२०८२ चैत्र २२
२०८२ चैत्र २२

 

भक्तपुर, असार २१ गते ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आधा घण्टा ढिलाे गरी  प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस अघि दिउँसो ३ बजे नतिजा प्रकाशित गर्ने भनिए पनि आन्तरिक व्यवस्थापनका कारण ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी नतिजा प्रकाशित गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले ३ बजे प्रकाशित गर्ने भनिएको एसईईको नतिजा प्रकाशित गर्न आधा घण्टा लाग्ने भएको छ ।”

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी, www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com   मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सभार गाेरखापत्र अनलाइन

 

पाेखरा, १६ असार ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्र  ।

 

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले उक्त कुुरा बताएका हुन ।

 

“माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,” प्रधानमन्त्री दाहालले भने ।

 

‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ प्रधानमन्त्रीले अगाडी भने,  ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन,’ उनले भने ।

 

 

प्रधानमन्त्रीका अनुसार देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी रहेकाे छ र सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ।

 

‘यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ, सरकार यसमा दृढ छ,’ उनले भने, ‘हाम्रा प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ, यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।”

 

माअाेवादीकाे पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको उनकाे भनाइ छ । ‘आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”

 

“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”

 

 

मँजय राम कटहरिया,आजको पात्रो जेष्ठ २०८०र०३र१६ गते
त्रयोदशी, आषाढ शुक्लपक्ष,शनि प्रदोष व्रत,आज अन्तर्राष्ट्रिय सहकारी दिवस
आज बिहान सूर्योदय ०५ः१२ मा हुनेछ भने सूर्यास्त ७ : ०४ मा हुनेछ । तिथि : त्रयोदशी २०:५२ बजेसम्म, त्यसपछी चतुर्दशी , नक्षत्र : अनुराधा १३:१८ बजेसम्म, त्यसपछी ज्येष्ठा , योग : शुभ २२:०३ बजेसम्म, त्यसपछी शुक्ल , करण : कौलव ०९:३१ बजेसम्म, त्यसपछी तैतिल २०:५२ बजेसम्म, त्यसपछी गर ।

राशीफल :-

मेष ( ARIES) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

वृष(TAURUS ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।

मिथुन ( GEMINI) का, कि, कु, घ, ङ, छ, के, को, ह

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( CANCER ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह  (LEO )  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

कन्या ( VIRGO ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तुला (LIBRA ) र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक(SCORPIO)  तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

धनु( SAGITTARIUS ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मकर ( CAPRICORN )  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अकस्मात् धन प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।

कुम्भ ( AQUARIUS)  गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

मीन ( PISCES )  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका समस्या दोहोरिए पनि आँटेको काम सम्पादन गर्न सकिनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहने छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

नेपाली पात्रो

काठमाडौं ।

प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ ।

कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ ।

आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ ।

कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ । 

वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ ।

डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।

हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् ।

कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ? 

यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ ।

– आँखा सुख्खा हुनु

-आँखा चिलाउनु

-आँखा रातो हुनु

– टाउको दुख्नु

– धमिलो देखिनु

– घाँटी दुख्नु

– मांसपेशी ऐँठन हुनु

हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस् 

कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ ।

आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् ।

२) स्क्रिनभन्दा टाढा रहनुहोस् 

हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्‍यो वा काम गर्नुपर्‍यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।

– कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ ।

– मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् ।

– घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् ।

– पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ ।

३) स्क्रिनबाट ब्रेक लिनुहोस् 

कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ ।

विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ ।

४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्

तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ ।

– आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।

– भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।

– कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् ।

– डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।

– कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् ।

५) आँखाका लागि उपयुक्त ड्रप

हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । टेच पाना

पोखरा, १२ वैशाख । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् ।

 

मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि १४ वैशाख अपरान्ह ४ बजेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागिे आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।

बाग्लुङ, ११ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।

प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन ।

 

जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले  प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

 

यसैगरी, सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको बिवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

 

केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

पोखरा, ११ बैशाख । तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।

 

आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाएका छन ।

 

तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाएका छन् ।

 

बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो राती देखी मतगणना सुरु गरिएको थियो ।

तनहु, १० बैशाख । आज हुने हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानिय सडकखण्ड बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सुचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन् ।

 

‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ,’ जारी सुचनामा उल्लेख गरिएको छ ।

पोखरा ९ बैशाख । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ ।

 

विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।

 

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन्  ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसे पछि उनी पदमुक्त भएका हुन । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

 

केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन ।

 

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

पोखरा, ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

 

मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन ।

 

विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिईसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

 

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छन्।

 

गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।