२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, २६औ र ७५औं मिनेटमा गोल गरेका थिए ।

एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।न्युज कारखाना

काठमाडौँ । राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो जितपछि अब राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ । यो खेल शुक्रबार हुने छ ।

त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आइपिएल यात्रा भने समाप्त भएको छ ।न्युज कारखाना

काठमाडौँ ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।   न्युज कारखाना

काठमाडौँ । अफगानिस्तान क्रिकेट बोर्डले पूर्व वेस्ट इन्डिजका विश्वकप विजेता ड्वेन ब्राभोलाई टी-२० विश्वकप २०२४ को लागि अफगानिस्तान राष्ट्रिय टोलीको बलिङ सल्लाहकारको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।

४० वर्षीय ब्राभो वेस्ट इन्डिजका लागि पूर्व दाहिने हात मध्यम-फास्ट बलिङ अलराउन्डर थिए । उनले २९५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले ६४२३ रन बनाएका थिए र ३६३ विकेट लिएका थिए ।

एक खेलाडीको रूपमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव बाहेक, ब्राभोले हालै आईपीएल २०२४ को लागि चेन्नई सुपर किंग्सको लागि बलिङ प्रशिक्षकको रूपमा सेवा गरेका छन् ।

अफगानिस्तानको टिम अहिले सेन्ट किट्स र नेभिसमा आइपुगेको छ र १० दिने लामो प्रशिक्षण शिविर सुरु गर्ने अपेक्षा गरिएको छ । न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुदै छ ।

आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

बैंगलुरुले समुह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।

त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो । राजस्थानले समुह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल बर्षाले रद्ध भएको थियो ।

बैंगलुरुका लागि विराट कोहलीले यस सिजनमा शानदार ब्याटिंग गरिरहेका छन् । उनले अहिलेसम्म ७०८ रन बनाएका छन् । त्यस्तै कप्तान फाफ डुप्लेसिस र रजत पाडीदारले पनि शानदार ब्याटिंग गरिरहेका छन् । फाफले अहिलेसम्म ४२१ र रजतले ३६१ रन बनाएका छन् । त्यस्तै बैंगलुरुका लागि यश दयालले सर्बाधिक १५ विकेट लिएका छन् भने मोहमद सिराजले १३ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५३१ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५०४ रन बनाएका छन् ।

त्यस्तै राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १७ विकेट लिएका छन् भने आभेश खानले १३ विकेट लिएका छन् ।

आइपिएलमा बैंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बैंगलुरु अहिलेसम्म २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

आज दुवै टिमका लागि यस सिजनको उपाधि जित्ने बाटो तय गर्ने अवसर रहेको छ । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ भने पराजित हुने टिम आइपिएलबाट बाहिरिने छ ।न्युज कारखाना
 

काठमाडौँ । चेल्सीले प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । क्लबले यस सिजनमा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक पोचेट्टीनोलाई हटाएको हो ।

५२ बर्षिय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनो २०२३ को जुलाईमा चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए । यस सिजनमा चेल्सीको प्रदर्शन उतार चढावपूर्ण रहेको थियो ।

सिजनको अन्त्यतिर चेल्सीले आफ्नो प्रदर्शनमा सुधार गर्दै प्रिमियर लिगमा छैटौं स्थानमा यो सिजन समाप्त गरेको थियो ।

उनको नेतृत्वमा चेल्सीले खेलेका ५१ खेलमा २६ जित ११ बराबरी र १४ खेलमा हार बेहोरेको थियो ।

चेल्सीले छिटै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुदै १५९ रन बनाएको थियो ।

योसहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ । इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।

काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ ।

पोर्चुगलको टिम:

गोलकिपर: डिओगो कोस्टा, जोसे सा र पार्टिसियो
डिफेन्डर: एन्टोनियो सिल्भा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस।
मिडफिल्डर: ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, ड्यानिलो परेरा, जोआओ पाल्हिन्हा, ओटाभियो, रुबेन नेभ्स र विटिन्हा ।
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कन्सेइकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेयल लियो ।

युरोकपमा पोर्चुगल समुह एफ मा रहेको छ । समुह एफमा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक रहेका छन् । पोर्चुगलले युरोकपमा आफ्नो पहिलो खेल जुन १८ मा चेक रिपव्ब्लिकसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।

रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् ।

क्रूज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा १० सिजन खेलेका क्रूजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दै छ ।

रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका छन् भने चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।न्युज कारखाना

भक्तपुर । भक्तपुरको बेखालमा राष्टिय प्रतियोगिता आयोजना मिल्ने क्षमताको भव्य टेबुल टेनिस कभर्ड हल निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं १० बेखाल (नगरकोट जाने सडक खण्ड) मा एक सय ५० दर्शक अट्नसक्ने भव्य कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
कभर्ड हल साढे तीन तल्लाको छ । कभर्ड हल पार्किगसहितको भव्य छ । झण्डै तीन करोड ४४ लाख बराबरको खर्चमा भक्तपुर नगरपालिकाले कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल त्यहाँंको तीन हजार सात सय दुई वर्ग फिटको पर्ति (सार्वजनिक) जग्गामा बनाइएको हो ।
झण्डै तीन वर्ष भन्दा लामो समयदेखि भबन बन्न सकेको हो । कभर्ड हल निर्माणको सुरुवात २०७७ साल पुस २० गतेबाट सुरु भएको थियो । भव्य कभर्ड हलको संघीय सांसद् प्रेम सुवालले उदघाटन गरेका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरी तीन वटा कभर्ड हल संचालनमा आएका छन् । तेश्रो र भव्य कभर्ड हलको रुपमा पछिल्लो बेखालको कभर्ड हल रहेको उनले जनाए । नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिंदै आएको भन्दै उनले यही कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको बताए । खेलाडीको मनोवल बढाउन हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि उनले स्मरण गरे ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताइन् । उनले नगरपालिकाले विश्व अपाड्डता दिवसको अवसरमा अपाड्डता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको पनि सम्झिन् ।
उदघाटन कार्यक्रममा बागमती प्रदेश सभाका सांसद सृजना सैंजु, राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टरार्ईलगायतले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको चर्चा गरे । सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई नगरपालिकाले अगाडि बढाइरहेको चर्चा पनि उनीहरुले गरे । हाल कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने उनीहरुले बताए । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।