आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ ।
रौतहटको कटहरिया नगरपालिकामा जारी एचपिभी खोप अभियानमा ८९ प्रतिशतलाइ लगाइ सकिएको छ । यो अभियानको पाँचौ दिन लक्ष्यित समूहका २ हजार २४ जना किशोरीहरूलाई एचपिभी खोप लगाइएको स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।
संयोजक यादवको अनुसार अब कटहरिया नगरपालिकाभरी ११ प्रतिशत अर्थात् २ सय ६९ जना किशोरीहरुलाइ मात्र खोप लगाउन बाँकी रहेको छ । कटहरिया नगरपालिका भरि कुल २ हजार ४ सय १३ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।
गत मंगलबार देशैभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिहेको छ ।
रौतहटमा भने माघ २३ गतेदेखि कटहरिया नगरपालिका सहित जिल्लाको १८ वटै पालिकामा यो एचपिभी खोप अभियान सञ्चालन भईरहेको छ । पहिलो चरणमा ९ वटा पालिकामा यो अभियान चलिरहेको छ भने माघ ३० गते देखि दोस्रो चरण खोप अभियान सञ्चालन हुने छ । एचपिभी खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२७ गते माघ ।
जनता सचेत भएपछी जनप्रतिनिधिलाई मनलाग्दी गर्न त्यति सजिलो कहाँ छ र? राैतहटकाे मध्य भाग गरूडा नगरपालिकामा आज यस्तै घटना घटेको छ । गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गरेका छन् ।

गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवाललाई स्थानीयले घेरेका छन् । करिब २/३ घण्टा सम्म उनलाई स्थानीयले घेरेका थिए । सुखी सम्पन्न परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित बनेका थिए । एउटै घरमा ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।

केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।
जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।

त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले उनलाई लखेटेका हुन् ।

यस अघि गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले कम्बल र सिरक वितरण गरिरहेकाे आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे आराेप लगाएका थिए ।
आरके श्रीवास्तव,रौतहट,२७ गते माघ ।
रौतहटको गुजरा नगरपालिकामा एचपिभि खोप अभियान सम्बन्धि नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमूखिकरण बैठक सम्पन्न भएको छ । स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो बैठक बसेको थियो ।

खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले बैठक बसेको थियो ।

साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न बैठक बसेको थियो ।

गुजरा नगरभरिमा आगामी माघ ३० गतेदेखि फागुन ०६ गते सम्म सञ्चालन हुने एच.पि.भि. खोप अभियानमा २ हजार ८ सय ९७ छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य संयोजक विजय चौधरीले जानकारी गराएका हुन् । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो ।
अभिमूखिकरण कार्यक्रममा गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक चौलागाइ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,शिक्षा शाखा प्रमुख शिवमंगल साह,विभिन्न बिधालयका प्रधानाध्यापकहरु ,सञ्चारकर्मीहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
रौतहट २७ माघ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो।
जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईट सहित बिभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादी लाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी , धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल,
रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।
यस अघि एसपी दिलीप घिमिरेको बिशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ। त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ।
एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हाले देखी फरार प्रतिवादी पक्राउ संगै तस्करी नियन्त्रणमा प्रहरीले बिशेष सक्रियता देखाएको छ।न्युज कारखाना
काठमाडौं, २४ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले न्यायालयको सुधारको लागि आवाज उठाउनु कसरी अदालतको अवहेलना हुन्छ भन्दै प्रश्न तेर्साएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफू कानूनमन्त्री भैसकेको र न्याय परिषदमा बसेर काम गरिसकेको व्यक्ति भएकोले अदालतको अवहेलनाबारे राम्रोसँग जानकार रहेको बताए ।

उनले भने,‘अदालत सक्षम हुनुपर्छ । न्याय निश्पक्ष हुनुपर्छ । न्यायालयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? म सरकारलाई सोधन चाहन्छु–न्यायलयबाट विकृति र विसंगति हटाउनुपर्छ भन्नु अपराध हो ? म माननीय कानूनमन्त्रीलाई सोध्न चाहन्छु–न्यायाधीशको नियुक्ती, बढुवा र सरुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालय राख्नुहुँदैन भन्नु अपराध हो ? यदि होईन भने ममाथि अदालतको अवहेलना मुद्दा दर्ता कसरी भयो ? म सरकारको जवाफ चाहन्छु । दुनियाँले हेरेको छ–न्यायाधीहरुले नियुक्ती लिएकै दिन दलको कार्यालय पुगेको हामीले बिर्सिएका छैनौं । नेताहरुको कोठा कोठामा पुगेर सरुवा, बढुवा र उन्नती खोज्ने दृश्यहरुपनि हामीले देखेकै छौं । यो कुरा उठाउनु अपराध हो ? यसलाई सुधार गर्नुपर्छ र रोक्नुपर्छ भन्ने अपराध हो ?’

रौतहटको जिल्ला अदालतमा धर्ना र विरोध चलिरहेको प्रसंग उठाउँदै साहले किन रौतहटको अदालतप्रति जनआक्रोश बढेको र नियमित धर्ना भैरहेको छ भनेर प्रश्न गरे । उनले भने,‘रौतहट जिल्ला अदालतमा प्रत्येक महिना तमाशा हुन्छ । देशमा अरु जिल्लामा अदालतप्रति जनताको सम्मान हुन्छ । जनताले अदालतप्रति आदरको भावनाले हेर्छन । तर, रौतहटमा अदालतकोविरुद्ध धर्ना जारी छ । यो तमाशा गर्ने गराउनेहरु अदालतको सम्मान गरिरहेका छन् कि अपमान गरिरहेका छन् भन्ने प्रश्न गर्न चाहन्छु । रौतहट हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको र गौरवपूण इतिहास बोकेको जिल्ला हो, तर आज बदनाम भैरहेको छ । यसलाई रोक्नुपर्छ भन्नु अपराध हो ? यो विषयमा प्रधानन्यायधीशलाई ध्यानाकार्षण गराउनु गल्ती हो ? होईन भने कसरी अवहेलना भयो ? न्यायालय विकृतिले भरिएको छ । यसलाई सुधार गर्नुपर्छ भन्नु कसरी अपराध हुन्छ ? प्रभु साह कानूनमन्त्री भएर न्यायपरिषदको सदस्य भएर काम गरेको व्यक्ति हो । मलाई अदालतको अवहेलनाबारे राम्रोसँग थाहा छ ।’ साहले आफूले सुरुदेखि नै अदालतको सुधारको लागि आवाज उठाएको भन्दै संविधानसभामा खेलेको भूमिकाको पनि स्मरण गर्न सुझाए ।
आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा एचपिभी खाेप अभियान सुरु भएको छ । याे अभियानकाे पहिलोदिन लक्ष्यित समूहका ४ सय ६० जना किशाेरीहरूलाई एचपिभी खाेप लगाइएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।

संयाेजक यादवकाे अनुसार भसेढवा स्वास्थ्य चाैकीमा १ सय ३२,हथियाही स्वास्थ्य चाैकीमा ७७,बिर्ति प्रष्टाेका स्वास्थ्य चाैकीमा ३,आधारभूत स्वास्थ्य केन्द्र टाेलापुरमा २८,प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा ७७,आधारभूत स्वास्थ्य केन्द्र फतेपुरमा ३८ जना किशोरीलाई खाेप दिइएको छ ।

त्यस्तै स्वास्थ्य चाैकी बगहीमा ५७ जना,आधारभूत स्वास्थ्य केन्द्र पिप्रा पाेखरियामा ७ र स्वास्थ्य चाैकी डुमरियामा ४१ गरी कटहरिया नगरपालिका भरि कुल ४ सय ६० जना किशोरीलाई एचपिभी खाेप लगाइएको उनले जनाएका छन् ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गतेदेखि कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ । कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३ किशोरीलाई एचपिभी खाेप दिँदैछ । एचपिभी खाेप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि एचपिभी खाेप अभियान सञ्चालन भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराएका हुन् । फतुवा बिजयपुर नगरपालिकामा पनि एचपिभि खोप अभियान सुरू भएको छ ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ ।

मावि बिजयपुरमा एचपिभी खाेप अभियानकाे उदघाटनसत्र कार्यक्रम राखिएको थियो । उदघाटन सत्र कार्यक्रममा बाेल्दै फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव उर्फ पप्पुले एचपिभी खाेप सबै किशोरीलाई अनिवार्य लगाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयकाे याे अभियानकाे सराहना गर्दै उनले पाठेघरकाे मुखकाे क्यान्सरबाट बच्न याे खाेप अनिवार्य रूपमा लगाउन सबै आ-आफनाे तर्फ बाट प्रचारप्रसार गरि खाेप लगाउन उत्साहित गर्नुपर्नेमा जाेड दिए ।
फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८० किशोरीलाई एचपिभी खाेप दिँदैछ ।
आरके श्रीवास्तव,राैतहट,२४ गते माघ २०८१ ।
छाेराकाे उत्कृष्ट कार्यबाट आमाबुबा समुदाय द्वारा सम्मानित भएका छन् । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजय कुमार कुशवाहाकाे आमाबुबालाई सरस्वती पुजाकाे दिन आयाेजित एक कार्यक्रमका बिच समुदायले नै सम्मान गरेको छ ।

प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेकाे करिब दुई वर्ष भित्रै २५ जना बिद्यार्थी बाट बढार २ सय जना पुर्याएकाे र भाैतीक अवस्थामा पनि उल्लेखनीय सुधार गरेकाे भन्दै अभिभावक उनीप्रति हाैसिएका हुन् ।

साथै बिद्यालयमा सुन्दर सरस्वती माताकाे मन्दिर स्थापना गराई बिद्यालयलाई पालिकामै शुन्दर र उत्कृष्ट आधारभूत बिद्यालय बनाउन सफल भएकाेले सम्पूर्ण अभिभावक,समाजसेवी,शिक्षाप्रेमी जनप्रतिनिधिहरूले प्रधानाध्यापक कुशवाहाकाे कार्यबाट खुशी र संतुष्ट भई उनकाे बुवा चन्द्रदेव कुशवाहा र आमा अन्हिया देवी कुशवाहालाई दाेसल्ला र खादा सहित फूलमाला लगाएर उच्च सम्मान गरेका हुन् ।

प्रधानाध्यापक कुशवाहाकाे उदाहरणीय कार्यबाट प्रभावित भई पालिका भरिकै शिक्षक,कर्मचारी,जनप्रतिनिधि, शिक्षाप्रेमी,समाजसेवी लगायत सम्बन्धित सम्पूर्ण समुदाय खुशी भएको साे बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम चाैधरीकाे भनाइ छ ।

प्रधानाध्यापक कुशवाहाकाे आमाबुबाले सम्मान ग्रहण गरेपछि कुशवाहा अत्यन्त भावुक भएका थिए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी प्रगतिकाे बाटाेमा लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते माघ २०८१
राैतहट । रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले पतरौ पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग गरेकी छन् ।

मधानी महायज्ञको बारेमा जानकारी गराउँनका लागि आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् ।

‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं ।’

मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।

मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’

मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।
यस बर्षको मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरुको समेत सहभागिता हुदैछ । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी महायज्ञमा मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार), मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरु सहभागिता हुदैछ ।
मधानी महायज्ञको तयारीका लागि बिभिन्न समितिहरु गठन गरी तिब्रगतिमा काम भईरहेको छ ।