२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

काठमाडौँ ।

नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो ।

 

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

 

त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना

काठमाडौं, २२ फागुन ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २७ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने यस सिजनमा यो २०औं हार हो । २७ खेलमा १३ अंक मात्र रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।न्युज करखाना

काठमाडौं, २२ फागुन ।

जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुदै छ। टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ।

जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो।

त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।न्युज करखाना

काठमाडौं, २१ फागुन ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ ।

 

गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

 

खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो ।

 

म्यानचेस्टर सिटीका लागि फिल फोडेनले खेलको ५६ र ८०औं मिनेटमा गोल गरेका थिए भने इर्लिंग हालाण्डले ९१औ मिनेटमा एक गोल गरेका थिए ।

 

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको लिभरपुल एक अंकले अगाडी रहेको छ ।

 

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा ११औं हार हो । २७ खेलमा ४४ अंक रहेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौं, २१ फागुन ।

जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।

 

ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न अा- आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो ।

 

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने विहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शिर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं, २० फागुन ।

अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए ।

नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ, १८ फागुन ।

नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो ।

 

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

 

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए ।

 

नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

 

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

 

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

 

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

 

यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ ।

 

अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।न्युज कारखाना

काठमाडौँ, १८ फागुन ।

जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ । टियु मैदानमा हुने यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

 

नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाउमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

 

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान),  आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।

 

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।न्युज कारखाना

काठमाडौं, १८ फागुन ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले आफ्नो सेन्ट्रल कन्ट्रयाक्ट सूचीबाट श्रेयस अय्यर र इशान किशनलाई हटाएको छ ।

 

दुवै क्रिकेटर इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा आफ्नो फ्रेन्चाइजको हिस्सा हुनेछन् । दुवै आ–आफ्नो टोलीका स्टार ब्याट्सम्यान हुन् ।

 

आईपीएल सम्झौतामा हुनु उनीहरुका लागि निकै फाइदाजनक छ तर बीसीसीआईको सम्झौताबाट बाहिर हुनु यी खेलाडीहरुको आर्थिक र क्रिकेट करियरको लागि ठूलो धक्का भएको विश्लेषण भइरहेको छ । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान इशान किशनको नाममा छ भने श्रेयस अय्यरले २०२३ मा सम्पन्न आइसीसी क्रिकेट विश्वकपमा भारतका तेस्रो सर्वाधिक रन बनेका थिए ।

श्रेयस अय्यरले १४ टेस्ट खेल खेलेर ८११ रन बनाएका छन् । श्रेयसले ५९ एकदिवसीय खेल खेलेर २३८३ रन बनाएका छन् । एकदिवसीयमा श्रेयसको अधिकतम स्कोर १२८ हो। उनी ४९ को औसतमा खेल्छन् ।

दुवै खेलाडीमाथि बीसीसीआईको निर्देशन बेवास्ता गरेको आरोप लागेको छ । केही साताअघि मात्र बीसीसीआई सचिव जय शाहले एक पत्र लेख्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरूले रातो बल क्रिकेट ९रणजी र टेस्ट क्रिकेट० भन्दा आईपीएललाई प्राथमिकता दिन नसक्ने चेतावनी दिएका थिए ।

बिसीसीआईको सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरले मात्रै बीसीसीआईको सुविधा लिन पाउनेछन् । यसमा राष्ट्रिय क्रिकेट एकेडेमीका सुविधाहरू पनि समावेश छन् । कुनै पनि खेलाडी घाइते भएमा राष्ट्रिय क्रिकेट एकेडेमी निकै महत्वपूर्ण हुन्छ । सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरहरुको बीमा हुन्छ । बीमा हुने हुनाले चोट लागेपछि हुने सबै खर्च बोर्डले गर्ने गर्दछ ।

इशान किशन केही समयदेखि लगातार टीम इन्डियामा रहेका छन् तर एक वा एकभन्दा बढी नियमित खेलाडी उपलब्ध नहुँदा मात्रै उनले खेल खेल्ने मौका पाउने गरेका थिए । यो कठिनाई र अनिश्चितताका कारण इशान किशन मानसिक थकानबाट ग्रसित रहेपछि उनले खेलबाट ब्रेक लिएका थिए ।

इशानले बंगलादेशविरुद्धको एकदिवसीय खेलमा दोहोरो शतक बनाएपछि पनि टिममा स्थान नपाएको विषय भारतीय क्रिकेटमा सधै चर्चा हुने गर्दछ ।

मिडिया रिपोर्टका अनुसार दक्षिण अफ्रिकासँगको टेस्ट सिरिजबाट ब्रेक लिएपछि इशान किशन दुबईमा पार्टी गरिरहेको देखिएका थिए । यसलाई अनुशासनहीनताको रुपमा हेरिएको छ ।न्युज कारखाना

काठमाडाैं, १८ फागुन ।

विश्व फुटवलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध भएका छन् ।

 

फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको संकेत गर्न सक्छ।

 

प्रतिबन्ध समाप्त हुँदा लगभग ३५ वर्ष पुग्ने पोग्बाले भने कि उनले सो निर्णय गलत र त्यसको विस्तृत जानकारी प्राप्त भएको जनाउँदै उनले यस कारबाही रोक्नका लागि अदालतमा अपील गर्ने जनाएका छन ।

 

विश्वकप विजेतालाई गत वर्ष सेप्टेम्बरमा इटालीको राष्ट्रिय एन्टी डोपिङ निकाय नाडो इटालियाले ट्रिब्युनलमा अस्थायी रूपमा निलम्बन गरेको थियो।

 

पोग्बाले स्वास्थ्य परिक्षण पछि ‘टेस्टोस्टेरोन’ नामक एक प्रतिबन्धित पदार्थ प्रयोग गरेको खुलेको थियो । युभेन्टसले २०अगस्टमा उडिनेसमा लिग ३–० ले जित हासिल गरे पछि उनको नमुना परिक्षण गरिएको थियो ।

 

जुभेन्टसका एक प्रवक्ताले गार्डियनलाई भने, ‘आज बिहान हामीले एन्टी डोपिङ एजेन्सीबाट पोग्बो चार वर्षका लागि अयोग्य घोषित भएको सूचना प्राप्त गरेका थियौं । गत मार्चमा ३१ वर्ष पुग्ने पोग्बासँग सन् २०२६ सम्मको सम्झौता रहेको छ ।

 

पोग्बाले इन्स्टाग्राममा लेखेका छन, ‘मलाई आज ट्रिब्युनल नाजियोनाले एन्टिडोपिङको निर्णयको बारेमा जानकारी दिइएको छ र मलाई विश्वास छ कि यो निर्णय गलत छ। म दुखी, स्तब्ध र हृदयविदारक छु कि मैले मेरो व्यावसायिक खेल करियरमा निर्माण गरेको सबै कुरा मबाट खोसिएको छ।’

‘जब म कानुनी प्रतिबन्धहरूबाट मुक्त हुन्छु, पूर्ण कथा स्पष्ट हुनेछ तर मैले जानाजानी वा जानाजानी एन्टी डोपिङ नियमहरू उल्लङ्घन गर्ने कुनै पनि पूरकहरू लिएको छैन।’

 

“एक पेशेवर खेलाडीको हैसियतमा मैले प्रतिबन्धित पदार्थ प्रयोग गरेर मेरो प्रदर्शन बढाउने काम कहिल्यै गर्दिन र मैले खेलेको वा विरुद्ध खेलेको कुनै पनि टोलीका साथी खेलाडी र समर्थकहरूलाई कहिल्यै अपमान वा धोका दिएको छैन। आज घोषणा गरिएको निर्णयको नतिजाको रूपमा म खेलको लागि मध्यस्थताको अदालतमा पुनरावेदन गर्नेछु।’

 

सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा इटाली फर्किएदेखि पोग्बाले घुँडा र ह्यामस्ट्रिङको चोटका कारण युभेन्टससँगको दोस्रो पटकको कठिन खेल सहेका छन्, केवल १२ खेल खेलेका छन्। त्यसपछि उनी युनाइटेडमा पुनः सामेल भएका थिए, जहाँ उनले एकेडेमीमा समय बिताए र युभेन्टसबाट २०१६ मा विश्व कीर्तिमान ११० मिलिनय रकममा आफ्नो व्यावसायिक खेल डेब्यू गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।