काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्बजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ ।
यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् ।
बिग बास लिगमा खेलाडीलाई चार तहमा बिभाजन गरिएको छ । प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलर
पारिश्रमिक पाउछन् । त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउछन् ।
नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन् । न्युज कारखाना
काठमाडौँ । वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली माइक्रोस्कोप विकास गरेका छन् । वैज्ञानिकहरूले इलेक्ट्रोनहरूको द्रुत गतिलाई यस नयाँ माइक्रोस्कोपले गर्न सक्ने विस्तारमा यस अघि कहिल्यै देखेका थिएनन् ।
अमेरिकी वैज्ञानिकहरूले लेजर प्रविधिमा आधारित माइक्रोस्कोप विकास गरेका छन्, जसले एटोसेकेन्डको गतिमा (अर्थात् सेकेन्डको एक अर्बौं भागको एक अर्बौं भाग) मा तस्बिर खिच्न सक्ने बताइएको छ । यो प्रविधिलाई ‘एटममाइक्रोस्कोपी’ भनिएको छ, जसले पहिले भन्दा धेरै सटीकताका साथ अणु भित्र इलेक्ट्रोनहरूको द्रुत गतिलाई कब्जा गर्न सक्छ । भौतिकशास्त्री मोहम्मद हसन र उनका सहकर्मीको यस अनुसन्धानको प्रतिवेदन ‘साइन्स एडभान्सेस’ पत्रिकामा प्रकाशित भएको छ ।
यस रिपोर्टका अनुसार अमेरिकाको टक्सनस्थित एरिजोना विश्वविद्यालयका हसन भन्छन्, ‘म सधैं यस्तो चीजहरू हेर्न चाहन्छु, जुन पहिले कसैले नदेखेको हुन्छ ।’
एटोमोस्कोप एक परिमार्जित ट्रान्समिशन इलेक्ट्रोन माइक्रोस्कोप हो, जसले धेरै सानो न्यानोमिटर आकारका वस्तुहरू चित्रण गर्न इलेक्ट्रोनहरूको बीम प्रयोग गर्दछ । प्रकाश जस्तै, इलेक्ट्रोन पनि तरंगहरु को रूपमा देख्न सकिन्छ । यद्यपि, यी तरंगहरू प्रकाशको तरंगहरू भन्दा धेरै सानो हुन्छन् । यसको मतलब एक इलेक्ट्रोन बीम एक पारम्परिक लेजरभन्दा उच्च रिजोल्युसन छ र साना वस्तुहरु, जस्तै परमाणु वा इलेक्ट्रोनको अन्य बादल पत्ता लगाउन सक्छ ।
कल्पना गर्न नसकिने तीव्र गतिमा छविहरू खिच्न, हसन र उनका सहकर्मीहरूले इलेक्ट्रोन बीमलाई अल्ट्रासर्ट पल्समा काट्न लेजर प्रयोग गरेका थिए । क्यामेराको शटर जस्तै, ती पल्सहरूले ग्रेफिनको पानामा प्रत्येक ६२५ एटोसेकेन्डमा इलेक्ट्रोनहरूको नयाँ तस्विर लिन दिन्छ, अवस्थित प्रविधिहरू भन्दा लगभग एक हजार गुणा छिटो ।
यद्यपि, यो माइक्रोस्कोपले अझै एकल इलेक्ट्रोनको छवि खिच्न सक्दैन । यो धेरै उच्च संकल्प आवश्यक हुनेछ । तर धेरै तस्बिरहरू संयोजन गरेर, वैज्ञानिकहरूले एक प्रकारको स्टप-मोशन चलचित्र बनाएका छन् जसले इलेक्ट्रोनहरूको संग्रह कसरी अणु भित्र सर्छ भनेर देखाउँदछ ।
अनुसन्धान पत्रका अनुसार, यस प्रविधिले अनुसन्धानकर्ताहरूलाई रासायनिक प्रतिक्रिया कसरी हुन्छ वा डीएनए भित्र इलेक्ट्रोनहरूको आन्दोलन देखाउन मद्दत गर्न सक्छ । यो जानकारीले वैज्ञानिकहरूलाई नयाँ पदार्थ वा व्यक्तिगत औषधिहरू विकास गर्न मद्दत गर्न सक्छ । ‘यो नयाँ उपकरणको साथ, हामी वैज्ञानिकहरूले प्रयोगशालामा पत्ता लगाउने कुराहरू र हाम्रो दैनिक जीवनलाई असर गर्न सक्ने वास्तविक जीवन प्रयोगहरू बीचको पुल निर्माण गर्ने प्रयास गरिरहेका छौं ।’, हसनले भने ।
एट्टोसेकेन्ड भनेको के हो ?
एट्टोसेकेन्ड समयको एकाइ हो जुन एक सेकेन्डको एक क्विन्टिलियन भाग बराबर हुन्छ, अर्थात् एक सेकेन्ड = १, ०००,०००, ०००, ०००, ००००, ००० सेकेन्ड । एट्टोसेकेन्ड फेमटोसेकेन्ड भन्दा १००० गुणा सानो हुन्छ । एक सेकेन्डको तुलनामा एक फेमटोसेकेन्ड लगभग ३१७ मिलियन वर्ष बराबर हुन्छ ।
मानव झिम्काउने समय लगभग ३००, ०००. ०००, ०००, ००० एटोसेकेन्ड वा ३००० ट्रिलियन एटोसेकेन्ड हो । प्रकाशले एक सेकेन्डमा लगभग ०.०००००००००३ मिलिमिटरको दूरी मात्र पार गर्नेछ ।
एटोसेकेन्ड टाइमस्केल धेरै छिटो घटनाहरू अध्ययन गर्न प्रयोग गरिन्छ, जस्तै अणुहरू भित्र अणुहरू र इलेक्ट्रोनहरूको गति, जसले वैज्ञानिकहरूलाई अत्यन्त उच्च गतिमा हुने प्रक्रियाहरू अवलोकन र विश्लेषण गर्न अनुमति दिन्छ ।न्युज कारखाना
काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ ।
ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ ।
मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अबैध बाटो हुँदै अमेरिका हिंडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।
ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरुले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरुको संख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ । ब्राजिलले राहदानीबाहकलाई प्रवेशआज्ञा लिएको भएमात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दुताबासले उल्लेख गरेको छ । ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोहि विमानमार्फत फिर्ता पठाइने तर विमास्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ ।
सोहि परिवर्तित कानुनका कारण यसपटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन् । तस्करको प्रलोभनमा अमेरिका छिर्नेक्रममा ब्राजिल पुगेका उनीहरुलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ ।न्युज कारखाना
प्रदिप कुमार दास, रौतहट ।
भदौँ ११ गते , मंगलबार । रौतहटको देवाही गोनाही नगरपालिकामा हालै विवादको केन्द्रमा रहेको मेला प्रकरणले नयाँ मोड लिएको छ।
नगर प्रमुख प्रेमलाल साह र मेला समितिका अध्यक्ष रंजन साहबीचको विवाद सार्वजनिक भएको छ, जसले स्थानीय समाजमा हलचल मच्चाएको छ। मेला समितिका अध्यक्ष रंजन साहले नगर प्रमुख प्रेमलाल साहले धरहरीको मेलाबारे सामाजिक संजालमा दिएको अभिव्यक्ति गलत र तथ्यहीन रहेको आरोप लगाएका छन्।
उनले मेयर साहको अभिव्यक्तिले मेला समितिको प्रतिष्ठामा आघात पुर्याएको बताउँदै, सामाजिक संजालमा फैलाइएका कुराहरुलाई निराधार भन्दै खण्डन गरेका छन्। रंजन साहका अनुसार, राम जानकी मठ ब्रहबाबा मन्दिरमा आयोजित मेलामा टिकटक कलाकारहरुलाई बोलाउने प्रस्ताव मेयर साहका आसेपासेहरुले अघि सारेका थिए।
तर, जब उक्त प्रस्तावलाई समुदायका युवाहरुले अस्वीकार गरे, तब मेयर साहले मेलामा सहभागी नहुने निर्णय गरेका थिए। यस्तै, अध्यक्ष साहले मेयर साहले मेला उद्घाटन कार्यक्रममा सहभागी नभएर, आफैंले चन्दा दिइएको १२,००० रुपैयाँ फिर्ता मागेको आरोप पनि लगाएका छन्। यसले मेलाको व्यवस्थापनमा थप जटिलता सिर्जना गरेको छ।
यो पहिलो पटक भने होइन, जब नगर प्रमुख प्रेमलाल साह मेलासँग सम्बन्धित विवादमा मुछिएका हुन्। गत वर्ष छठ पर्वको अवसरमा आयोजना गरिएको नाटक कार्यक्रम उद्घाटनमा पनि उनले विभिन्न प्रकारका ‘तमासा’ देखाएका थिए।
यस पटक पनि, श्रीकृष्ण जन्माष्टमीको मेला उद्घाटन कार्यक्रममा सहभागी नभइ, उल्टै सामाजिक संजालमा गलत सूचना फैलाएको मेला समितिमा आबद्ध सदस्यहरुले आरोप लगाएका छन्। विवाद बढ्दै जाँदा, स्थानीय बासिन्दाहरुले यो घटनालाई गम्भीर रुपमा लिएका छन् र यसको समाधानको माग गर्दै नगरपालिकाको नेतृत्वबाट पारदर्शिता र जिम्मेवारीको अपेक्षा गरेका छन्।
नगर प्रमुख र मेला समितिका अध्यक्षबीचको यो विवादले देवाही गोनाही नगरपालिकामा सामाजिक एकता र मेलमिलापमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
यो विवादले मेलाको मुख्य उद्देश्यलाई ओझेलमा पार्न सक्ने खतरा छ, जसले गर्दा आगामी दिनमा यस्ता गतिविधिहरुमा समुदायको सहभागिता र सहयोगमा ह्रास आउन सक्छ। अब यस विवादको समाधान कसरी हुन्छ र यसले नगरपालिकाको भविष्यमा के प्रभाव पार्नेछ भन्ने कुरा समयमै थाहा हुनेछ।
साे वडामा रहेको श्री आधारभूत बिधालय लक्ष्मीनिया दाे.राँगीमा बिधालयमा ३ वर्षकाे लागि नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ चयन भएको विव्यसकाे अध्यक्षमा सितराम चाैधरीलाई चयन गरिएको छ ।
साे समितिकाे सदस्यहरूमा डम्बर बहादुर रखाल,मन्जु श्रेष्ठ र साेविता देवी महताेलाई सर्वसम्मत रूपमा चयन गरिएको प्रधानाध्यापक विजय कुमार कुशवाहाले जानकारी गराएका हुन् । पूर्व निर्धारित सूचना अनुसार बिधालयका आयव्यय प्रस्तुत गर्न र नयाँ बिधालय व्यवस्थापन समिति चयन गर्न अभिभावक भेला बाेलाईएकाे थियाे ।
साथै साे भेलाबाट बिधालयका पूर्व प्रधानाध्यापक रामईश्वर गाेसाईलाई विदाई पनि गरिएको थियाे । साे भेलामा अभिभावकहरूले बिधालयकाे बारेमा आ-आफनाे गुणासाे र धारणा प्रस्तुत गरेका थिए भने त्यसकाे जवाफ प्रधानाध्यापक कुशवाहाले दिनु भएको थियाे ।
कुशवाहाले बिधालयकाे प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेसँगै बिधालयमा बिधार्थीकाे चाप बढेकाे र बिधालयकाे अवस्था सुधार भएको भन्दै अभिभावकहरूले प्रशंसा गरेका थिए ।
साे अवसरमा निवर्तमान अध्यक्ष कुमार सिवाकोटी,श्री जनता आधारभूतका प्रअ खुशि अख्तर देवान,शिक्षाप्रेमी जिवनाथ सिवाकोटी,संताेष रखाल,यूवा नेता विजय चाैधरी लगायतका अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरू, बुद्धिजीवी, भद्रभलादमी,पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।
आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् ।
अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन् । शाहको कार्यकाल दुई बर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।
मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।न्युज कारखाना
काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले फ्री-किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए । त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए ।
यस सिजनको पहिलो खेल बराबरी खेलेको अल नासरको यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल फेइहले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ । न्युज कारखाना
काठमाडौं । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको बर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेलपनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।
नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल र बंगालदेश यस प्रतियोगीताको एकै समुह ए मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अहिलेसम २०१५ र २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म २०१७, २०१९ र २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो । न्युज कारखाना
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।
गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए ।
मुलुकको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने निकायमा कार्यरत प्रहरी कर्मचारीहरुको सेवा, शर्त सम्वन्धीत कानून बनाउने जारी गर्ने विधायिकी अधिकार र विधायिकाले दिएको अधिकार अनुसार कार्यपालिकाबाट भइ आएको कानून बमोजिमको कामलाई बिना कानूनी आधार एकतर्फी सुनुवाईबाट जारी भएको अन्तिरम आदेश रद्द गर्न सर्वोच्चमा भ्योकट निवेदन दर्ता गरिएको कानून महाशाखाका प्रमुख रिजालले जानकारी दिए ।
प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए । भने सोही प्रकारको दाबी सहित सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।
न्युज कारखाना