काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए ।
यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ । अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । अल हिलालको ३० खेलमा ८६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ । त्यसैगरी अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक मिचेलले एक एक गोल गरेका थिए ।
यो जितपछि क्रिस्टल प्यालेस ३६ खेलमा ४३ अंकसहित १४ स्थानमा रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडलाई भने यस हारले धक्का लागेको छ । अर्को सिजन च्याम्पियन्स लिगमा छनौट हुन नसकेपनि युरोपा लिगमा समेत अब छनौट हुन मुश्किल देखिएको छ । म्यानचेस्टर युनाइटेडको ३५ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ११ खेलमा ५ जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ । १० अंकसहित दिल्ली अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।
त्यसैगरी राजस्थान रोयल्सले यस सिजनमा १० खेलमा ८ जित हासिल गर्दै १६ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनलाई टी-२० विश्वकप खेल्ने टिमसमेत पुर्याएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।
त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स,डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।
त्यसैगरी यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ । न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ बलमा १०२ रन अविजितको शतकीय पारी खेलेका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।
यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको सनराइजर्स अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाल इङल्याण्डको सी टिमसँग पराजित गरको छ ।
इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।
इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।न्युज कारखाना
काठमाडौँ । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ ।
त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् ।
टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ ।
इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ । आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडियो सन्देश जारी गरेको छ । यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ ।
क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्व कपभरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन् ।
वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् । अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन् ।
रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । न्युज कारखाना
काठमाडौँ । नेपालले आज इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल्याण्ड पुगेका छन् ।
नेपाली टिम:
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल र विशाल सुनार ।
डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द ।
मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बु ।
फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा मुम्बई इण्डियन्सको खराब प्रदर्शन रहेको छ । अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गरेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् । न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।
कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो ।
यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।
यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल गरेका थिए । त्यस्तै एक गोल जुलियन अल्भारेजले गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि एक गोल ह्वांग ही चानले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी यस सिजनको लिग विजेताको दौडमा प्रबल दाबेदारको रुपमा कायम रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अंक रहेको छ भने आर्सनलको ३६ खेलमा ८३ अंक रहेको छ ।
त्यसैगरी वोल्भ्सको भने ३६ खेलमा ४६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।न्युज कारखाना