२०८३ आश्विन २६
२०८३ आश्विन २६

काठमाडौँ, २३ माघ ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको छनौट गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको मंगलबार घोषणा गरेको हो ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

यस प्रतियोगितामा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल फेब्रुअरी १० मा हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।न्युजकारखाना

काठमाडौं, २३ माघ ।

इटालियन सिरी ए अन्तर्गत एएस रोमाले काग्लिअरीमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रोमाले काग्लिअरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने लोरेंजो पेल्लेग्रिनी र डीन हुइजसेनले एक एक गोल गरेका थिए । रोमाले योसहित पछिल्ला चार खेलमा लगातार जित हासिल गरेको छ ।

यो जितपछि रोमा २३ खेलमा ३८ अंकसहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी काग्लिअरीको भने २३ खेलमा १८ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।न्युजकारखाना

काठमाडौं, २३ माघ ।

ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै खेलमा शानदार जित हासिल गरेको थियो ।

त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल भने नील माउपेले खेलको २१औं मिनेटमा गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी २२ खेलमा ४९ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लिभरपुल २३ खेलमा ५१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।न्युजकारखाना

काठमाडौं, २३ माघ ।

चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।

 

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७०  प्रतिशत सुनिश्चित गरेको हो ।

‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’

 

उनले बागमती प्रदेशका मुख्यमन्त्री एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद ब्यक्त गरेकी छिन ।न्युजकारखाना

काठमाडौँ, २३ माघ ।

अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ ।

 

मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

अस्ट्रेलियाका लागि जेक फ्रासर म्याक गर्कले सर्बाधिक ४१ रन बनाए भने जोश इन्ग्लिशले ३५ रन बनाएका थिए ।

 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज भने ८६ रनमै अल आउट भएको थियो । वेस्टइन्डिजले २४.१ ओभरमा अलआउट हुदै ८६ रन बनाएको थियो । वेस्टइन्डिजका लागिअलिक अथनाजेले सर्बाधिक ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका

 

बलर जेभियर बार्टलेटले ४ विकेट लिए भने लान्स मोरिस र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

 

यो जितसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज ३-० ले जितेर क्लीनस्वीप गरेको छ । यो सिरिजपछि अब टी-२० सिरिज शुरु हुने छ । सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।न्युजकारखाना

काठमाडौँ, २३ माघ ।

न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ।

 

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

 

माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजील्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदासम्म न्यूजील्याण्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको छ । पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो ।

 

तेस्रो नम्बरमा आएका विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए । तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।

 

सक्रिय खेलाडीमध्ये विलियम्सनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडेका थिए । विराटको नाममा २९ टेस्ट शतक छ ।

 

दक्षिण अफ्रिकाले तेस्रो दिन आफ्नो पहिलो इनिङ्समा १६२ रन बनाएर अलआउट भएको थियो । न्युजकारखाना

काठमाडौं, २४ माघ ।

नेपाल साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बङ्गलादेशको ढाकामा भएको खेलमा जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ ।

भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो ।

भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरेका थिए ।  अब प्रतियोगिताको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । न्युजकारखाना

काठमाडौँ, २३ माघ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको  क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात फागुन ३ देखि २४ अर्थात फागुन १२ गते सम्म काठमाडौँमै हुदै छ ।

सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ । त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ । त्यस्तै पाँचौं खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ११ गते हुने छ भने छैटौं खेल नेपाल र नेदरल्याण्डसबीच फागुन १३ गते हुने तालिका सार्बजनिक भएको छ ।

क्यानले लिग-२ को यो सिरिज खेल्ने टिमको यस अघि नै घोषणा गरिसकेको छ ।  जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सराफ, भिम सार्की, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजबंशी, सुर्य तामाङ र रिजन ढकाल रहेका छन् ।

त्यस्तै लिग-२ को यस सिरिजका लागि प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीको रुपमा रहेका छन् । न्युजकारखाना

काठमाडौं, २२ माघ ।

यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ ।

 

सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

 

प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।

 

दुवै खेल जितेको भएपनि समुह चरणको दुई हारको कारण नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको थियो ।

यू-१९ क्रिकेट विश्वकपको सेमीफाइनलमा मंगलबार भारत र दक्षिण अफ्रिका खेल्दै छन् भने विहिबार अस्ट्रेलिया र पाकिस्तान खेल्ने भएका छन् ।न्युजकारखाना

काठमाडौँ, २२ माघ ।

भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ ।

भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो ।

भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको हो ।

 

इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

 

यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

 

यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ ।

यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो ।

अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ ।     न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।