२०८३ असार ३१
२०८३ असार ३१

काठमाडौं, १७ कार्तिक ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुदैँछ ।

 

आइसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको छ । आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’

काठमाडौं, १७ कार्तिक ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने अायाेजकले जनाएका छन ।

 

केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो  ।

 

 

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।

काठमाडौं, १६ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो ।

नेपालले पूरा २० ओभर खेल्दै पूरा विकेटको क्षतिमा १४० रन बनायो ।

यसअघिघ ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

काठमाडौं, १६ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य दिएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।

काठमाडौं, १६ कार्तिक ।

नेपालले ओमानको दुई बिकेट लिन सफल भएको छ ।

 

त्रिभुवन बिश्वबिद्यालय, किर्तिपुरमा जारी खेलमा नेपालले दुई बिकेट लिएर दोस्रो सफलता हासिल गरेको हो ।

 

आइसिसी टी– २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले खेल सुरु भएको आधा घन्टा भित्रमा नै दुई बिकेट लिन सफल भएको हो ।

 

जसअनुसार सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् भने पहिलो बिकेट करन केसीले लिएका थिए ।

 

टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १ ओभरमा १ विकेट गुमाउँदै ८ रन बनाएको थियाे भने ओमानले ४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएकाे छ। खेल जारी छ ।

 

 

काठमाडौं, १६ कार्तिक ।

नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो ।

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

 

सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुदैँछ ।

यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ । नेपाल समुह एमा रहेको छ ।

काठमाडौं, १६ कार्तिक ।

नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

 

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

 

यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ ।

 

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

 

काठमाडौं, १४ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मंगलबार बिहान सिंगापुरलाई हराउँदै समेफाइनल पुगेको ओमानसँग बुधबार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।

 

काठमाडौं, १४ कात्तिक ।

काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध दुई विकेट लिएको छ ।

टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।

यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो ।  सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।

 

सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए।

यो समाचार तयार पर्दासम्म मलेसियाले ९.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८३ रन जोडेको छ ।

काठमाडौं, १४ कार्तिक ।

नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

 

आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

 

सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।

 

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।