काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दीका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् ।
उनले भनेका छन्- ‘विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ।’ गृहमन्त्री शाहले अगाडी भनेका छन्- ‘नयाँ जिल्लाको नाम – झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ। हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्याइनेछ।’ उनले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।
गृहमन्त्री शाहको यो घोषणा पछि प्रधानमन्त्री मोदीले लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ। त्यहाँका जनतालाई बधाई छ ।’न्युज कारखाना
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका हुन् ।
बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो ।
`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ पार्क उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।
नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्रोन खसालेको हो ।
आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्, जसलाई अस्पतालमा भर्ना गरिएको छ । साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ । सेप्टेम्बर ११, २००१ मा, आतंकवादीहरूले यस तरिकाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा विमानहरू क्र्यास गरेका थिए ।
आतंकवादीहरुले ४ वटा विमान अपहरण गरेका थिए । तीमध्ये ३ वटा विमान एकपछि अर्को गर्दै अमेरिकाका ३ वटा महत्वपूर्ण भवनमा दुर्घटनाग्रस्त भएका थिए । यसलाई मानव इतिहासकै सबैभन्दा नराम्रो आतंकवादी आक्रमण मानिन्छ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यि उप समिति गठन गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो ।
परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानिय तहसंग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारंभिक चरणको कार्य गर्नु पर्ने छ । यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ ।
उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए । अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गरे ।
‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, दिर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाउ भन्नने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि ।’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार केवल एक सरकारको ठाउँमा अर्काे सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरु कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’
वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो । नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठुलो उपलब्धि मानिएको छ । रु एक अर्ब २६ करोडको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठुला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौँ भन्ने आत्मबलवृद्धि भएको बताए । उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताए ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।
‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने ।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए उ। ‘यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ । जनताले उचित सेवा पाउन सकुन् ।
सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखक भने ।
यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौं,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने गो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।
‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौं,’ उनले भने ।न्युज कारखाना
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।
यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ । न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको थियो ।
जसपा नेपालले सहअध्यक्षको जिम्मेवारी रकम चेम्जोङलाई दिएको छ । त्यस्तै, उपाध्यक्षहरुमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य चयन भएका छन् । सहासचिवको जिम्मेवारी लालबाबु राउत र रामकुमार शर्माले पाएका छन् ।
त्यसैगरी, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव, प्रवक्तामा मनिष कुमार सुमन, सचिवहरुमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्धीन राई, कोषाध्यक्षमा सुनिताकुमारी साह चयन भएका छन् ।
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ४ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका हुन् ।
बालेनले भनेका छन्-
कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।