काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
नेपाली टिम
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।
नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब । त्यस्तै टिमको साथ जाने रिजर्भ खेलाडीमा अफिफ हुसेन र हसन महमुद रहेका छन् ।
विश्वकपमा बंगलादेश समुह डी मा रहेको छ । यस समुहमा बंगलादेशसहित नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
बंगलादेशले विश्वकपमा आफ्नो पहिलो खेल जुन ७ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।
काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिम: स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओ’डाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी । त्यस्तै रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन् ।
टी-२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समुह डी मै रहेको छ । यस समुहमा नेदरल्याण्डस र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेदरल्याण्डसले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो । यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।
अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ । त्यसैले पनि लखनउका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।
दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनी भारतको टी-२० विश्वकप खेल्ने टिममा सामेल गरिएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।
त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स,डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।
त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराती बर्षाले अवरोध गरेपछि गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीचको खेल रद्ध भएको छ ।
अहमदावादमा लगातार बर्षा भएपछि खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाडेका छन् ।
यो खेल रद्ध भएसँगै गुजरात प्लेअफको दौडबाट बाहिरिएको छ । १३ खेलमा ११ अंक रहेको गुजरातले अब आफ्नो अन्तिम खेल जिते पनि प्लेअफमा पुग्ने छैन ।
गुजरातले आफ्नो अन्तिम खेल आगामी विहिबार सनराइजर्स हैदरावादसँग खेल्ने छ ।
त्यस्तै कोलकोता नाइट राइडर्सको भने १३ खेलमा १९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । कोलकोताले अब आफ्नो अन्तिम खेल आगामी आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ ।
अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा कोलकोता नाइट राइडर्स प्लेअफका लागि छनौट भइसकेको छ । कोलकोताले १२ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
त्यसैगरी गुजरात टाइटन्सले भने अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको छ । र अंक तालिकामा १० अंकसहित आठौँ स्थानमा रहेको छ । गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहने हुनाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यसैगरी कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।
त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
न्युज कारखाना
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो ।
टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए ।
यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो । ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडी परेपछि पिएसजीले उपाधि जितेको हो । यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिदै छ ।
पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । भने पछिल्लो तीन बर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ ।न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।
यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३७ खेलमा आर्सनलको ८६ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक रहेको छ ।
अब आर्सनलले आफ्नो अन्तिम लिग खेल मे १९ मा एभर्टनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले भने मे १५ मा टोटनह्याम र मे १९ मा वेस्टह्यामको सामना गर्ने छ ।
त्यसैगरी यो हारपछि म्यानचेस्टर युनाइटेडको भने ३६ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
न्युज कारखाना
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । अब बैंगलुरुले आफ्नो अन्तिम खेल आगामी शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सको भने यो हारपछि प्लेअफको सम्भावना मुश्किल बनेको छ । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । अब दिल्लीले आफ्नो अन्तिम खेल मंगलबार लखनउसँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
यो जितपछि चेन्नईको १३ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग आगामी शनिबार खेल्ने छ ।
त्यसैगरी राजस्थान रोयल्सको भने १२ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।न्युज कारखाना