काठमाडौं, १८ बैशाख ।
एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ ।
जल तथा मौसम बिभागका अनुसार सोमवार पनि बर्षा हुने सम्भावना रहेको छ । यदी सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाईने छ ।
मंगलबार पनि नेपाल– संयुक्त अरब इमिरेट (युएई)का बिचमा खेल हुन नसकी रद्ध भएको खण्डमा सुपरओभरमा जानेछ । जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ ।
तर, वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ । जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल बिजेता टोली बन्नेछ ।
जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र बिचमा आज फाइनल खेल हुन लागेको हो । खेल बिहान ९ बजेवाट सुरु हुनेछ ।
शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।
काठमाडौं, १८ बैशाख ।
एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ ।
शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।
आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।
यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएई बिचकाे खेल मगलबार हुनेछ ।
काठमाडौं, १२ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।
काठमाडौं, ११ बैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ ।
नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो ।
गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।
काठमाडौं, ११ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएकाे थियाे । यसअघिकाे खेलमा बिजेता रहेका दुवै टाेली आज मैदानमा उत्रन लागेका हुन ।
उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हाे ।
एजेन्सी : चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राईडर्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। आइपिएलको आइतबारको खेलमा चार पटकको विजेता चेन्नाई शीर्ष स्थानमा उक्लिएको हो।
कोलकाताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकत्तालाई ४९ रनले हरायो।
चेन्नाईले २ सय ३६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो।
कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
रोयले २६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले। सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए।
कप्तान नितिश राणाले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए। वेंकटेस अय्यरले २० बलमा २० रन बनाए।
चेन्नाईका लागि महेश थिक्सना र तुषार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रवीन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो।
चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेलेका थिए।
कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए।
ऋतुराज गायकवाडले २० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए। अजिक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्का सहयोगमा अविजित ७१ रन बनाए।
दुवेले २१ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए। रवीन्द्र जडेजा ८ बलमा १८ रन बनाएर आउट भए।
कोलकाताका लागि कुलवन्त खेजरोलीया २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए।
चेन्नाईको यो लगातार तेस्रो जित हो। सातौँ खेलमा पाँच जित र दुई हारका साथ चेन्नाई १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सात खेलमा पाँच हार र दुई जितका साथ कोलकाता आठौँ स्थानमा छ। कोलकाताको यो चौथो हार हो।
काठमाडौं, १० बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर बिजयी भएको हो ।
काठमाडौं, १० बैशाख । प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।
लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थीतिमा रहन पुग्यो ।
पुन जोटाले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउदै खेल २–२ को बराबरीमा पु¥याएका थिए ।
अन्त्यन्त रोमाञ्चारकी उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्नतः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए ।
लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ ।
एजेन्सी, ९ बैशाख । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) सहज रूपमा बिजयी भएकाे छ ।
पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ । पिएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए ।
शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पिएसजीलाई २–० को अग्रता दिलाउन सफल भए ।
उता, खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । अन्ततः खेल २–१ को अवस्थामा सकियो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सिमित रहेर पुछारमा छ ।
काठमाडौं, ९ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।