२०८३ जेष्ठ १०
२०८३ जेष्ठ १०

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् ।

शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् । न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।

जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।

त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।

अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने  क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।न्युज कारखाना

 

काठमाडौं । जारी पेरिस ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै छन् ।  आज नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आफ्नो खेल खेल्दै छन् ।

स्यान्टुले पेरिस एक्पो पोर्ट डे भर्सेल्समा नेपाली समय अनुसार राति ७:३० बजेदेखि खेल्दै छन् । स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्दैछन् ।

स्यान्टुले दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने छन् । यो खेल नेपाली समय अनुसार राती १२: ५५ बजेदेखि हुने छ ।

१९ वर्षीया प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदैछन् । उनले यो अवसर युनिभर्सालिटी कोटामा पाएका हुन् । जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२ औं स्थानमा छन् ।न्युज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।

चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।न्युज कारखाना

 

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ ।

काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।न्युज कारखाना

काठमाडौँ ।

श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

योजितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार हुने छ ।

यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ ।
न्युज कारखाना

काठमाडौँ ।

गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् ।

गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् ।

गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।

उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।

सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो ।

न्युज कनरखाना

काठमाडौं ।

ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ ।

स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुदै छ ।

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् ।  ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् ।

यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ ।

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ ।

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

न्युज कनरखाना

काठमाडौँ । यस वर्ष आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रेन्चाइजीले खेलाडीलाई रिलिज गर्नुपर्नेछ।

हालै बसेको आइपिएल गर्भर्निंग काउन्सिल र फ्रेन्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका छन् । उनीहरुले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीहरूले आईपीएलका तीन नियममा परिवर्तनको माग गरेका थिए । मेघा अक्सन अघि बसेको उक्त बैठकमा फ्रेन्चाइजीहरुले मेगा अक्सनको समयावधि पाँच वर्ष गर्न माग गरेका थिए । यसबाहेक उनीहरुले चारदेखि ६ जना खेलाडी राख्न पाउने र प्रत्येक टोलीलाई कम्तीमा आठ राइट टु म्याच (आरटीएम) को विकल्प दिइनुपर्ने माग गरेका छन् । तर, यी विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

हरेक पाँच वर्षमा मेगा लिलामी गर्ने मागको कारण युवा खेलाडीलाई तयारी गर्ने मौका दिने हो । यसले अनक्याप्ड खेलाडीहरूलाई फाइदा पुग्छ र उनीहरूले आफ्नो खेल सुधार गर्न सक्षम हुनेछन् । हाल आईपीएलको मेघा लिलामी प्रत्येक तीन वर्षमा हुन्छ ।

यस बैठकमा, फ्रेन्चाइजीहरूले आईपीएल अधिकारीहरूबाट राइट टु म्याच (आरटीएम) विकल्पमा परिवर्तन गर्न माग गरे । फ़ेन्चाइजीहरू मेघा लिलामी अघि यसलाई आठमा घटाउन चाहन्छन् । यदि यसो भयो भने, टोलीहरूले आफ्ना पुराना खेलाडीहरूलाई उच्च बोलीमा मिलाएर टोलीमा पुन: समावेश गर्न सहज हुनेछन् ।न्युज कारखाना

काठमाडौँ । जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समुह ए बाट समुह विजेता हुदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल र युएई समुह चरणबाट बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बी बाट थाइल्याण्ड र  मलेसिया समुह चरणबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।