य अनिल झा बताए।

सो अवसरमा आम जन्ता पार्टीको स्थाई कमिटि सदस्य बिरबल महतो, जगरनाथ राय यादव , संजय महतो, लालबाबू राय यादव , नरेश प्रसाद साह, लालबाबू साह, सतन प्रसाद पटेल, संजय चौरसिया, मौजेलाल राय यादव , दसै साह, बच्चेलाल प्रसाद यादव,राजेश राय यादव लगातको उपस्थिति रहेको थियो ।

संजय सहनी ,रौतहट,०२ गते पुस । 

प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले पुनः एक डाक्टरलाई दुर्ववहार गरि हटाएको पोल खुलेको छ ।

अध्यक्ष हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले डा. ईम्त्याज अहमदलाई एक हप्ता अगाडि दुर्ववहार गरि हटाएको पोल खुलेको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ रौतहट शाखामा आयोजित पत्रकार सम्मेलनमा डा.ईम्त्याजले आफुलाई अध्यक्ष हासमी र मेसु ठाकुरले बिना कारण पद र कुर्सिको दुरुपयोग गरि आफुलाई हटाएको आरोप लगाएका हुन् ।

डिउटी आवर सकाई खाजा खाना गईरहेको आफूलाई  अल्ट्रासाउण्डको बहाना बनाई लेखापाल जितेन्द्र यादवले बहस गरेको र सो बहस बारे कुरा नबुझि अध्यक्ष हासमीले आफुलाई निकालेको आरोप लगाएका छन् ।

बहस किन भयो ? कुरा सुन्नु पर्थ्यो ,कसको गल्ति थियो, बुझ्नु पर्थ्यो तर लेखापाल यादवको झुठो र भ्रामक कुरा सुनेर मलाई केहि नसोधि साचो बुझाएर अस्पताल छाडि जान भनियो । यसमा सरासर अध्यक्ष हासमीको दादागिरी हो डा. ईम्तियाजले आरोप लगाए ।

पत्रकार सम्मेलन मार्फत पीडित डाक्टर ईम्तियाजले अहिले जनताले पाउनु पर्ने सुविधा ठप्प छ  । अस्पतालमा अल्ट्रासाउण्ड र आईसियु सेवा बन्द छ  । यस बारे सरोकारवाला सबै गम्भिर हुनु पर्ने आग्रह समेत गर्नु भएका  छन् ।

 

उहाँले लेखापाल यादव  ,सुपरिटेन्डेन्ट ठाकुर र अध्यक्ष हासमीले भ्रष्टाचारको खेललाई बढावा दिन आफुलाई निकालेको समेत दाबी गरेका छन् ।

जनताको सेवाको मतलव छैन । लेखापाल यादवको कुरा नमाने फर्जि बिल भुक्तानी नहुने सोचेर लेखापालको गलत रिपोर्टिङको आधारमा आफुलाई आफ्नो शिकार बनाएको डाक्टर इम्तियाजको भनाई छ।

 

अध्यक्ष हासमिले डा. ईम्त्याजलाई मासिक ३ लाखको तलव भता तोकि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नियुक्त गरेका थिए । उहाँ जेनरल फिसिसियन डा.ईम्त्याजले रेडियोलोजिस्ट र आईसियु कक्ष सम्हादै आएका थिए।

 

डाक्टर ईम्तियाजले मलाई मात्रै होईन ,अध्यक्ष हासमीले विभिन्न लोभ लालचमा परि प्रभावकारी सेवा दिदा दिदै चिकित्सकहरु डा. अमित चौधरी, नवीन चौधरी र गोपाललाई पनि दुर्ववहार गरि निकालेको कुरा सुनाए ।

 

अध्यक्ष हासमि , मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर र लेखापाल जितेन्द्र यादवले तानाशाह प्रवृतीबाट अस्पताल चलाउदै र चिकित्सकलाई दुर्ववहार गर्दै आएको डा.ईम्त्याजले अरोप लगाएका छन।

 

अस्पतालका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

आरके श्रीवास्तव,राैतहट,०२ गते पुस । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले ८ जनालाई केन्द्रीय सदस्यमा मनाेनित गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित पत्रमा आठ जना मनाेनयनमा परेका छन् ।

 

मनाेनित हुने केन्द्रीय सदस्यहरूमा राैतहट बाट रामप्रवेश दास तत्मा,सप्तरी बाट श्याम सरदार,सिरहा बाट जिवक्ष प्रसाद यादव रहेका छन् ।

 

त्यस्तै धनुषा बाट सुनिल कुमार यादव,सर्लाही बाट जगत महरा,बारा बाट मञ्जु कार्की रहेका छन् ।

त्यसैगरी कञ्चनपुर बाट भाेगा देवी राना थारू,कास्की बाट रविन्द्र सुनार मनाेनयमा परेका छन् । उनीहरूलाई पार्टी संशाेधित विधान अनुसार कार्यक्षमताकाे उच्च मूल्यांकन गरि केन्द्रीय सदस्य बनाईएकाे लाेसपाले जनाएको छ ।

 

देश,मधेस एवम् पार्टीको हितमा मनाेनित केन्द्रीय सदस्यहरूले  काम गर्ने र कार्यकाल उपलब्धि मूलक रहनेमा लाेसपा आशावादी रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।