२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो ।

जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला लिगाको सेभियाविरुद्धको अन्तिम खेल हुने भएको छ ।

यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।

तर केहि साता अघि मात्र प्रेसिडेन्ट जोन लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । त्यसपछि जाभीको बार्सिलोनाका कैयौं खेलाडीसँग असमझदारी बढेपछि व्यवस्थापनले उनलाई बर्खास्त गरेको बताइएको छ ।

२०२१ को नोभेम्बर ६ मा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीको नेतृत्वमा बार्सिलोनाले १४१ खेल खेलेको छ भने ८८ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको छ । त्यस्तै २९ खेलमा हार बेहोरेको छ ।

उनको नेतृत्वमा बार्सिलोनाले २०२२-२३ को ला लिगा जितेको थियो भने २०२२-२३ को स्पेनिस सुपर कोपा जितेको छ ।न्युज कारखाना

 

काठमाडौँ । वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ ।

बिहीबार पाक्वेटालाई इङल्याण्ड फुटबल संघले आधिकारिक रूपमा सट्टेबाजी नियमहरूको कथित उल्लंघनको आरोप लगाएको मिडिया रिपोर्टमा बताइएको छ ।

पाक्वेटाले २०२२ र २०२३ मा लेस्टर, एस्टन भिल्ला, लीड्स र बोर्नेमाउथविरुद्ध वेस्ट ह्यामको खेलमा जानाजानी पहेँलो कार्ड पाएको आरोप छ ।

पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन् ।

डेली मेलका अनुसार पाक्वेटा यस आरोपमा दोषी प्रमाणित भएमा १० वर्ष सम्मको प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ । यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ ।

यसअघि रिडिङका पूर्व डिफेन्डर किनान आइज्याकलाई यस्तै प्रकरणमा एक दशकसम्म फुटबलबाट प्रतिबन्ध लगाइएको थियो ।

फुटबल संघले पाक्वेटालाई यस विषयमा गत वर्षको सेप्टेम्बरमा सोधपुछ गरेको थियो ।

ब्राजिलियनले आफूमाथि लगाइएको आरोपलाई औपचारिक रूपमा सम्बोधन गर्न जुन ३ सम्मको समय दिएको छ । त्यसपछि एक अनुशासनात्मक समितिले यस प्रकरणको सुनुवाई गर्ने छ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरको खेल आज हुदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

त्यस्तै सनराइजर्स हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४७० रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन् ।

राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

दुवै टिमका लागि यस सिजनको आइपिएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकोता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुने छ । न्युज कारखाना

काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।न्युज कारखाना

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।

द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा रहेको छ ।

यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको छ ।

म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनीले आफ्नो प्रशिक्षण टिमसहित बायर्न जाने लगभग निश्चित भएको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।

२०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।

अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्ह्सिय कम्पनीलाई भित्र्याउने तयारी गरेको छ । हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यस अघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।   न्युज कारखाना

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।

आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुदै छ ।

प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।

क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरति महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ रहेका छन् ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ । न्युज कारखाना

काठमाडौँ । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई बिदाई गरेका हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।

त्यस्तै विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको रुपमा त्यसतर्फ जादै छन् ।न्युज कारखाना

भक्तपुर । भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स् गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सकिने खुल्ला हो । प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्मलाई अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० जना खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना रहेको उनले सुनाए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ । साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिने जनाइयो ।
प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा हुन लागेको हो ।   न्युज कारखाना

काठमाडौँ । श्रीलंका क्रिकेट (एसएलसी) को प्रिमियर टी-२० लिगबाट डम्बुला थन्डर्स फ्रेन्चाइजीका मालिक तमिम रहमानलाई म्याच फिक्सिङको आशंकामा पक्राउ गरिएको छ । अदालतको आदेशपछि उनलाई शहरको बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

खेलकुदसँग सम्बन्धित अपराध रोक्न खेलकुद मन्त्रालयमा गठित विशेष अनुसन्धान इकाइका एक अधिकारीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेका छन् । कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ । एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ ।

डम्बुला फ्रेन्चाइज बंगलादेशी उद्यमीहरूको नेतृत्वमा रहेको इम्पेरियल स्पोर्ट्स ग्रुपले अप्रिलमा खरिद गरेको थियो । तर, उनीमाथि लागेको वास्तविक अभियोग अझै स्पष्ट भइसकेको छैन । एसएलसीले भन्यो– रहमानमाथि लागेको आरोप स्पष्ट छैन, तर लंका प्रिमियर लिगको इमान्दारिता र सहज कार्यसम्पादन सबैभन्दा महत्त्वपूर्ण छ ।

रहमानमाथि म्याच फिक्सिङ र सट्टेबाजीको प्रयास सम्बन्धी देशको खेलकुद ऐनका दुई प्रावधान अन्तर्गत अनुसन्धान भइरहेको थियो । श्रीलंका प्रिमियर लिग जुलाई १ देखि २१ सम्म हुने तय भएको छ ।  भर्खरै श्रीलंकाको एक अदालतले भारतीय नागरिक योनी पटेल र पी आकाशलाई आफ्नो राहदानी आत्मसमर्पण गर्न आदेश दिएको थियो । दुबैलाई कोलम्बोमा लिजेन्ड्स क्रिकेट लिगमा म्याच फिक्सिंगको आरोप लगाइएको थियो ।

पटेल यस लेजेन्ड्स लिगमा एउटा टोलीको मालिक हुन् । दुवै जना हाल धरौटीमा छन् । क्यान्डीको पाल्लेकेले स्टेडियममा मार्च ८ देखि १९ सम्म खेलिएको लिगको खेल फिक्स गर्न खोजेको आरोप उनीमाथि लागेको छ । श्रीलंकाले २०१९ मा कानून पारित गरेपछि खेलमा म्याच फिक्सिङ र भ्रष्टाचारलाई अपराध मान्ने पहिलो दक्षिण एसियाली देश बन्यो । दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र जरिवाना हुने व्यवस्था छ ।न्युज कारखाना

काठमाडौँ । साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन् ।

नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन् । उनी २०२३ को अगस्तमा पिएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए ।

अब नेइमार अर्को सिजनको शुरुवातमा पनि अल हिलालबाट खेल शुरु गर्न नसक्ने प्रशिक्षक जर्ज जिससले जानकारी दिएका छन् । जिससले नेइमार सेप्टेम्बर-अक्टोबर भन्दा अगाडी मैदानमा आउन नसक्ने उनले बताए ।

इन्जुरीका कारणले नेइमारले आगामी कोपा अमेरिका समेत गुमाएका छन् ।  कोपा अमेरिकाको लागि छानिएको ब्राजिलको टिममा नेइमारलाई बाहिर राखिएको छ ।

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भने एक गोल गरेका छन् ।   न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।