काठमाडौँ, १० माघ ।
दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ ।
नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।
नेपाली प्लेइङ ११
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल र आकाश चन्द ।न्युजकारखाना
काठमाडौँ, १० माघ ।
जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत सेनेगल र क्यामरुन दोस्रो चरणमा पुगेका छन् । मंगलबार राति सम्पन्न समूह सीअन्तर्गतका खेलमा क्यामरुनले गाम्बियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने सेनेगलले गिनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
समूह सी को समुह चरणका खेलपछि सेनेगल ३ खेलमा ९ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ भने क्यामरुन ३ खेलमा ४ अंकसहित दोस्रो हुँदै अर्को चरणमा पुगेको छ ।
त्यस्तै गिनीको पनि ४ अंक रहे पनि गोल स्कोरमा क्यामरुन अगाडी रहेकाले दोस्रो भएको छ र गिनी तेस्रो स्थानमा रहेको छ । अब तेस्रो स्थानमा रहेको गिनी पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेल सकिएपछि यसको टुंगो लाग्नेछ ।
त्यस्तै यस समुहबाट गाम्बिया भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।न्युजकारखाना
काठमाडौँ, ९ माघ ।
अस्ट्रेलिया र उज्बेकिस्तान जारी एशियन कपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानबीचको खेल १-१ गोलको बराबरीमा सकिएसँगै समुह बी बाट पहिलो र दोस्रो हुदै नकआउट राउण्डमा पुगेका हुन् ।
यो खेलपछि अस्ट्रेलियाको ३ खेलमा ७ अंक भएको छ र भने उज्बेकिस्तानको ३ खेलमा ५ अंक रहेको छ ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा सिरियाले भारतलाई १-० गोल अन्तरले पराजित गरेर समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ । साथै सिरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।
समुहमा तेस्रो स्थानमा रहेका शिर्ष चार देशले नकआउट चरणमा प्रवेश पाउने हुनाले समुह चरणका खेलपछि यसको टुंगो लाग्ने छ ।
त्यस्तै यस समुहमा रहेको भारतले भने आफ्ना तिनै खेलमा हार बेहोरेर समुह चरणबाटै बाहिरिएको छ ।न्युजकारखाना
काठमाडौं, १० माघ ।
जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ ।
समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि शुरु हुदै छ ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो ।
अहिलेसम्म समुह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समुहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् ।
दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन् ।
यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।
यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।न्युजकारखाना
काठमाडौं, १० माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैछन्
आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेशले आफ्ना ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलमा ६ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौं स्थानमा छ ।
त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ७ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
विराट कोहली इङल्याण्डविरुद्धको शुरुवातका दुई टेस्ट खेल नखेल्ने भएका छन् ।
भारत टूरमा आएको इङल्याण्डले जनवरी २५ देखि ५ खेलको टेस्ट सिरिज खेल्दै छ ।
कोहलीले निजी कारणले आफु शुरुका दुई टेस्टमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । कोहली तेस्रो टेस्टदेखि टिममा सहभागी हुने छन् ।
कोहलीको ठाउमा को खेल्छ ? भन्ने बारे बोर्डले पछि जानकारी गराउने बताएको छ । उनको ठाउमा खेल्ने खेलाडीमा चैतेश्वर पुजाराको नाम सबै भन्दा अगाडी रहेको छ ।
२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३(२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दैछ । यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १–० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदरावादमा हुनेछ । त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ ।
शुरुको दुई खेल खेल्ने भारतीय टिमः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद यादव, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान) र आवेश खान ।न्युजकारखाना
काठमाडौं, ९ माघ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।
आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेह्सबीच हुदै छ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६-६ खेलमा ८-८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४-४ खेलमा ४-४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।
त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौँ, ८ माघ ।
नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिंग लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुदै १४५ रन बनाएको थियो ।
पुलिस क्लब जारी पीएम कपमा पराजित रहदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मुलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।
टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।
यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।
यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युजका्रखाना
काठमाडौं, ७ माघ ।
आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
न्यूजील्याण्डविरुद्ध खेल्ने नेपाली टिममा देव खनाल (कप्तान), दिपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी र आकाश चन्द खेलिरहेका छन् ।न्युजका्रखाना