२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । विकासापटनममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा कोलकोताले आफ्ना शुरुवाती दुवै खेल जितेको छ भने दिल्ली क्यापिटल्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

दिल्लीले पञ्जाव किंग्स र राजस्थान रोयलसँग हार बेहोरेको थियो भने पछिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै कोलकोताले भने सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको थियो ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ ।

दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

अर्कोतर्फ कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।     न्युज कारखाना

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।

त्यस्तै पहिला ब्याटिंग गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ ।
न्युज कारखाना

काठमाडौँ ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुदै छ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुदै छ ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो ।

अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् । न्युज कारखाना

काठमाडौँ ।

भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् । न्युज कारखाना

काठमाडौं

। नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्मि प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्मि प्रदेशको धनगढीमा प्रतियोगिता हुन गइरहेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यो प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता, २०८० चैत २४ देखि २७ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने जनाइयो । सहआयोजक सुदूरपश्चिम प्रदेश खो खो संघका अनुसार तयारीका सम्पूर्ण कामहरु पूरा भइसको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम चैत २४ गते दिउँसो २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलात्त घिसिङको प्रमुख आतिथ्यमा हुनेछ ।

प्रतियोगितामा सेती, मधेश, बागमती, गण्डकी, बुम्बिनी र सुदूरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबाट महिला पुरुप गरी १२ टिमका १४४ खेलाडी तथा २४ प्रशिक्षक र ६ टिम व्यवस्थापक गरी कुल १७२ जनाको सहभागिता रहने छन् । प्रतियोगिता सञ्चालनशे लागि जम्मा २० जना निर्णायकहरुको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर १० जना स्वयम्सेवकहरु परिचालित हुनेछन् । सो प्रतियोगितामा खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक, स्वय्सेवक र संघका पदाधिकारीहरु गरी कुल २२५ जना परिचालित हुने छन् । यस प्रतियोगिताको लोगोको रुपमा सोही क्षेत्रमा सर्वाधिक पाइने संरक्षिक जनावर बाघले शिकारको लागि डाइभ दिइरहेको चित्रलाई लिइएको छ । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने जनाइएको छ ।

प्रतियोगितामा आयोजक संघका अध्यक्ष प्रदीप महर्जनले संघले अहिलेसम्म पुरुपतर्फ सात र महिला छ वटा राष्ट्रिय प्रतियोगिताहरु गरिसकेको जनाए । १२औ र १३ औ दक्षिण एशियली खेलमा लगातार काँस्य र रजत पदक दिलाउँदै आएको यस खेलले गुवाहाती, भारतमा २०२३ नोभेम्बरमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनशीप प्रतियोगितामा पनि महिला र पुरुष दुबैतर्फ देशको लागि रजत पदक जित्न सफल भएको उनले बताए । यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छबि बनाएको खो खो खेललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता २०८० आयोजना गर्न नेपाल सरकारको रातो कितावमा उल्लेख गरी १२ लाख बजेट विनियोजन गरेबाट नेपाल खो खो संघ परिवार तथा खो खो खेल प्रेमीहरु अत्यन्त हौसियको उनले बताए छ ।

सम्मेलनमा आयोजक संघका महासचिव शंकर महत, प्रमुख प्रशिक्षक लक्ष्मीनारायण बैद्य, सल्लाहकार दीपक बस्नेत, वागमति प्रदेश खो खो संघका अध्यक्ष राजेश शाक्यलगायतले खो खो खेलका विभिद् वषयहरुमा चर्चा गरेका थिए । न्युज कारखाना

काठमाडौँ ।

नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई  १५७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए । न्युज कारखाना

काठमाडौँ ।

इङल्याण्डका अलराउण्डर  बेन स्टोक्स आगामी टी-२० विश्वकप नखेल्ने भएका छन् । स्टोक्सले २०२४ को पुरुष टी-२० मा आफु छनौटको लागि उपलब्ध नहुने स्पष्ट गरेको आइसीसीले उल्लेख गरेको छ ।

इङल्याण्डको क्रिकेट बोर्डका अनुसार स्टोक्स अहिले आगामी दिनमा हुने वेस्ट इन्डिज र श्रीलंकाविरुद्धको टेस्ट सिरिजको तयारीमा लागेका छन् ।

स्टोक्सले भनेका छन्- ‘म कडा मेहनत गरिरहेको छु र क्रिकेटका सबै ढाँचामा अलराउन्डरको रूपमा पूर्ण भूमिका निर्वाह गर्न मेरो बलिङ फिटनेस ब्याकअपमा ध्यान केन्द्रित गरिरहेको छु । आईपीएल र विश्वकपबाट बाहिर निस्कनुले मलाई निकट भविष्यको लागि म बन्न चाहने अलराउन्डर बन्न अनुमति दिनेछ ।’

उनले अगाडी भनेका छन्- ‘भारतको भर्खरैको टेस्ट भ्रमणले मेरो घुँडाको शल्यक्रिया र नौ महिना बिना बलिङपछि बलिङको दृष्टिकोणबाट म कति पछाडि छु भन्ने कुरालाई उजागर गर्‍यो । म हाम्रो टेस्ट समर सुरु हुनु अघि काउन्टी च्याम्पियनसिपमा डरहमको लागि खेल्न उत्सुक छु । म जोस बटलर, मोटी म्याथ्यू मोट र सबै टोलीलाई हाम्रो उपाधि रक्षा गर्न शुभकामना चाहन्छु ।’

इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो र स्टोक्सले नै इङल्यान्डका लागि विअज्यी रन हानेर २०२२ मा पाकिस्तानलाई हराउदै उपाधि जिताएका थिए ।न्युज कारखाना

काठमाडौँ ।

नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।

गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।

नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो । त्यसैगरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै पछिल्लो पञ्जाव किंग्सविरुद्धको खेलमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादवमाथि सबैको नजर हुने छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका छन् । यस खेलमा पनि उनीमाथि सबैको नजर हुने छ ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।