काठमाडौँ । टर्कीको संसदमा भीषण झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् । यो झगडा करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् ।
एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए ।
झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो। यसपछि अटाले पक्राउ परेका थिए । अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए । उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बने । यसपछि एर्दोगनको पार्टीले अटालेको संसदको सदस्यता खारेज गर्ने विधेयक ल्यायो । यो निर्णयलाई अदालतमा पुनरावेदन गरिएको थियो । अगस्ट १ मा, टर्कीको सर्वोच्च अदालतको निर्णय आयो जसमा संसदको निर्णयलाई उल्टाइएको थियो । अटाले फेरि सांसद बने । अदालतले उनको सांसदको रूपमा सबै अधिकारहरू पुनर्स्थापित गर्यो ।
अदालतले अटलेलाई जेलबाट रिहा गर्न पनि आदेश दिएको छ । वास्तवमा अटाले जेलमा रहेका कारण आफ्नो क्षेत्रमा काम गर्न नसकेको भन्दै अदालतमा निवेदन दिएका थिए । उनी आफ्नो संसदको कार्यकाल पूरा गरेपछि फेरि जेल जानेछन् । उनको मागलाई अदालतले स्वीकार गरेको छ ।
अदालतको यो निर्णयमाथि संसदमा बहस चलिरहेको थियो । अटालेको आफ्नै पार्टीका नेता अहमद सिकले भाषण दिइरहेका थिए । उनको भनाइले संसदमा हंगामा सुरु भयो । झडपका कारण संसदको बैठक अवरुद्ध भयो । तीन घन्टाभन्दा बढीको ब्रेकपछि बैठक पुनः सुरु भएको थियो । एर्दोगानको पार्टी विरुद्धको बयानका लागि स्पिकरले विपक्षी दलका नेता सिकलाई हप्काए । सभामुखले सिकमाथि आक्रमण गर्ने नेताहरुलाई पनि गाली गरे । झगडामा संलग्न दुवै सांसदलाई प्रतिबन्ध लगाउन भनिएको छ ।
मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओज्गुर ओजेलले हिंसाको निन्दा गरेका छन् । संसदमा यो सबै भइरहेको देख्दा आफूलाई लाज लागेको उनले बताए । न्युज कारखाना
काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म ‘सन अफ सरदार २’ बाट अभिनेता विजय राजलाई हटाइएको छ ।
हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ । अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।
एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ । बेलायतको भिसा नपाएपछि संजय दत्त फिल्मबाट बाहिरिएका थिए । हालै अजय देवगनले फिल्मको सुटिङ सुरु भएको घोषणा गरेका छन् । तर, अब अर्का स्टार फिल्मबाट बाहिरिएको खबरले फ्यानलाई स्तब्ध बनाएको छ । विजय राज अब फिल्मको हिस्सा छैनन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबि विपरित उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबि गरिएको छ ।
बेलायत फिल्म सुटिंगका लागि महँगो ठाउ भएको भएपनि उनलाई राम्रो सुबिधा उपलब्ध गराएपनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।
तर, विजय राजले भने आफुले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘म ट्रायलका लागि समयमै पुगेँ । म भ्यानमा पुगें र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन, र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौं । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।’न्युज कारखाना
काठमाडौं । नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काएको छ ।
रुसी अधिकारीहरुलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट काटिएको बताइएको छ ।
युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भएको थियो । तर अहिले पुल भत्किएपछि अवरुद्ध भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लागेको बताएका छन् । जेलेन्स्कीका अनुसार कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने बताएका छन् ।
यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए ।
ओलेक्सान्डर सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा जनरल सिर्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाएको बताएका छन् ।
युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको छ । जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटर अगाडि बढेका छन् । हालसम्म युक्रेनले ११५० वर्ग किमी, ८२ बस्तीहरू नियन्त्रणमा लिएको छ ।न्युज कारखाना
काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बनेकी छन् ।
यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला थिइन् । उनी प्योटोङटार्नकी काकी हुन् । पाइतोङटार्न सिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । थाक्सिनका भिनाजु सोमचाई वोङ्सावत पनि सन् २००८ मा थाइल्याण्डको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
थाक्सिन सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । थाक्सिन सिनावात्रालाई कूद्वारा सत्ताबाट हटाइएको थियो ।
पाइतोङटार्न सत्तारुढ दल ‘फु थाई’ की नेतृ हुन् । यद्यपि, पाइटोङटार्न अझै सांसद छैनन् । संसदमा सिनावात्राको पक्षमा ३१९ मत परेको थियो भने विपक्षमा १४५ मत परेको थियो । २७ सांसदले मतदान गरेनन् । सदनमा ४९३ सांसद छन् । पाइतोङटार्नलाई बहुमत प्राप्त गर्न २४८ मत आवश्यक थियो । शुक्रबार संसदमा ४८९ सांसद उपस्थित थिए ।
पाइतोङटार्न सिनावात्रा २०२३ देखि फेउ थाई पार्टीको अध्यक्ष छन् । उनी सन् २०२३ को अप्रिलमा भएको निर्वाचनमा पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार थिइन् । उनको नेतृत्वमा पार्टी चुनावमा दोस्रो स्थानमा रह्यो ।
अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।
पाइतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य विद्रोह गरेर सत्ताबाट हटाइएको थियो । उनीमाथि भ्रष्टाचारका धेरै आरोप लगाइएको थियो । अदालतको फैसलापछि उनी निर्वासनमा गए । उनले देश छोडे । यसपछि थाक्सिनले आफ्नी बहिनी यिङलकलाई अगाडि राखे । उनी २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।
थाक्सिनले बहिनीको सहयोगमा देश बाहिर बसेर सरकार चलाएको आरोप लागेको थियो । सिङ्गापुरमा मन्त्रीहरुसँगको यस्तै एउटा भेटको रेकर्डिङ सार्वजनिक भएको थियो ।
यसमा थाक्सिनले आममाफी विधेयकबारे निर्देशन दिएको बताइएको छ । यो विधेयक पारित भएको भए थाक्सिन सफाइ पाएर सहजै स्वदेश फर्किन सक्थे । रेकर्डिङ भाइरल भएपछि थाई राजनीतिमा निकै हंगामा मच्चिएको थियो । यिङलकलाई अदालतले सन् २०१४ मा पदबाट हटाएको थियो । यिङलकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।
थाइल्याण्डमा २ दिनअघि मात्रै अदालतले श्रेष्ट थाविसिनलाई प्रधानमन्त्री पदबाट हटाएको थियो । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो। अदालतले प्रधानमन्त्रीको यो कदम नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको थियो । प्रधानमन्त्री श्रेष्ट एक वर्ष मात्रै सत्तामा रहन सक्थे । उनी २२ अगस्त २०२३ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।न्युज कारखाना
काठमाडौँ । संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् ।
युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि २०२४ सम्मको ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा माथिको तापक्रमका दिनहरू चरम तातो दिनहरूको संख्यालाई तुलना गरेको छ । प्रतिवेदनले चरम गर्मी दिनहरूको संख्यामा वृद्धिको गति र मापनको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ, जसले विश्वभरका करिब ५० करोड बालबालिकालाई असर गरिरहेको छ । तीमध्ये धेरै बालबालिकासँग यो गर्मीसँग लड्न पर्याप्त सेवाहरू छैनन् ।
युनिसेफको प्रतिवेदनले देश-स्तरको तथ्याङ्कको जाँच गर्दा छ, दशकअघिको तुलनामा अहिले १६ देशका बालबालिकाले एक महिनाभन्दा बढी चर्को तातो दिन अनुभव गर्ने गरेको पाइएको छ । उदाहरणका लागि, दक्षिण सुडानका बालबालिकाहरूले यस दशकमा औसत १६५ अत्यधिक तातो दिनहरूको सामना गरेका छन् । १९६० मा त्यस्ता दिनहरूको संख्या ११० थियो । पाराग्वेमा अत्यन्त तातो दिनको संख्या सन् १९६० मा ३६ बाट बढेर ७१ पुगेको छ ।
विश्वव्यापी रूपमा, पश्चिम र मध्य अफ्रिकामा अत्यधिक गर्मीका दिनहरू रेकर्ड गरिएको छ, लगभग १२३ मिलियन बालबालिका अत्यधिक गर्मीबाट प्रभावित छन् । यो क्षेत्रका कुल बालबालिकाको ३९ प्रतिशत हो। अमेरिका र क्यारिबियनका करिब ४८ मिलियन बालबालिका ती क्षेत्रमा बसोबास गरिरहेका छन् जहाँ अत्यधिक तातो दिनको संख्या दोब्बर भएको छ । अत्यधिक गर्मीमा बस्दा शरीरमा ठूलो दबाब सिर्जना हुन्छ, जसले बालबालिकाको स्वास्थ्यमा धेरै खतरा निम्त्याउँछ।
अत्यधिक गर्मीले बालबालिकामा कुपोषण र गर्मी सम्बन्धी धेरै नसर्ने रोगहरू निम्त्याउँछ। बालबालिकामा चरम गर्मीमा हुने संक्रामक रोगहरू जस्तै मलेरिया र डेंगुको जोखिम बढेको छ । प्रमाणहरूले अत्यधिक गर्मीका कारण बालबालिकामा न्यूरो विकास, मानसिक स्वास्थ्य र समग्र जीवनको गुणस्तर पनि प्रभावित भइरहेको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल भन्छिन्, ‘बच्चाहरू साना वयस्कहरू होइनन्। तिनीहरूको शरीर चरम गर्मीमा धेरै संवेदनशील हुन्छ। बालबालिकाको शरीर धेरै चाँडो तातो हुन्छ, र तुलनात्मक रूपमा बिस्तारै चिसो हुन्छ ।
अत्यधिक गर्मी धेरै खतरनाक छ, विशेष गरी शिशुहरूको लागि, तिनीहरूको तीव्र हृदय गतिको कारण, यसरी बढ्दो तापक्रम बच्चाहरूको लागि अझ चिन्ताजनक छ ।न्युज कारखाना
काठमाडौँ । प्रिमियर लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ ।
म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ८७औँ मिनेटमा जोशुआ जिर्कजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यसै सिजनमा म्यानचेस्टर युनाइटेड आएका जोशुआले डेभ्यु खेलमै गोल गरेर शानदार शुरुवात गरेका छन् । न्युज कारखाना
काठमाडौँ । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।
डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।
श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।
हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।
डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी–२० मा ४८० रन बनाएका छन् ।
न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आन्शिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ भदौ ०१ गते शनिबार ई.सं.२०२४ अगस्त १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १३ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरघिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परीक्षा र प्रतिस्पद्र्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । आज ०५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निणर्य लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँकेरताकेका काममा सफल भइने छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्धरसम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूलरतरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देशरविदेशको यात्रामा निस्कने संयोग जुरेको छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङरसेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना