२०८३ बैशाख १०
२०८३ बैशाख १०

बज्जिकाञ्चल संवाददाता,बारा,२४ गते पुस २०८१ । बारा । बारा जल्लाकाे बरियारपुरमा बिभिन्न वित्तिय संस्थाहरू रहेका छन् तर लघुउद्यमीहरूकाे पहिलाे राेजाइमा भने एनएमिव लघुवित्त रहेकाे छ । एनएमबी लघुबित्त बित्तीय संस्था लि. को शाखा कार्यालय बरियारपुर बाराले लघुउद्यमी ग्राहक केन्द्रीत विभिन्न कार्यक्रम संचालन गरे पश्चात ग्राहकहरूकाे आर्कषण लघुवित्तमा बढेकाे हाे ।

जिल्लाको महागढीमाई नगरपालिका वडा नं.८, का सदस्यहरू बिचमा संस्थाले पौष महिनाभर बिभिन्न कार्यक्रमहरू गरेकाे छ । बरियारपुर शाखाले अन्तरक्रिया तथा बित्तिय साक्षरता मार्फत चेतनामूलक कार्यक्रमको गरेको हाे ।

कर्जाकाे आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाईदा, कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, कर्जा सदुपयोगिता, आफूले गरेको व्यवसायको बिमा र त्यसको फाईदा र बेफाईदा, व्यवसायको छनोटले आफू र आफ्नो परिवारलाई हुने लाभ, पासबुकको प्रयोग र यसको फाईदा, जम्मा भैचरको महत्व, केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतकाे बिषयमा ग्राहकहरूलाइ सचेतनामूलक कार्यक्रम गरिएकाे र कार्यक्रमले ग्राहकमा वित्तिय चेतना बढेकाे बरियारपुर शाखाको लेखापाल धर्मेन्द्र कुमार साहले जानकारी दिनुभयाे ।

लघुवित्तकाे कार्यक्रमले अाफुहरूमा ऋृणाकाे सदुपयाेग कसरी गर्ने भन्न्र कुराकाे वारेमा थाहा भएकाे र गाँउमा एनएमवि लघुवित्तकाे सेवा आए पश्चात बिना धिताे ऋृण लिएर ब्यवसाय गर्दा गाँउबासीमा खुसी छाएकाे कार्यक्रममा सहभागी स्थानिय वीरेन्द्र राउत बरैले बताउनुभयाे ।

कार्यक्रमकाे ब्यवस्थापनमा शाखाका कर्मचारीहरू राजीव कुमार ठाकुर र विजय कुमार चौधरीले सहयाेग गर्नुभएकाे छ । लघुवित्तले यस अघि जिल्लाको कलैया, परवानीपुर लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।


बरियारपुर शाखाले हाल सम्म आठ सय भन्दा बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको बरियारपुर शाखाले जिल्लाको महागढीमाई नगरपालिका र यसकाे वरपर कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख तीस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।

काठमाडौं, २०८१ पुस २४ गते ।

दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताउनु भयो ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गर्नुभयो । ‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो । हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो । कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ ।’ सफल हुनको लागि व्यवसायिक जीवनमा प्रत्येक पल परीक्षा दिइरहनु पर्ने भन्दै प्रा.डा. शाहीले भन्नुभयो ।

आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताउनु भयो । ‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ ।’ व्यवसायिक जीवनमा इमान्दारिता, नैतिकता र लगनशीलता अपरिहार्य भएको भन्दै उहाँले देश र समाज बनाउन दक्ष युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल सरकारका पूर्वसचिब तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताउनु भयो । नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँलाई पनि अवसर दिइनुपर्ने बताउनु भयो । ‘हाम्रो पोलिसीमा कमजोरी छ । कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५, २० वर्ष सम्बन्धीत विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं । नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ । यसलाई चेञ्ज गर्न आवश्यक छ ।’ सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उहाँको जोड छ ।

गेलालले कामको मुल्यांकन गर्नेहरुको संख्या बढि र काम गर्नेहरुको संख्या कम हुँदा देशलाई घाटा भइरहेको बताउनु भयो । पूर्वाधार निर्माणका क्षेत्रमा बढी आरोपहरु लाग्ने भएकाले पेशागत मर्यादा र इमान्दारिता कायम गर्दै करियर डेभलपमेन्टमा अगाडी बढ्न नव इन्जिनियरहरुलाई शुभकामना दिनुभयो । साथै, नेपालमै केही गर्ने वातावरण बन्दै गइरहेकोले आशावादी भएर मेहनत गर्न सुझाब दिनुभयो ।

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले व्यवसायिक क्षेत्रमा प्राप्त गर्ने सफलता नै कलेजको सफलता भएको बताउँदै व्यवसायिक क्षेत्रमा मर्यादा र अनुशासन कायम गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो । ‘तपाईहरु कलेजको ब्राण्ड एम्बेष्डर हो । तपाईहरुले प्राप्त गर्ने सफलता नै हाम्रो सफलता हो । जुनसुकै पदमा रहेर काम गर्दा म नेपाल कलेजको विद्यार्थी हुँ भन्ने नविर्सनु होला ।’ समाज र राष्ट्रसँग जोडिएर काम गर्नुपर्ने भएकाले व्यवसायिक जीवनमा पेशागत इमान्दारिता, नैतिकता र मर्यादा महत्वपूर्ण रहेको भन्दै प्राचार्य भण्डारीले भन्नुभयो ।

कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक सावित्री त्रिपाठीले ४ वर्षको अध्ययन समाप्त गरेर ब्यवसायिक जीवनमा प्रवेश गर्दा नैतिकवान भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । व्यवसायिक जीवनमा नैतिकता र इमान्दारिता ठूलो कुरा भएको जिकीर गर्दै ४ वर्षको पढाईले मात्र अगाडी बढ्न नसकिने भएकोले त्यसपछिको उच्च शिक्षा हासिल गर्न तथा व्यवसायिक जीवनमा हरेक दिन केही न केही सिक्नुपर्ने बताउनु भयो ।

यस्तै कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले व्यवसायिक जीवनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजले आउँदा दिनहरुमा पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले इमान्दार र नैतिकवान भएर अगाडी बढ्दा सफलता हासिल गर्न सकिने जिकीर गर्नुभयो ।

विदाई कार्यक्रममा नव इन्जिनियर विद्यार्थीहरुले ४ वर्षे स्नातक तहको अध्ययनका क्रममा विताएका पलहरुको स्मरण गर्दै प्राध्यापकहरु र कलेज परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानीत गरिएको थियो । चेयरमेयर गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेले प्राप्त गर्दा प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले प्राप्त गरेका थिए । कार्यक्रममा विषयगत अवार्डहरु पनि प्रदान गरिएको थियो ।

 

पर्सा, २०८१ पुस २४ गते ।
– पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए।

घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज  पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति-नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति-नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई उनीहरूलाई पक्राउ गरेको थियो। न्युज कारखाना

 

पर्सा, २०८१ पुस २४ गते ।

– पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए।

घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज  पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको लम्सालले बताए।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति-नातिनीलाई अह्राएका थिए। किन बन्दै गर्ने भन्दै नाति-नातिनी हजुरबुवामाथि खनिएका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई उनीहरूलाई पक्राउ गरेको थियो।  न्युज कारखाना

काठमाडौं, पुस २४ गते २०८१ ।

मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को शुभ अवसरमा दुई दिनअघि भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको छ ।
श्रमिक, व्यवसायी, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।

मधेशी एकता समाजले सन् २०२१ मा स्थापनापछि हरेक वर्ष नयाँ कार्यसमितिको चयन गर्दै आएको परम्परालाई निरन्तरता दिएको छ । कार्यक्रमले रोशन मार्र्कसिस्टको नेतृत्वमा समाजको युएई च्याप्टरको नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय,  अर्का सहअध्यक्षमा राम साह चयन गरिएका छन् ।

यस्तै एकता समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटललाई चयन गरिएको छ ।
त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रविन्द्र कुमार यादव र  अफजल हुसैन (गुलजार)लाई मधेशी समुदायमा उल्लेखनीय योगदान दिएकोमा विशेष सम्मान गरिएको थियो ।
त्यस्तै, व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । यस्तै, निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल नेतृत्वका लागि धन्यवाद दिइएको थियो ।

आफ्नो मन्तव्य राख्दै संस्थापक डाक्टर रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गगर्नुभयो ।
डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
उहाँले मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउन जोड दिनुभयो ।

मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको छ र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको छ ।

आरएन पटेल,रौतहट,पुस २३ गते । 

चिसो बढेपछि राैतहटका बिधालयहरू धमाधम बन्द हुन थालेका छन् । बढ्दो चिसोले रौतहटका पालिकाहरुद्वारा ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। शितलहरका कारण चिसो अत्याधिक बढेकाले रौतहटका विभिन्न पालिकाहरुले आगामी ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा दिईएको हो।

 

जिल्लाका विभिन्न पालिकाहरुले मंगलवार सूचना जारी गर्दै पौष २४ गते देखी २६ गते सम्मका लागि ३ दिन पालिका अन्तर्गत रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन। जिल्लाको सबैभन्दा पुरानो पालिका गौर नगरपालिका, ईशनाथ नगरपालिका, बौधिमाई नगरपालिका तथा फतुवा विजयपुर नगरपालिकाले आज एकै साथ सूचना जारी गर्दै बढ्दो जाडोको कारणवाट विधार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उक्त तीन दिनको बिदा वर्षे विदावाट कट्टा हुने गरी सम्बन्धित पालिका अर्न्तगतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय सबैको पठनपाठन बन्द गर्न गराउनु सबै सरोकारवालालाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

 

जाडोले गर्दा प्राबिमा पढ्ने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए। जाडोले गर्दा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको विद्यालयका शिक्षकहरुले बताउँछन्। ‘स–साना विद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन सक्ने सम्भावनालाई निर्मूल पार्न तथा बालबालिकाहरुको स्वास्थ्य अवस्थाको ख्याल गरि उक्त जाड़ो बिदा नगरपालिका भित्र रहेका सबै विद्यालय बन्द गरिएको बौधिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारकेश्वर प्रसाद पटेलले बताए। पौषको अन्तिम हप्ता रौतहटमा पश्चिमेली हावासंगै बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ।

बज्जिकाञ्चल संवाददाता,२३ गते पुस २०८१ । काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाह्रखरीमा खबर छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते पुस २०८१ । 

राैतहट-राैतहटमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

राैतहट लगायत बारा,पर्सा,महाेतरी,धनुषा लगायतका जिल्लाहरूमा भूकम्पकाे धक्का महसुस गरिएको छ ।

काठमाडौंमा भने ठूलै भूकम्पकाे धक्का महसुस गरिएको प्रारम्भिक खबर छ । भूकम्प गएको बारे सामाजिक संजाल मार्फत पनि विभिन्न ठाउँबाट खबरमा जनाइएको छ ।

 

भूइंचालो जाँदा मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्प गएपछि भागाभाग भएको छ ।  काठमाडौंमा भने सडकमा सवारी साधन केहि समय रोकिएका अन्नपूर्णमा खबर छ । वितस्तृत विवरण आउन बाँकि रहेकाे छ ।

सञ्जय सहनी,राैतहट, २२ पुस २०८१ ।

रौतहट । रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई नि:शुल्क एल.पि.जी ग्यास सलिन्डिर र चुल्हो सेट बितरण  कार्यक्रमले गर्दा स्थानीय खुसि भएका छन् ।

 

 विकास र  पुर्वाधारमा द्रुत गतिमा अगाडी बढाइरहेको परोहाले धुवाँमुक्त नगर अभियान अन्तर्गत सोमबार ग्यास चुल्हो सहित ग्यास सलिन्डिर वितरण अभियानलाई अगाडि बढाएपछि नगर बासिको मुहारमा खुसि छाएको हो ।

 

परोहा नगरपालिका- ४ मा रहेको प्रहरी चौकीको  प्रांगणमा  आइतबार र सोमबार गरि वडा ४,५ र ६ का २७  सय जनालाई  नगरप्रमुख शेख वकिलले चुल्होसहतिको सिलिन्डिर बितरण गरेपछि उहाँको जयजयकार हुन थालेको हो ।

 

नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई  पुग्ने गरी लगभग ८ हजार  ग्यास चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्हो सहितको सिलिन्डिर बितरण गर्न लागिएको मेयर शेख वकिलले बताउनु  भएकाे छ ।

 

मेयर वकिलले भने -`भोट माग्न जादा महिला दिदि बहिनिको एउटै माग थियो हामीलाई ग्यास चुल्हो सिलिन्डर चाहिन्छ ,मैले पनि चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु ।

 

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवार सम्म एल.पी जी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर शेख वकलिले बताउनु भएकाे छ ।

 

ग्यास सिलिन्डिर बितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित  हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला  दिदि-बहिनीहरुको  स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान  सञ्चालनमा ल्याएको मेयर वकिलको भनाई छ।

 

नपाकै बरिस्ठ ईन्जिनियर दिपेन्द्र यादवले यस अभियानबाट नगरमा आगलागी न्यूनीकरण , वनविनाश  रोक्न सक्ने  हाम्रो बिश्वास रहेको धारणा व्यक्त गरेका छन् ।

 

पालिकाले दिएको  ग्यास सिलिन्डिर लिदै स्थानीय नागेन्द्र पटेले यहाँका स्थानीय वर्षौदेखि  दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउन बिबस थिए।जसका धुवाँ- धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित छन् । जनताको पिडालाई सम्बोधन गर्न मेयर शेख वकिलले  स्थानीय प्रती देखाएको हार्दिकताको जति सराहना गरेपनि कम हुने प्रतक्रिया दिए।

 

नगर कै अर्का समाजसेबी जोगी सहनीले  महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ – आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल  र नगरपालिका परिवार  प्रति आभार व्यक्त गरेका छन् ।

 

मेयर वकिलको प्रयासले धुवाँधुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित  भएको स्थानीय हेमनती देबीले बताइन् ।

 ग्यास चुल्हो वतिरण कार्यक्रममा विभिन्न वडाका  वडाध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भलादमीहरु,सुरक्षा निकाय र विभिन्न  सञ्चार माध्यमको प्रतिनिधिहिरु सहभागिता रहेको थियो।

मुन्ना मिश्र,राैतहट,२२ गते पुस २०८१ । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका ‍वडा नम्बर ८ बलुवामा भईरहेको श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञको आज पांचौं दिन हो । गत पुस १८ गते देखी २७ गते सम्म चल्ने श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञको प्रथम दिन १ हजार ८ कुमारी कन्याद्वारा कलश यात्रा निकालिएको थियो । ‍कलश यात्रामा विभिन्न बाजागाजा सहित हजारौ हजार भक्तजनहरुले सोभा बढाएका थिए ।

बलुवा टाेलबाट निकालिएको कलश यात्रा कटहरिया बजार परिक्रमा गर्दै लालबकैया नदिमा पुगेको थियो । कलश यात्रमा स्थानीयहरुले अ-आफ्ना सवारी साधन समेत लिएर सहभागी भएका थिए । भारतको श्री धाम बृन्दावन मथुरा बाट कथा व्यास  श्री रामगोपाल जी महाराज लाई श्रीमद् भागवत महापुराण कथा वाचन गर्न बोलाइएकोले श्रीमद् भागवत महापुराण कथा र नवाह यज्ञमा दैनिक हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू पुजा गर्न तथा श्रीमद् भागवत महापुराण कथा सुन्न आउने गरेकाे आयोजक समितिका अध्यक्ष वीरेन्द्र यादव जानकारी गराएका हुन् ।

नौ दिनसम्म चल्ने यस नवाह यज्ञ तथा मेलामा आउने भक्तजनहरूको मनोरञ्जन को लागि बिभिन्न किसिमका खेल तमासा , झुलुवा, सर्कसको व्यवस्था रहेको मेला आयोजकले जानकारी दिएको छ। प्रत्येक दिन दिउँसो १ बजे देखि साँझ ५ बजेसम्म र साँझ ७ बजे देखि राति १२ बजेसम्म श्रीमद् भागवत महापुराण कथाको साथै झाँकि कार्यक्रम समेत आयोजना गरिएकोले आगन्तुक श्रद्धालु भक्तजनहरूलाई आकर्षित गरिरहेको देखिन्छ ।

सार्वजनिक धार्मिक कार्यक्रम तथा यज्ञ गर्नमा कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवा गाउँ जिल्लामै अगाडि रहेको दाबी गरिएको छ । यसमा समितिका कोषाध्यक्ष सिकेन्द्र यादव,सचिव अनिल कुमार यादव,वडा प्रत्यासी भिखारी पण्डित लगायतका स्थानीय भद्रभलादमीहरूकाे सक्रियता त्यतिकै देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।