काठमाडौँ, २३ माघ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।
नेपालसहित नामिबिया र नेदरल्याण्डससहितको क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात फागुन ३ देखि २४ अर्थात फागुन १२ गते सम्म काठमाडौँमै हुदै छ ।
सिरिजको पहिलो खेल नेपाल र नामिबियाबीच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ । त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ । त्यस्तै पाँचौं खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ११ गते हुने छ भने छैटौं खेल नेपाल र नेदरल्याण्डसबीच फागुन १३ गते हुने तालिका सार्बजनिक भएको छ ।
क्यानले लिग-२ को यो सिरिज खेल्ने टिमको यस अघि नै घोषणा गरिसकेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सराफ, भिम सार्की, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजबंशी, सुर्य तामाङ र रिजन ढकाल रहेका छन् ।
त्यस्तै लिग-२ को यस सिरिजका लागि प्रतिस जिसी, देव खनाल, अनिल शाह र विवेक यादव रिजर्भ खेलाडीको रुपमा रहेका छन् । न्युजकारखाना
काठमाडौं, २२ माघ ।
यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ ।
सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।
दुवै खेल जितेको भएपनि समुह चरणको दुई हारको कारण नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको थियो ।
यू-१९ क्रिकेट विश्वकपको सेमीफाइनलमा मंगलबार भारत र दक्षिण अफ्रिका खेल्दै छन् भने विहिबार अस्ट्रेलिया र पाकिस्तान खेल्ने भएका छन् ।न्युजकारखाना
काठमाडौँ, २२ माघ ।
भारतले जारी टेस्ट सिरिजको दोस्रो टेस्टमा इङल्याण्डलाई पराजित गरेको छ ।
भारतले इङल्याण्डलाई टेस्टको चौथो दिन १०६ रनले पराजित गरेको हो ।
भारतले दिएको ३९९ रनको लक्ष्य पछाएको इङल्याण्ड २९२ रन बनाएर अलआउट भएपछि भारतले यो खेल एक दिन अघि नै १०६ रनले जितेको हो ।
इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७३ रन बनाएका थिए । त्यस्तै भारतीय बलर आर आश्विन र जसप्रित बमराहले ३-३ विकेट लिए भने मुकेश कुमार, कुलदीप यादव र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि भारतले पहिलो इनिंगमा ३९६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २५३ रन बनाएको थियो । त्यसपछि भारतले दोस्रो इनिंगमा २५५ रन बनाएर इङल्याण्डलाई ३९९ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि भारतले ५ खेलको टेस्ट सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ ।
यसअघि पहिलो खेल इङल्याण्डले जितेको थियो ।
अब सिरिजको तेस्रो खेल फेब्रुअरी १५ देखि राजकोटमा हुने छ । न्युजकारखाना
काठमाडौँ, २२ माघ ।
ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।
यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।
फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।
जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।
अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ।
सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्।
यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।
१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ।
अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।न्युजकारखाना
काठमाडौँ, १९ माघ ।
भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।
भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।न्युजकारखाना
काठमाडौं, १८ माघ ।
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।
त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ।न्युजकारखाना
काठमाडौँ, १८ माघ ।
जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ । न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।
नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३, दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।
त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।न्युजकारखाना