काठमाडौँ ।
वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ ।
वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी- २० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।
यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ ।
वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।
प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।
सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।
टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् । न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए ।
यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६५ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए ।
यो यस सिजनमा राजस्थानको सातौं जित हो । ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ ।
गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।
इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए ।
यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।
यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ए को उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ ।
इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९- २० सिजन यता सिरी ए उपाधि जितेको छैन । न्युज कारखाना
काठमाडौँ ।
आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ ।
आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ ।
आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो ।
कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए । खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए । कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउटनै घोषित गरे ।
तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए । कोहली बललाई अन साइडमा घुमाउन चाहन्थे, तर उनले पहिले ब्याटघुमाए र बल भित्री किनारा लागेर सिधै हर्षितको हातमा पुग्यो र कट एण्ड बोल्ड आउट भए । कोहलीले तत्कालै रिभ्यु लिए । कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए । यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए ।
बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल-१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ । न्युज कारखाना
लन्डन, १० बैशाख ।
केन्याका अलेक्ज्याण्डर मुन्याओ र पेरेस जेपचिरचिरले लन्डन म्याराथनको क्रमशः पुरुष र महिलाको उपाधि जितेका छन्।
जेपचिर्चिरले विश्व कीर्तिमान धारक इथियोपियाकी टिग्स्ट एसेफा र पूर्व लन्डन म्याराथन विजेता जोयसिलिन जेपकोसगेईसँग हराउँदै दौडिएकी थिइन् । तर ३० वर्षीया पेरेसले ले २ः१६ः१६ मा कडा दौड जित्दै केही सय मिटरको दुरीमा आफूलाई अगाडि बढाएकी थिइन्।
गत वर्ष बर्लिन म्याराथनमा २ः११ः५३ को नयाँ विश्व कीर्तिमान कायम गरेकी आसेफाले यसपटक भने २ः१६ः२३ सेकेण्डमा रहेर दोस्रो स्थानमामा रहिन् । न्याकी जेपकोसगेईले केही सेकेण्ड मात्रै अगाडी रहेर बिजेता बनेकी हुन् ।
जेपचिरचीरको नतिजा एसेफाको विश्व कीर्तिमान भन्दा धेरै ढिलो थियो । तर यो महिला मात्र म्याराथनमा सबैभन्दा छिटो समय हो ।
‘मैले विश्व कीर्तिमान तोड्ने आशा गरेको थिइनँ। मलाई थाहा थियो कि हामी जित्छौं तर मैले यो म होस् भन्ने आशा गरेको थिएन,’ दौडपछि जेपचिरिरले भने।
केन्याले अब यस गर्मीमा पेरिसमा हुने आफ्नो ओलम्पिक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। ‘मलाई थाहा छ यो सजिलो हुने छैन तर म सक्दो प्रयास गर्नेछु,’ उनले भने ।
पुरुषको एलिट दौडमा, मुन्याओले इथियोपियाका लिजेन्ड केनेनिसा बेकेलेको आफ्नो पहिलो लन्डन म्याराथन उपाधि जित्ने सपनालाई चकनाचुर पारेका छन्, किनकि २७ वर्षीय केन्यालीले २ः०४ मा अन्तिम रेखासम्म पुग्ने गरी करिब तीन किलोमिटर मात्रै दौडको नेतृत्व गरेका थिए ।
५,००० मिटर र १०,००० मिटर दौडमा तीन ओलम्पिक स्वर्ण र पाँच विश्व च्याम्पियनसिपको उपाधि जितेका ४१ वर्षीया बेकेले २ः०४ः१५ सेकेन्डमा दोस्रो र स्थानीय धावक एमिल केरेसले २ः०६ः४६ सेकेन्डमा पुरा गरेर दोस्रो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो ।
अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।
गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ ।
आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ । अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।
यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगि गरेको घटना बाहिर आएको छ ।
भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।
वैभवले साझेदार फर्मबाट करिब ४.३ करोड रुपैया डाइभर्ट गरेको आरोपमा दुबै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ ।
यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाईसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०-४० प्रतिशत र वैभवको २० प्रतिशत सेयर थियो ।
आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३.३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्यायो ।
कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नुपर्ने थियो । कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ ।
हाल इन्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ ।न्युज कारखाना