काठमाडौँ । इङल्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि इङल्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
इङल्याण्डको विश्वकप खेल्ने टिममा जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले र मार्क वुड रहेका छन् ।
टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत रहेको इङल्याण्ड यस विश्वकपमा समुह बी मा रहेको छ । समुह बी मा इङल्याण्डसहित अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् ।
विश्वकपमा इङल्याण्डले आफ्नो पहिलो खेल जुन ८ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स ।
रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् र उनीहरु टिमसँगै ट्राभल गर्ने छन् ।
दक्षिण अफ्रिका टी- २० विश्वकपमा समुह डी मा रहेको छ । यस समुहमा दक्षिण अफ्रिकासहित बंगलादेश, श्रीलंका, नेदरल्याण्डस र नेपाल रहेका छन् ।
दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रीका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अंक हासिल गरेको लखनउ हाल अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सले भने यस सिजनमा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ९ खेलमा ३ जित र ६ हार बेहोरेको मुम्बई अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखमाम
काठमाडौँ । न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।
न्यूजील्याण्ड टी-२० विश्वकपमा समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिज, अफगानिस्तान, पीएनजी र युगाण्डा रहेका छन् । न्यूजील्याण्डले विश्वकपको पहिलो खेल जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।न्युज कारखमाम
काठमाडौँ । ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् ।
उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् ।
उनी २०२० मा पिएसजीबाट फ्री- ट्रान्सफरमा चेल्सी आएका थिए ।
चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफुले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन् । भावुक हुदै सिल्भाले आफु कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे ।
सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए । यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए ।न्युज कारखमाम
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडी रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।न्युज कारखमाम
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।
यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
न्युज कारखमाम
भैरहवा, १७ बैशाख । सिद्धार्थनगर मेयर कप क्रिकेट प्रतियोगिताको उापधि वडा नम्बर ३ ले जितेको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर १ को टिमलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो। भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ६ विकेट पराजित गर्दै उपाधि चुम्न सफल भएको छ।
टस जितेर वडा नम्बर ३ ले वडा नम्बर १ लाई व्याटिङको निम्तो दिएको थियो। कूल १२ ओभरको खेलमा ११ ओभर २ बलमा वडा नम्बर १ को टिमले अलआउट हुँदै ११२ रन जोडेको थियो। जस्को लागि वडा नम्बर १ का गौतम बारीले ४२, मनिस थापाले २२ र कन्हैया यादवले अविजित १७ रन जोडेका थिए। वलिङ तर्फ वडा नम्बर ३ का समिर मुसलमानले ३, अर्जुन चौहान र अरमान मुसलमानले २–२ विकेट त्यस्तै रमेश कुर्मी र मैनुदिन शेखले समान १–१ विकेट लिए।
११३ रनको लक्ष्य पाएको वडा नम्बरले ३ ले प्रतिउत्तरमा १० ओभर ५ बलमा लक्ष्य पार गर्दै जित निकाल्यो। जसका लागि विजय सुनारले ४१, आनन्द गौडले अविजित ३४ रन बनाए । बलिङ तर्फ वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले १–१ विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याचबाट वडा नम्बर ३ का समिर मुसलमान पुरस्कृत भई एक हजार रुपैयाँ प्राप्त गरेको खेल संयोजक तथा वडा नम्बरका ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए। 
जितसँगै वडा नम्बर ३ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ। उपविजेता टिमले पुरस्कार रकम मध्येबाट त्यस वडामा भएको दुर्घटनामा घाइतेहरूका लागि उपचार सहयोग गर्ने घोसणा गरेको छ।
प्रतियोगितामा वडा नम्बर ६ का प्रवेज आलम प्लेयर अफ द सिरिज (उत्कृष्ट खेलाडी) भई ५ हजारसहित ट्रफी र प्रमाण पत्र पाए भने वडा नम्बर ११ का जुबैर आलम उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का आनन्द गौड उत्कृष्ट ब्याट्स म्यान बने। उनीहरू दुवैजनाले जनही २ हजार २ सय ५० का दरले नगदसहित ट्रफी र प्रमाणपत्र पाए।
विजेता र उपवि
जेता खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खा, उपमेयर उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, वडाध्यक्षहरूलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको अवसरमा नगरपालिकाले पूर्व राष्ट्रिय खेलाडीलाई समेत सम्मान गरेको छ। स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
बैशाख १३ गते देखि सुरु भई १६ गतेसम्म भएको प्रतियोगितामा सिद्धार्थनगरका १३ वटै वडाका टिमहरूको सहभागिता रहेको थियो। गत वर्ष उपविजेता बनेको वडा नम्बर ३ अहिले विजेता बनेको छ। आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बरल ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए।
स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानीय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो यसलाई आगामी वर्षमा अझै व्यवस्थि तगर्दै लैजाने योजना नगरपालिकाको रहेको छ। न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ ।
अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ । न्युज कारखाना
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।
रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।न्युज कारखाना