काठमाडौं, २५ जेठ ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेण्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।
३५ वर्षीय मेस्सीलाई साउदी अरेबियाको पक्ष अल हिलालबाट थप आकर्षक प्रस्ताव थियो जबकि फाइनान्सियल फेयर प्ले सीमितताका कारण बार्सिलोना फर्कन असम्भव भयो।
‘मैले युरोप छोड्ने निर्णय गरे,’ मेस्सीले अखबार डायरियो स्पोर्ट र मुन्डो डेपोर्टिभोलाई भने, ‘मैले मियामी जाने निर्णय लिएको छु,’
‘विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
पूर्व बार्सिलोना फरवार्ड यस गर्मीमा क्याटालान क्लबमा फर्कन उत्सुक थिए तर ला लिगामा अर्को सिजनको लागि लाग्ने एफफपी सीमितताहरूले उनलाई फिर्ता ल्याउन कुनै पनि महत्वाकांक्षी योजना बनाएनन् ।
उनले थपे, ‘यो सत्य हो कि मलाई अर्को युरोपेली टोलीबाट अफर आएको थियो तर मैले यो बारे सोचेको पनि थिइन किनभने युरोपमा मेरो विचार बार्सिलोना फर्कने मात्र थियो तर त्याे सम्भवः भएन ।’
मेस्सी स्पेनिस क्लब बार्सिलोनावाट २०२१ मा पिएसजी आएका थिए ।
काठमाडौं, १५ जेठ । नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आज देखि सुरु हुदैँछ ।
नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ ।
सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन । जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा गर्नेछन् ।
नेपाल गल्फ संघका निर्देशक दीपक आचार्यका अनुसार प्रत्येक दिन १८ होल गरेर तीनदिने प्रतियोगिता कुल ५४ होलको प्रतिस्पर्धा हुनेछ ।
मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो ।
काठमाडौं, १५ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन दुई खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।
रंगशालामा हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब आमुनेसामुने हुनेछन् ।
काठमाडौं, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ ।
क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो ।
नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ ।
एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन ।
आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ । लगत्तै भोलीपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
काठमाडौं, १५ जेठ । पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।
काठमाडौं, १४ जेठ । शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।
च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।
काठमाडौं, १२ जेठ ।
इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ ।
युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को अन्तरले पराजित गरेको हो । प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो ।
ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरे पछि उसको अग्रता दोब्बर हुन पुग्यो ।
पहिलो हाफमा २–० ले अघि बढेको म्यानचेस्टरले ७३औं मिनेटमा पेनाल्टी पायो । ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३–० को फराकिलो अन्तरसहित अघि बढने मौका पायो ।
त्यसको केही मिनेट पछि नै अर्थात ७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४–० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काए पछि खेल ४–१मा रहन पुग्यो । तर, त्यसपछि दुवै पक्षवाट कुनै गोल हुन नसके पछि म्यानचेस्टर ४–१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो ।
यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
काठमाडौं, ११ जेठ ।
चेन्नई– लखनऊ सुपर जाइन्टस आईपीएल–२०२३ को उपाधि दौडबाट बाहिरएको छ । बुधवार राति एमए चिदम्बरम स्टेडियममा आयोजित एलिमिनेटर प्रतिस्पर्धामा लखनऊलाई मुम्बई ईन्डियन्सले ८१ रनले पराजित गर्यो ।
यो खेलमा लखनऊले जीतका लागि १८३ रनको लक्ष्य पाएको थियो, जसलाई पछ्याउने क्रममा पुरै टीमा १६।३ ओभरमा १०१ रनमै समेटियो ।
मुम्बईको जीतको हीरो तिब्र गतिका बलर आकाश मधवाल रहे, जसले पाँच रन दिएर पाँच विकेट लिन सफल भए । २९ वर्षीय मधवाल भारतको उत्तराखण्डका लागि घरेली क्रिकेट खेल्छन् ।
यो जीतसंगै रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले क्वालिफायर–२ मा समेत आफ्नो स्थान सुरक्षित गरेको छ, जहाँ यो टीमको सामना भोलि शुक्रवार गुजरात टाइटन्ससंग हुनेछ ।
क्वालिफायर–२ को विजेता टीमले फाइनलमा स्थान सुरक्षित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससंग भिड्ने छ । क्वालिफाइर २ तथा फाइलन खेल ९जेठ १४ गते आइतबार० अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने छ ।
१८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊको सुरुवात राम्रो हुन सकेन । आकाश मधवालले इनिङको दोस्रो ओभरमै ओपनर प्रेरक मान्कण्डलाई ऋतिक शौकिनको हातबाट क्याच गराए ।
त्यसपछि चौथो ओभरमा काइल मेयर्स १८ रन बनाउँदै आउट भए । २३ रनको दुई विकेट गुमेको अवस्थामा मार्कस स्टोइनिस तथा कप्तान क्रुणाल पाण्ड्याले ४५ रनको साझेदारी गर्दै इनिङलाई सम्हाले ।
यद्यपि, यो साझेदारीको क्रममा क्रुणाल ९८ रन, ११ बल० ले खासै योगदान दिन सकेनन् । पीयूष चावलाले उनलाई आउट गराए । क्रुणाल आउट भएपछि लखनऊले आकाश मधवालको एउटा ओभरमा लगातार बलमा विकेट गुमायो । मधवालले पहिला आयुष बदोनीलाई बोल्ड गरे, त्यसपछिको बलमा निकोलस पूरनलाई पनि आउट गरे ।
त्यसपछि मार्कस स्टोइनिस दुर्भाग्यशाली तरिकाले रन–आउट भए । स्टोइनिसले २७ बलमा ४० रन बनाए ।
यहाँबाट लखनऊको जीत करिव असम्भव देखिएको थियो । कृष्णाप्पा गौतम तथा रवि बिश्नोईले रन–आउट हुँदै आफ्नो टीमलाई प्रतियोगिताबाट बाहिर पठाए ।
मुम्बईको तर्फाबाट आकाश मधवाले ३।३ ओभरमा पाँच रन दिएर पाँच विकेट लिए भने पीयूष चावला तथा क्रिस जोर्डनलेपनि एक–एक विकेट लिए । लखनऊका तीन खेलाडी रन–आउट भए ।
त्यसअघि मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सविरुद्ध विशाल योगफल तयार पारेको थियो । मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतीमा १८२ रन बनाउन सफल भयो ।
मुम्बईका लागि क्याम्रुन ग्रीनले सर्वाधिक ४१ रनको योगदान दिए भने सूर्यकुमार यादवले ३३ रन बनाए । मुम्बईका अन्य खेलाडीहरुमध्ये ईशान किसनले १५ रन, रोहित शर्माले ११ रन, टिकम वर्माले २६ रन, टिम डेविडले १३ रन, नेहाल वाडेराले २२ रन तथा क्रिस जोर्डनले चार रनको योगदान दिए ।
लखनऊका नवीन उल हकले सर्वाधिक चार विकेट लिए भने यश ठाकुरले तीन तथा मोहसिन खानले एक विकेट लिए । कलाकर्मी डट कम
काठमाडौं, ८ जेठ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक अापसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
काठमाडौं, ८ जेठ ।
यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ ।
लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।
लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।
यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।