काठमाडौं, १७ असार ।
विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबीच आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।
नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।
यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।
काठमाडौं, १६ असार ।
मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।
सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।
गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समय देखी बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक बर्षमा सहयोग प्रदान गरेको छ ।
काठमाडौं, १५ असार ।
नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।
मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल अब केही बेर अर्थात बिहान ७ः१५ बजेवाट सुरू हुदैँछ ।
पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
काठमाडौं, ११ असार । क्रिकेटर सन्दिप लामिछाने बिरुद्धको मुद्धामा आज सुनवाई हुदैँछ ।
पीडित पक्षले माग गरे बमोजिम क्षतिपुर्ति दिन मिल्ने कि नमिल्ने भन्ने बारेमा आज जिल्ला अदालत काठमाडाैंमा हुने सुनवाईले टुंगो लगाउने छ ।
लामिछानेसँग पीडित पक्षले यस अघि माग गरेको १० लाखको क्षतिपुर्तिकाे मागलाई अदालतले खारेज गरे पनि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाई दिएपछि आज सुनवाई हुन लागेको हो ।
ततपश्चात ३६ लाख रुपैयाँ क्षतिपुर्तिको माग गरे पछि अदालतले पीडितले उपचार गरेकाे अस्पतालसँग उपचार खर्चको विवरण माग गरेको छ । सो विवरणसहित जिल्ला अदालत काठमाडौंले क्षतिपुर्ति सबन्धी निर्णयमा आदेश दिन सक्ने जनाईएको छ ।
तर, सो मुद्धाको फाइनल पेशी भने अझै तोकिएको छैन । लामिछाने जिम्बाबेमा रहेका कारण अब उनी फर्के पछि मात्रै अदालतले अन्तिम सुनवाईका लागि पेशी तोक्ने सम्भावना रहेको जनाईएको छ ।
काठमाडौं, ९ असार ।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपाल पराजित भएको छ । पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ ।
शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे । उनले ९० रनको योगदान दिए । गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै डि लीडले नटआउट ४१ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे ।
काठमाडौं, ९ असार ।
नेपालले टस हारेको छ ।
आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्ड बिरुद्धको खेलमा नेपालले टस हारेको हो ।
ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।
नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।
सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।
काठमाडौं, ९ असार ।
नेपाल फुटबल टिम र भारत बिच आज प्रतिस्पर्धा हुदैँछ ।
आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेवाट सुरु हुनेछ ।
पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।
सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् ।
आजसम्म दुवै देश बिच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ ।
बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।
काठमाडौं, ९ असार ।
नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेवाट सुरु हुनेछ ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।
सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।
काठमाडौं ।
जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन् ।
यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् ।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ ।
काठमाडौं, ५ असार
नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।
२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ३२ बलमा ५ चौका र १ छक्कासहित उनले ३२ रनको योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए ।
यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।