काठमाडौँ । भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।
बोर्डले टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरुले टी- २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । हालै जिम्बाबेविरुद्ध शतक बनाएका अभिषेक शर्मालाई भने टिममा सामेल गरिएको छैन ।
टी-२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् ।
त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् ।
भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी-२० सिरिज र २ अगस्त देखि एक दिवसीय सिरिज खेल्ने छ ।
न्युज कारखाना
काठमाडौँ । भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन् ।
हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन। आईपीएल २०२४ मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन् । त्यति बेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो । अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
हार्दिकले लेखेका छन्, ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं । हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं । हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं ।’
हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए । दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए । हार्दिकले २०१९ मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए । सन् २०२० मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने । त्यसपछि दुवैले २०२० मा नै कोर्ट म्यारिज गरेका थिए । नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन् । विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन् ।न्युज कारखाना
काठमाडौँ । आज देखि महिला एशिया कप शुरु हुदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिदै छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन् ।
एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज अर्को खेल समुह समुह ए कै भारत र पाकिस्तानबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।न्युज कारखाना
काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ ।
उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।
नेपालको एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।
चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।न्युज कारखाना
काठमाडौँ । मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् ।
ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ ।
२२ बर्षिय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका थिए ।
गेटाफेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३६ खेलमा १० गोल समेत गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए । त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए ।
यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन् ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ ।न्युज कारखाना
काठमाडौँ । आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आइसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।
ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् ।
जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ ।
त्यस्तै नेदरल्याण्डसले आइसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एसोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ ।
त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ । न्युज कारखाना
काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकाको टिमलाई २ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन मात्र बनाएपछि नेपाल २ रनले विजयी भएको हो ।
अन्तिम खेलमा नेपाल विजयी भएपनि सिरिज भने श्रीलंकाको डेभलपमेन्ट टिमले २-१ ले जितेको छ ।
नेपालली महिला टिमले अब जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कप खेल्ने छ ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।
एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।न्युज कारखाना
काठमाडौँ ।
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।
यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।
अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।न्युज कारखाना
काठमाडौँ ।
भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।
भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो ।
यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।न्युज कारखाना