२०८३ जेष्ठ १०
२०८३ जेष्ठ १०

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् ।

सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।

खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ ।

त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारवाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
न्युज कारखाना

काठमाडौं । श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् ।

हालै सम्पन्न टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आइसीसीले जनाएको छ ।

गत बर्ष श्रीलंकाको टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए ।

हसरंगाले राजीनामा दिदै आफु खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ । आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।न्युज कारखाना

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ ।
सप्ताहको उदघाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले एक समारोहवीच गरे । उदघाटन कार्यक्रममा वक्ता कलेजका विभिन्न पदाधिकारीहरुले खेलकुद सप्ताहका विविध विषयहरुमाथि चर्चा गरेका थिए ।
खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल, व्याडमिन्टन, चेस, क्यारेम, इगेमिंग, टेबल टेनिस, सट जम्प, लंग जम्प, हाइ जम्प, म्युजिकल चेयर्स, वाकिंग रेस, डोरी तान्ने खेल, म्याराथुन, लगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए । बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुनेछ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।
न्युज कारखाना

काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी ‘अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए ।

तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन ।

उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।

१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्- ‘दुई महान् व्यक्तिको सुरुवात ।’  यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे ।

मोनफोर्टका अनुसार, ‘यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए ।’  फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने ‘मेसी लजालु व्यक्ति हुन् ।’

उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’

यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’न्युज कारखाना

काठमाडौँ । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।

रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।

एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच बर्षको सम्झौता गरेका छन् ।

उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन्  । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।

२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।न्युज कारखाना

 

काठमाडौँ । भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।

द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिंग स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।

बीसीसीआईले टी–२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार रकम खेलाडी र प्रशिक्षकका ४२ सदस्यलाई वितरण गरिएको हो ।

१२५ करोड रुपैयाँमध्ये टोलीका सबै १५ सदस्य र प्रशिक्षक राहुल द्रविडले ५–५ करोड रुपैयाँ पाउने बताइएको थियो । त्यस्तै कोचिङ स्टाफका बाँकी सदस्यले २.५ करोड रुपैयाँ पाउने भएका छन् । अब द्रविडले पनि अन्य कोचिंग स्टाप सरहनै साढे २ करोड लिने भएका छन् । टि-२० विश्वकपमा द्रविडसँगै सपोर्ट स्टाफमा विक्रम राठौर, पारस महाम्ब्रे र टी दिलीप पनि थिए ।

मिडिया रिपोर्टका अनुसार १५ खेलाडीले ५-५ करोड पाउने छन् भने द्रविडसहित कोचिंग स्टाफले २.५ करोड जनही पाउने छन् । त्यस्तै फिजियोथेरापिष्ट सहित ९ जनाको टिमले जनही २-२ करोड, ट्राभलिङ रिजर्भको रुपमा गएका चार खेलाडीले एक एक करोड तथा छनौट समितका ५ जनाले एक एक करोड पाउने भएका छन् ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब टीम इण्डिया टी-२० विश्वकपको समूह चरणबाट बाहिर थियो। टोलीले फेरि २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म बढाइएको थियो । त्यसपछि द्रविडले भारतलाई टी-२० मा विश्व च्याम्पियन बनाए । जुन २९ मा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो । न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका खेलाडीलाई परिचय पत्र प्रदान गरेका छन् ।

बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।

प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परिक्षणका लागि निःशुल्क सेवा पाउने छन् ।

गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् । सिल्भर परिचय पत्रवाहकले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट पाउने परिषदले जनाएको छ ।

कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुने छ ।न्युज कारखाना

राैतहट,२५ गते । कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका छन् । Open photoहालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।Open photo कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ । Open photoकुस्ती प्रतियोगितामा लागेपछि पहिले जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी हुँदै पुरस्कृत र सम्मानित हुँदै गएपछि हौसला बढेको र अहिले प्रदेशस्तरीय प्रतियोगितामा पदक जितेर आएपछि थप जिम्मेवारी बढेको अनुभव भएको विजेताहरुले बताएका छन् । ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादवले अब आफूले राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गर्नु परेको तर कुनै पनि सुविधा नभएको गुनासो गरेका छन् । Open photoकुस्ती खेलाडी यादव भन्छन् – कुस्तीको पोसाक छैन, खेल्ने पिच अर्थात् अखाडा छैन, कुनै कोच पनि छैनन् । बिना सुविधा एकापसमा अभ्यास गरेर कुस्तीको तयारी गर्नु परिरहेको रजत विजेता यादव बताउँछन् । ६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादवले पनि उही पीडा दोहो¥याउँछन् । कहीँ कतैबाट कुनै किसिमको सुविधा र सहयोग नभए पनि आफूहरुले बिहान दुई घन्टा अभ्यास गर्ने गरेको भरमा प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको मान राखेको बताउँछन् । कुस्ती खेलाडी यादवको भनाइ छ – कम्तीमा सकारात्मक वातावरण भइदिए राम्रो हुन्थ्यो । मधेशको कुस्तीमा पहिचान कायम गरेका कृष्णन्दन र शिवनन्दन जुम्ल्याहा हुन् । दाजुभाइ कृषि पेसामा आबद्ध छन् । गरुडा चोकमा पसल पनि संचालन गरेका छन् । बिहान दुई घन्टा कुस्ती अभ्यास गर्न थालेको चार वर्ष मात्र भएको छ । Open photoचार वर्षको अभ्यासमा जिल्ला र प्रदेशमा कुस्तीको क्षेत्रमा पहिचान स्थापित भएपछि दाजुभाइ भन्छन् – अब कुस्तीमै आफूहरुलाई झन् लाग्नु परेको छ । ९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् । सबै जना झाँझपुल चोकभन्दा केही उत्तरमा रहेको जल्फामाई मन्दिरको छेउमा अखाडा बनाई कुस्तीको अभ्यास गर्दै आएका छन् । निकै गर्मी चर्केपछि अखाडामा कोही पनि आउँदैनन् । अहिले अखाडामा दुई फिटसम्मको घाँस उब्जिइसकेको छ तर सबै जना एकै स्वरमा भन्छन् – खेतको रोपाइँ सकिनासाथ हामी अखाडालाई राम्रोसित बनाएर राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको अभ्यास गर्ने छौँ ।Open photo कुस्ती प्रतियोगिताको क्षेत्रमा रौतहटले निकै प्रगति गर्न सक्ने सम्भावना रहेको छ । कुस्ती खेलको लागि स्थानीय सरकारले कुस्ती खेलका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा गरी बाहै्र महिना अभ्यास गर्न सकिने वातावरण बनाइदिए राम्रो हुने अपेक्षा खेलाडीहरुको रहेको छ । तराई मधेशमा निकै लोकप्रिय रहेको कुस्ती खेलमा रौतहटले पुनः वर्चस्व जमाउने आशा जागेको खेलाडीहरुको भनाइ रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।