काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।
बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।
यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।न्युज कारखाना
काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।
अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए ।
यो जितपछि अल हिला यस सिजनमा अपराजित रहदै ३१ खेलमा ८९ अंक हासिल गरेको छ । अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ । अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ ।
दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अंकले पछि रहेको छ ।
यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९-९ पटक लिगको उपाधि जितेका छन् ।न्युज कारखाना
रौतहट,२९ गते वैशाख । रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आज देखि शुरु भएको छ । २०८१ जेठ १५ गते सम्म चल्ने यो टुर्नामेन्टमा प्रथम विजेतालाई नगद रु १३ हजार र एउटा एनड्रोइड मोबाइल प्रदान गरिने छ भने उप बिजेता टिम लाई पनि नगद रु ६००० हजार र किप्याड मोबाइल दिइनेछ । यो किर्केट टुर्नामेन्टमा रौतहटको २० वटा टिम प्रतिष्पर्धा गर्ने जिनुतुल इसलाम किर्केट कल्बका अध्यक्ष अबुलैस अंसारीले जनाइएको छ । टि–ट्वान्टी क्रिकेट उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीले मन्तब्य राख्दै युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०८१ को आयोजना गरिएको प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले जनाए । साथै मन्तब्यको क्रममा यस जिल्लाको खेलाडिहरुको स्तर वृद्धिका लागी म र मेरो पार्टी हर संभव तयार रहेको अध्यक्ष हाशमीले बताए । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं १ करुनीया मा आज देखि आयोजित टि–ट्वान्टी क्रिकेट टूर्नामेंट २०८१ को पहिलो दिनको उद्घाटन खेल जयनगर भर्सेस ईसलामपुर बिच भएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, विशिष्ट अतिथि देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीका नेता सुरेश प्रसाद यादव, लगायतक खेलाडी र दर्सक को उपस्थितीमा टि–ट्वान्टी क्रिकेट टूर्नामेंट आज उद्घाटन गरियो।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम भएका छन् ।
प्रथम कर्णाली हाफ म्याराथनका उपाधि विजेता रावललाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका छन् । यसैगरी नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा निश्चित दुरी पार गरी दोस्रो पुरस्कार जिते । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको तेस्रो स्थानमा श्रीकेश राईले एक घण्टा १३ मिनेटमा दुरी पार गरेका छन् । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किमी दौडको महिलातर्फ पुष्पा भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम उपाधि जितिन् । सृथना पाण्डे दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए ।
यसैगरी शनिबार बिहान कर्णाली दौडिन्छ भन्ने नाराका साथ भएको पाँच किलोमिटर म्याराथन प्रतियोगिताको पुरुषतर्फ अजय विक प्रथम, रमेश बुढा दोस्रो र तेस्रो बने। यसैगरी पाँच किलोमिटर महिलातर्फ बिमला कार्कीले प्रथम भएर उपाधि जितिन् भने पूर्णिमा बुढाक्षेत्रीले दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान लिएकी छिन् । हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहमा धर्म महर्जन विजयी भए । उनले एक घण्टा २८ मिनेटमा दुरी पार गरी उपाधि लिएका छन् ।
यसैगरी रेवन्त दहाल दोस्रो उपाधि लिन सफल भएका छन् । ५ किलोमिटर स्कुलस्तरीय छात्र एवम् छात्रा दौडातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जना धावकहरु सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।
म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइने छ भने विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ ।
आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।
कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।
त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
त्यस्तै मुम्बई इण्डियन्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । मुम्बईले अहिलेसम्म १२ खेलमा केवल ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखाना
काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।
ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।
ब्राजिलको टिम:
गोलकिपर: बेन्टो, एडरसन, एलिसन ।
डिफेन्डर: डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस ।
मिडफिल्डर: आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा ।
फरवार्ड: एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर ।
कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टा रिकाविरुद्ध खेल्दै छ ।
न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।
गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।
गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए ।
यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आयरल्याण्डका लागि एन्डी बलबिर्नीले सर्बाधिक ७७ रन बनाएका थिए भने ह्यारी टकरले ३६ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । जसमा कप्तान बाबर आजमले ५७ र सैम आयुबले ४५ रन बनाएका थिए ।
यो जितपछि आयरल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आइतबार हुने छ ।
न्युज कारखाना
काठमाडौँ । जर्मन च्याम्पियन बायर लिभरकुसन र इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनल खेलमा बायर लिभरकुसनले इटालियन क्लब एएस रोमासँग २-२ गोलको बराबरी खेलेपनि पहिलो लिगमा २-० को जितको आधारमा समग्रमा ४-२ को नतिजासहित फाइनलमा पुगेको थियो ।
त्यस्तै एटलान्टाले फ्रेन्च क्लब मार्सेलीलाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पराजित गरेको थियो । यस अघि पहिलो लिगमा दुवै १-१ को बराबरी खेलेका थिए ।
अब यस सिजनको युरोपा लिगको फाइनलमा लिभरकुसन र एटलान्टा खेल्ने भएका छन । फाइनल खेल मे २२ मा आयरल्याण्डको डब्लिनस्थित अभिभा स्टेडियममा हुदै छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो । न्युज कारखाना