२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो ।

नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली टिम आइतबार दुई चरणमा त्यसतर्फ जाने तालिका रहेको छ । नेपाली टिम आइतबार बिहान २.३० बजे र दिउँसो गरी दुई चरणमा जाने क्यानले जानकारी दिएको छ ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकील होसैन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।

हाल नेपाल टूरमा आएको वेस्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलिमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरि तीनजना परेका छन् ।

घरेलु मैदानमा हुने यस विश्वकपमा वेस्ट इन्डिज समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिजसहित अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् । वेस्ट इन्डिजले विश्वकपमा पहिलो खेल पिएनजीसँग जुन २ मा खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

 

काठमाडौं, २२ वैशाख। आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ।

एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ। शुक्रबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले यस संस्करणको समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो। एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन्।

तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन्। यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ। तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोलीमात्र प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए। शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो। जसअनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन्।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ। यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्।

यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएकम छन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ। सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो।

सातौं सिजनदेखि नेकोस जोडिएको हो। छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन। प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक रौनियारले जानकारी दिए।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । ६ अंकसहित बैंगलुरु अंकतालिकामा पुछारमा रहेको छ । त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।

त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो । न्युज कारखाना

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ ।

जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो ।

कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको थियो । यसअघि कोलकोताले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो

यो कोलोताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।
न्युज कारखाना

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो ।
आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ ।

३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आइसीसीले जनाएको छ ।

थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ । उनको सजाय २३ मे २०२३ मा सुरु भएको छ भने २२ मे २०२८ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् ।
थोमसले वेस्ट इन्डिजका लागि तीनवटै फर्म्याटमा खेलेका छन् ।

उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी-२० खेलेका छन् । उनले २०११ को एकदिवसीय विश्वकप पनि खेलेका छन् ।न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले  अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । मुम्बई अहिले अंक तालिकामा नवौं स्थानमा रहेको छ । मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।  कोलकोता १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो ।

यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शिर्ष स्थानमा रहेको छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।