२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज  लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् ।

नेपालको प्लेइङ ११ – रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल ।न्युज कारखाना

काठमाडौँ । अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै लुइस स्वरेज र बेन्जामिन क्रिमासचीले एक एक गोल गरेका थिए ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामी ११ खेलमा २१ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यू इङल्याण्डको भने ९ खेलमा केवल ४ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ३४ बजेदेखि हुदै छ ।

जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

त्यसैगरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । केवल ४ अंक हासिल गरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।

त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए । त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १९६ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्बाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए ।

यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

नेपालले सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।
न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड मुश्किल बनाएको छ । यो खेलपछि लिभरपुलको ३५ खेलमा ७५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिगमा ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शिर्ष स्थानमा छ भने ३३ खेल खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी यो बराबरीपछि वेस्टह्यामको ३५ खेलमा ४९ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो ।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।

अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ । न्युज कारखाना

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् ।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् ।

यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।