२०८३ श्रावण २
२०८३ श्रावण २

काठमाडौं, २९ भदौ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन्। उतैबाट असोज ५ गते प्रधानमन्त्रीको चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ।

काठमाडौं, ३० भदौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन ।

 

नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन ।

साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन ।

 

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

 

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा अायाेजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।

काठमाडौं, २८ भदौ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गत ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको उल्लेख छ।

 

एकीकृत समाजवादीले अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

 

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

काठमाडौं, २९ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछन ।

 

भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

 

संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

उनका अनुसार भदौं २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं, २९ भदौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सबन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।

 

साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संबिधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङकाे गत मंगलबार निधन भएकाे थियाे भने हिजाकाे बैठक शाेक प्रस्ताब पारित गरेकाे थियाे ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

गौर, २७ भदौ । पुर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्द गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

 

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन ।

 

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन।

 

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

 

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।

काठमाडौं, २८ भदौ ।

संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज  दाह संस्कार गरिने भएकाे छ ।

 

 

पार्टी मुख्यालयवाट हिजाे पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्परावाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएकाे हाे ।

 

गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएकाे थियाे । र, हिजाे पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।

 

मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक  दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकाा थिए ।

नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।

 

काठमाडौं, २४ भदौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः बिभाजित अवस्थामा पुगेको छ ।

 

संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै  आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो ।

 

संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ ।

 

शनिबार कुँवरको सभापतित्व तथा  पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ।

 

साथै, संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन ।

 

लन्डन, २४ भदौं ।

बेलायतका पाँच पूर्व मेट्रोपोलिटन पुलिस अधिकारीहरूलाई बेलायती प्रधानमन्त्री ऋषि सुनक र स्वर्गीय महारानी एलिजाबेथ द्वितीय लगायतका विरुद्ध व्हाट्सएपमा घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाएको अभियोगमा दोषी ठहर गरिएको छ।

 

प्रतिवेदनका अनुसार पाँचैजना अधिकृतले सन् २००१ र २०१५ को बीचमा प्रहरी बलबाट अवकाश लिएका छन् र पाँचै जना अधिकृतले आफ्नो अपराध स्वीकार गरेका छन् ।

 

प्रधानमन्त्री सुनक र पूर्व गृह सचिव प्रिती पटेल, स्वर्गीय महारानी एलिजाबेथ द्वितीय र राजकुमार ह्यारी जस्ता भारतीय मूलका राजनीतिज्ञहरूलाई जातिवादी सन्देशहरू पठाइएको कुरा बाहिर आएपछि लन्डनको वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उनीविरुद्धको आरोपको सुनुवाइ भएको थियो।

 

अदालतको रिपोर्ट अनुसार। र आफ्नी पत्नी मेघन मार्कल विरुद्ध व्यंग्य समावेश छ।

 

आरोपहरूका अनुसार व्हाट्सएप च्याट समूहमा साझा गरिएका सन्देशहरूमा प्रिन्स विलियम र उनकी पत्नी केट जस्ता शाही परिवारका अन्य वरिष्ठ सदस्यहरू र पाकिस्तानी मूलका पूर्व स्वास्थ्य सचिव साजिद जाविदजस्ता राजनीतिज्ञहरू पनि उल्लेख गरिएको थियो। प्रहरीको भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने कमाण्डर जेम्स हरमनले ती सन्देशहरू जातिवादी र भेदभावपूर्ण सामग्री एकदमै डरलाग्दो छ र प्रतिवादीहरूले एक पटक पुलिस अफिसरको रूपमा काम गरेपछि हामी विश्वास गर्छौं कि यस केसले पुलिसको विश्वासलाई उल्लेखनीय रूपमा हानि पुर्‍याउन सक्छ।

 

स्कटल्याण्ड यार्डले भने कि संलग्न अधिकारीहरूले आफ्नो क्यारियरको अवधिमा मेट पुलिसका विभिन्न भागहरूमा काम गरेका थिए र सबैले कूटनीतिक संरक्षण समूहमा समय बिताएका थिए, जुन अहिले संसदीय र कूटनीतिक संरक्षण कमाण्ड भनेर चिनिन्छ।

 

यी हुन दोषीः

 

ल्यान्डेइलो, कारमार्थनशायरका ६६ वर्षीय पिटर बुथले अनलाइन सन्देशमार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको चारवटा मुद्दामा दोषी स्वीकार गरे। उनले अप्रिल २००१ मा मेट पुलिसबाट अवकाश लिएका थिए।

 

क्याम्बरली, सरेका ६२ वर्षीय रोबर्ट लुइसले अनलाइन सन्देश मार्फत घोर आपत्तिजनक जातिवादी सन्देशहरू पठाउने आठ वटा गन्तीमा दोषी स्वीकार गरे। उनले मे २०१५ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।

 

बोर्नेमाउथ, डोर्सेटका ६७ वर्षीय एन्थोनी एल्समले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले मे २०१२ मा मेट प्रहरीबाट अवकाश लिएका थिए ।

 

स्टोमार्केट, सफोकका ६७ वर्षीय एलन हलले अनलाइन सन्देशद्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाएको तीनवटा गन्तीहरूमा दोषी स्वीकार गरे। उनले २०१५ जुनमा मेट प्रहरीबाट अवकाश लिएका थिए ।

 

स्वान्सीका ६५ वर्षीय ट्रेभर लुटनलाई अनलाइन सन्देशहरू मार्फत घोर आपत्तिजनक नस्लवादी सन्देश पठाएको अभियोग लगाइएको छ। उनले अगस्ट २००९ मा मेटबाट सेवानिवृत्त भए।

 

छैठौं पूर्व मेट पुलिस अफिसर, माइकल चाडवेल, ६२ अनलाइन सन्देश द्वारा घोर आपत्तिजनक नस्लवादी सन्देशहरू पठाउने एक गणनामा दोषी नभएको स्वीकार गरेका छन् र मुद्दा खडा हुने अपेक्षा गरिएको छ। मुद्दाको सजाय पछि सुनाइनेछ ।

 

काठमाडौं, २४ भदौं ।

राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

 

टुकोनको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरुको वृहद राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो ।

चाडवाडको मुखमा सम्मेलन गर्दा दुरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनको मिति सारिएको टुकोनले जनाएको छ । ६६ जिल्लामा आफ्नो संगठन विस्तार गरेको महासंघले सो सम्मेलनमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले श्रमिकहरु सहभागी गराउने बताइएको छ ।

 

महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, महंगी, भ्रष्टाचार, कुशासनलगायत विरुद्ध आगामी भाद्र २९ गते राप्रपा नेपालले आयोजना गर्ने विरोध प्रदर्शनमा ट्रेड यूनियन महासंघ नेपाल ९टुकोन०को सक्रिय सहभागिता रहने निर्णय गरेको छ ।

 

श्रमिकहरुको हकहितको लागि निरन्तर संघर्षमा रहेको सो महासंघले श्रमिकहरुको न्यूनतम पारिश्रमिकको विभेद श्रमिकहरुको लागि न्यायोचित बृद्धि नभएको ठहर गर्दै मंहँगी, भ्रष्टाचार र बाँच्न पाउने अधिकारप्रति सम्बन्धित पक्षको उदासिनता विरुद्धमा देशव्यापी ‘श्रमिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।

 

आगामी माघ महिनामा सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनबाट श्रमिकप्रतिको न्यायपूर्ण प्रतिबद्धता समेत सार्वजनिक गर्र्ने महासंघले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।