२०८३ असार २८
२०८३ असार २८

काठमाडौं । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बावु सुवासचन्द्र नेम्वाङलाई सदनको कुनै कुनामा देखिरहेको बताए । नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदावर बनाएर उनले जित हासिल गरेका थिए ।

पहिलो सम्बोधनमा सुहाङले के के भने ?

आज म पहिलो पटक यस सम्मानीत सदनको रोष्ट्रममा उभिएर बोलिरहेको छु । आज म आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन उपस्थित भएको हुँ । तर, मलाई आज अलिकति बजेटभन्दा बाहिरको विषयमा पनि बोल्ने छुट छ भन्ने लाग्छ । सबैभन्दा पहिला आदरणीय सहीदहरु रत्नकुमार वान्तवा, वम वान्तवा लगायतका ज्ञात अज्ञात सहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु । आज म इलामेलीवासीहरुको कारणले उभिन पाएको छु ।मलाई विजयी गराएर पठाउनुहुने इलाम, देउमाई, माई, चुलाचुली, फाक्फेथुङ, माङ्सेवुङका अति आदरणीय मतदाताप्रति आभार प्रकट गर्दछु । सम्माननीय सभामुख महोदय भदौं २६ को अप्रिय घटनापछि वैशाख १५ गतेको उपनिर्वाचन पश्चात म यहाँ उपनिर्वाचनमार्फत पहिलो पटक संसद्मा उभिएको छु ।

मलाई लागिरहेको छ । आज पनि बुवा यहिँ कतै उभिरहनु भएको छ । उहाँप्रति पनि भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । हामी सबैलाई थाहाछ । बुवा सुवासचन्द्र नेम्वाङ लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । विचारको विविधता, वहुदलीय प्रतिस्पर्धा र स्वस्थ वहसलाई सम्मान गर्नुहुन्थ्यो । मुलुक एकजुट भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहँ दृढ हुनुहुन्थ्यो ।

सबै भाषाभाषी, धर्म, संस्कृति र जातजातीप्रति समान आस्था र सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो । म उहाँले देखाउनु भएको यहि मागदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प व्यक्त गर्दछु । मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाचद दिन चाहान्छु । कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरि मलाई चुनावमा सहयोग गर्नुहुने सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका आदरणीय नेताहरुप्रति पनि धन्यवाद व्यक्त गर्दछु ।

सम्माननीय सभामुख महोदय बजेटबारे बजेटको सन्दर्भमा हाम्रो अग्रजहरुले राख्नु भएको राय र सुझावलाई समर्थन गर्दछु । मलाई लाग्दछ । बजेटको बलियो पक्ष । कमजोर पक्ष दुवै हुन्छ । उज्यालो सँगसँगै छायाँ पनि हुन्छ । उज्यालो पाटोलाई बोकेर छुटेकालाई समेट्नेतर्फ हाम्रो वहसलाई केन्द्रीत गर्नुपर्छ । बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो । एक वर्षको योजना र कार्यक्रम हो । सरकारको घोषणापत्र पनि हो । तसर्थ बजेट एउटा यर्थाथमा आधारित पनि हुनुपर्छ । अर्थमन्त्रीज्यूले यर्थाथलाई ध्यानमा राखेर बजेट बनाउने प्रयास गर्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहान्छु । समयको कारण बजेटको समग्रताबारे बोल्ने छुट मलाई छैन् । त्यसैले संक्षिप्तमा आफ्नो भनाईं राख्दैछु ।

म नयाँ सांसद हुँ । जनताहरुको हामीप्रतिको आशा भरोसा र विश्वास मसँग आलो छ । जनताहरुको आशा, अपेक्षा र माग तथा आक्रोश भर्खरै सुनेर आएको छु । दोस्रो कुरा म युवा पनि हुँ । युवाहरुको परिवर्तन र हुटहुटीको समस्यालाई नजिकबाट छामेको छु । जनताहरुको ती आशा, अपेक्षा र मागको सम्बोधनका लागि बजेट प्रर्याप्त छ कि छैन् भन्नेकुरा ठूलो प्रश्न छ ।यस वर्षको मात्र होईन् । हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ । आम जनताहरुलाई लाग्ने गरेको छ । अब देश बन्छ, बन्छ । तर फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा उहिँ घुमीफिरी रुम्जाटारजस्तै हुन्छ । त्यहि कारणले गर्दाखेरी यति अग्रज र अनुभवी माननीयज्यू हरुको अगाडि उभिएर बोलिरहँदाखेरि म सम्माननीय सभामुख महोदयमार्फत सोध्न चाहान्छु ।

हाम्रो यात्राको तयारीमा समस्या कहाँ छ ? । किन हामी विकासको हिसावले जहाँको त्यहिँ छौं ? । कार्यान्वयनको समस्या कहाँ कहाँ छ ? । हाम्रो विकास र समृद्धिको बाधक को हो ? समृद्धिका बाटोमा किन पटक पटक काडा भेटिन्छन् ? । समृद्धिका यात्रामा अघि बढेका पाईलामा किन घरिघरी घाउचोटमात्रै लाग्छ । बाटोको अवरोध पन्छाउनतर्फ हाम्रो ध्यान जानुपर्ने हो कि ? । समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटी ? अथवा राजनीतिक अस्थिरता हो ? । हामीले आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । सम्माननीय सभामुख महोदय हामीसँग के छैन ? प्राकृतिक हिसावले सम्पन्न छौं । जनता परिवर्तनको तीव्र आकांक्षामा मात्र होईन् । गहिरो प्रतिवद्धतामा छन् । देशले यसवा काल बाचिरहेको छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तराष्ट्रिय प्रतिवद्धता छ । आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छ । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? । तल जनताले योजना मागिरहनुहुन्छ । शामी एउटा प्रण गछौं । बजेट पनि आउछ । तर, गुणस्तरिय काम भईरहेको हुँदैन । समस्या सुशासनको हो कि ? । यसतर्फ विमर्सका लागि अपील गर्दै फेरिपनि बजेटलाई समर्थन । शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहान्छु ।न्युज कारखाना

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उल्लेख गरे  ।

‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ’,उनले भने । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

झण्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । सम्झौताअनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसीसीले अनुदानमा उपलब्ध गराउँछ भने १५ अर्ब रुपैयाँ नेपाल सरकार आफ्नो तर्फबाट लगानी गर्नेछ ।

एमसीसीबाट नेपालले प्राप्त गर्ने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च गरिनेछ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्नेछ । ३ सय १५ किलोमिटर लामो डबल सर्किट ४ सय केभी प्रसारण लाइन निर्माण हुनेछ ।

नेपाल र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसदले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।न्युज कारखाना

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।

“विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने प्रावधान बजेटमा राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने छ ।”

सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।

प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”

अरूण–३ जलविद्युत् परियोजनाको प्रसारण लाइन निर्माण र जग्गा प्राप्तिका लागि स्थानीय सरोकारवाला पक्षबीच सहमति हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक सहजीकरणका निम्ति स्थानीय तहमा क्रियाशील राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय जनसमुदायमा विशेष आग्रह गरे ।

“सरकार स्थानीय जनसमुदायको चासो र सरोकारका विषयहरू सम्बोधन गर्न गम्भीर र संवेदनशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ठूला परियोजनाहरू समयमै सम्पन्न हुँदा त्यसले राष्ट्रिय अर्थतन्त्रमा मात्रै योगदान पुग्दैन, स्थानीय साधनस्रोतको उपयोग, रोजगारी सिर्जना, स्थानीय विकासका क्षेत्रमा नयाँ–नयाँ अवसरहरूको सिर्जना र विकासको ढोकासमेत खुल्दछ । तसर्थ, विकासका काममा सहकार्य र सहजीकरणको बाटोबाट समाधान खोज्नु नै हामी सबैको साझा हित हुन्छ ।” उहाँले परियोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि मुआब्जारक्षतिपूर्ति निर्धारण र वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिए ।

विकास र समृद्धि देशको साझा लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको यात्रामा लामवद्ध हुन सबैलाई अपिल गरे ।

सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दीगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा समेत छिटो प्रगति गर्न सकिने विश्वास व्यक्त गरे । न्युज कारखाना

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।न्युज कारखाना

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाईको सम्भावन भने ज्यादै न्यून छ । ३१औं नम्बरमा पेशी परेको हुँदा सुनुवाईको सम्भावना ज्यादै न्यून बनेको हो ।

यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।

उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।न्युज कारखाना

काठमाडौं, २२ जेठ । संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन्  ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।।

दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने,  ` फोहाेरको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।´

त्यस्तै, आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको बिषय हामी सबैको सरोकारको बिषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने ठोस कार्यान्वयन तर्फ अगाडि बढनु पर्ने बताए। वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताएका हुन् । सबैको सामुहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुने जिकिर गरेका छन् ।।

सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल हुनेछ ।

होरमैला व्यवस्थापनामा गम्भीर समस्या छ ः मन्त्री जोशी
काठमाडौं । संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनु भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४, दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताउनु भएको हो ।
उहाँले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।
त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्राले फोहोर ब्यवस्थापन गम्भीर चुनौती रहेको जनाए ।

सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो । फोहोमैला व्यवस्थपनमा द्धिपक्षीय र बुहपक्षीय एजेन्सीहरुबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकास पारेका थिए ।

छलफलमा सहभागि भएका विज्ञहरुले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औंल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामुहिक विचार व्यक्त गरेका थिए ।

पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरुले छलफल सत्रमा भाग लिएका थिए ।

त्यस्तै दोश्रो सत्रमा सन्चार जगतले फोहोरमैला व्यवस्थापनको बिषयलाई कसरी उठान गरी रहेका छन बिषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल र चर्चित अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गौतमले नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोरमैला तथा वातावरणको बिषयमा कम सामाचार सामग्री प्रकासन भएको स्वीकार गरे ।

स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुदघाटन सत्रका अध्यक्षता गर्नु भएका पूर्वमन्त्री गणेश साहले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा विभिन्न उत्पादनहरुको स्थलमा प्रर्दशनी समेत गरिएको थियो । राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ आजसम्म चल्ने आयोजकले जनाएको छ ।  न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन् ।

उनले भनेका छन्:

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।न्युज कारखाना

काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।