बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।
उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् ।
कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन् ।
महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोगिता खेल्नेछ । लेबनानले आयोजना गर्ने यो प्रतियोगितामा आयोजकसहित नेपाल र जोर्डनको सहभागिता निश्चित भएको छ ।
नेपाली टिम:
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे ।
मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ ।न्युज कारखाना
काठमाडौँ । अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।
वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।
यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।
उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी- २० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी- २० लिग भने खेल्ने बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ ।
चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि समुह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अंक भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २-२ खेलमा एक एक अंक रहेको छ ।
अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ ।
न्युज कारखाना
काठमाडौँ । अस्ट्रियाले नेदरल्याण्डसमाथि जित हसुल गर्दै जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्डसका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।
तस्तै समुह डी अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
अब समुह डी बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने भने आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।न्युज कारखाना
काठमाडौँ । जारी युरोकपको समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।
यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।
त्यस्तै समुह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।न्युज कारखाना
काठमाडौँ । जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।
सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समुह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ इ२०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।
न्युज कारखाना
काठमाडौँ । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।
समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।
समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।
यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।
अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।
जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो ।
अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए ।
त्यस्तै बंगलादेशका बलर रिशाद होसैनले ३ विकेट लिएका थिए ।
सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई यो खेल जित्न अनिवार्य छ । त्यस्तै बंगलादेशले यो लक्ष्य १२.३ ओभरमा पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।न्युज कारखाना
काठमाडौँ । भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन् ।
भारतले जुलाई ६ देखि जिम्बाबेसँग ५ खेलको टी- २० सिरिज खेल्ने तालिका रहेको छ । न्युज कारखाना