काठमाडौँ ।
आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ ।
आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ ।
आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो ।
कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए । खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए । कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउटनै घोषित गरे ।
तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए । कोहली बललाई अन साइडमा घुमाउन चाहन्थे, तर उनले पहिले ब्याटघुमाए र बल भित्री किनारा लागेर सिधै हर्षितको हातमा पुग्यो र कट एण्ड बोल्ड आउट भए । कोहलीले तत्कालै रिभ्यु लिए । कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए । यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए ।
बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल-१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ । न्युज कारखाना
लन्डन, १० बैशाख ।
केन्याका अलेक्ज्याण्डर मुन्याओ र पेरेस जेपचिरचिरले लन्डन म्याराथनको क्रमशः पुरुष र महिलाको उपाधि जितेका छन्।
जेपचिर्चिरले विश्व कीर्तिमान धारक इथियोपियाकी टिग्स्ट एसेफा र पूर्व लन्डन म्याराथन विजेता जोयसिलिन जेपकोसगेईसँग हराउँदै दौडिएकी थिइन् । तर ३० वर्षीया पेरेसले ले २ः१६ः१६ मा कडा दौड जित्दै केही सय मिटरको दुरीमा आफूलाई अगाडि बढाएकी थिइन्।
गत वर्ष बर्लिन म्याराथनमा २ः११ः५३ को नयाँ विश्व कीर्तिमान कायम गरेकी आसेफाले यसपटक भने २ः१६ः२३ सेकेण्डमा रहेर दोस्रो स्थानमामा रहिन् । न्याकी जेपकोसगेईले केही सेकेण्ड मात्रै अगाडी रहेर बिजेता बनेकी हुन् ।
जेपचिरचीरको नतिजा एसेफाको विश्व कीर्तिमान भन्दा धेरै ढिलो थियो । तर यो महिला मात्र म्याराथनमा सबैभन्दा छिटो समय हो ।
‘मैले विश्व कीर्तिमान तोड्ने आशा गरेको थिइनँ। मलाई थाहा थियो कि हामी जित्छौं तर मैले यो म होस् भन्ने आशा गरेको थिएन,’ दौडपछि जेपचिरिरले भने।
केन्याले अब यस गर्मीमा पेरिसमा हुने आफ्नो ओलम्पिक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। ‘मलाई थाहा छ यो सजिलो हुने छैन तर म सक्दो प्रयास गर्नेछु,’ उनले भने ।
पुरुषको एलिट दौडमा, मुन्याओले इथियोपियाका लिजेन्ड केनेनिसा बेकेलेको आफ्नो पहिलो लन्डन म्याराथन उपाधि जित्ने सपनालाई चकनाचुर पारेका छन्, किनकि २७ वर्षीय केन्यालीले २ः०४ मा अन्तिम रेखासम्म पुग्ने गरी करिब तीन किलोमिटर मात्रै दौडको नेतृत्व गरेका थिए ।
५,००० मिटर र १०,००० मिटर दौडमा तीन ओलम्पिक स्वर्ण र पाँच विश्व च्याम्पियनसिपको उपाधि जितेका ४१ वर्षीया बेकेले २ः०४ः१५ सेकेन्डमा दोस्रो र स्थानीय धावक एमिल केरेसले २ः०६ः४६ सेकेन्डमा पुरा गरेर दोस्रो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो ।
अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।
गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ ।
आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ । अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।
यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगि गरेको घटना बाहिर आएको छ ।
भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।
वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैया डाइभर्ट गरेको आरोपमा दुबै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ ।
यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाईसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०-४० प्रतिशत र वैभवको २० प्रतिशत सेयर थियो ।
आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३.३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्यायो ।
कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नुपर्ने थियो । कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ ।
हाल इन्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ ।
विहिबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा मोन्टेररेयसँग ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ ले हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
यस खेलमा मोन्टेररेयका लागि ब्राण्डन भाज्क्वेज, जर्मन बेरटेरामे र जिसस गालार्ड़ोले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि डिएगो गोमेजले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ७८औं मिनेटमा जोर्डी अल्बाले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।
यस अघि सम्पन्न पहिलो लिगमा इन्टर मियामी २-१ गोलले पराजित भएको थियो ।
यो जितपछि मोन्टेररेय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा कोलम्बस क्रुको सामना गर्ने छ ।न्युज कारखाना
बारा
विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए ।
खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।
शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए ।
खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।
खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए ।
खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए ।
दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।
खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत विहिबार नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । न्युज कारखाना
काठमाडौँ ।
एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए ।
यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २-१ को अग्रता हासिल गरेको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुने छ ।
न्युज कारखाना