२०८३ आश्विन २०
२०८३ आश्विन २०

काठमाडौँ । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ ।

त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।

कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए ।

यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए ।

यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ ।र दोस्रो स्थानमा रहेको छ ।

जारि आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।

अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए ।

त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए ।

यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाल ए ले अभ्यास खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिंग गर्दै ४९.५ ओभर अल आउट हुदै २६४ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।

त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६७ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा क्रुनाल पाण्डेयले सर्बाधिक ७३ रन बनाएका थिए भने ज्याकब बेठेलले २७, जितेश शर्माले १८ र देवदत्त पाडिकलले १२ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर क्रोबिन बोस्चले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको ५७ र नमन धीरको ४७ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा १४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ ।

जारी आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र दिल्ली क्यापिटल्ससँग हुदैछ ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

आज टिममा दुई परिवर्तन गरिएको छ । आज भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ सेख र करण केसीलाई खेलाइएको छ ।

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दैछन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १६६ रनको लक्ष्य पछाएको कोलकोताले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा अंगक्रिस रघुबंशीले सर्बाधिक ५९ रन बनाएका थिए भने कप्तान आजिख्य रहानेले ४३, फिन एलेनले २९ र रिंकु सिंहले अविजित २२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १९ ओभरमा अलआउट हुदै १६५ रन बनाएको थियो । सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ६१ रन बनाएका थिए भने इशान किशनले ४२ रन बनाएका थिएत्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले ३ विकेट लिएका थिए भने सुनिल नारन र कार्तिक त्यागिले २-२ विकेट लिएका थिए ।

यो जितपछि कोलकोताको ९ खेलमा ७ अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने १० खेलमा १२ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।