काठमाडौं, १४ भदौ ।
चीनको हाङ्झाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् । एसियाली भलिबल महासंघ (एभिसी)ले नेपालबाट सिफारिस गरिएका पाँच जनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।
नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो । छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । उनकाअनुसार भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदैछन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।
एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ । २०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट लासिवा छनोट भएका थिए । २०२२ मा चीन तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो ।
४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।
काठमाडौं, १४ भदौ ।
एसिया कप–२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।
बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।
पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।
समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।
काठमाडौं, १३ भदौ ।
कप्तान बाबर आजमको शानदार शतकसँगै पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ। मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको हो।
पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट भएका थिए। उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले। उनले नटआउट रहँदै १०९ रन बनाए। उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए।
नेपालले खेलमा राम्रो सुरुवात गर्दै दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो। फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए।
त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए।
नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए। एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको छ।
काठमाडौं, १२ भदाै।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।
भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।
नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ।
काठमाडौं, १३ भदौ ।
पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।
मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।
उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । छैटौँ ओभरको तेस्रो बलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बल सकिँदा एक विकेटको क्षतिमा २१ रन जोडेको छ ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् ।
यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।
पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।
छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
पाकिस्तानको मुल्तानमा भइरहेको खेलको २४ ओभरको चौथो बलमा नेपालले तेस्रो विकेट लिएको हो । पाकिस्तानका मोहम्मद रिजवानलाई नेपालका दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन् ।
यसअघि सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरको चौथो बल सकिँदा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ ।
भक्तपुर, १३ ।
एभरेष्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको ‘सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मंगलबार भक्तपुरमा सम्पन्न भएको छ ।

प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन क्यातागोरीमा भएको थियो । प्रतियोगिताको सिनियर व्याइजतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौ पहिलो भएकाे छ भने जुनियर व्याइजतर्फ पनि ज्ञान निकेतन स्कुल नै पहिलो भए । साथै गल्र्सतर्फ भने निष्ट स्कुल भक्तपुर प्रथम भएकाे छ ।

प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहवीच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा उनले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्यजस्ता विषय जनताका आधारभूत बिषय भएको बताए ।
उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवन देखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु सुखद पक्ष भएको बताए । भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु आदि आयोजना गरी यहाँका खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेकोसमेत जनाए ।
आयोजक एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६ जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए । उनले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई सक्रिय जीवन जिउन प्रेरित गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्री तथा विजेताहरुलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।
