कलैया । स्वास्थ्य उपचारको नाउँमा कैयौं अस्पतालले बिरामी लुट्ने काम गरिरहेको अवस्थामा बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले सानो समयमै बिरामीको मन जित्न सफल भएको छ।
अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित उपचारको कारण ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया बिरामी संगै अभिभावकको मन जित्न सफल भएको हो। कलैया बिरगंज सडकखण्ड अन्तर्गत कलैया ट्राफिक कार्यालय छेउमा मात्र ६ महिना अघि सञ्चालनमा आएको उक्त अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गर्दछन्।
बारा, पर्सासंगै रौतहटको बिरामी समेत उक्त अस्पतालमा उपचार गराईरहेको देखिएको छ। ओपिडीमा बिशेषज्ञ डाक्टर द्वारा बिरामी जाँच्ने, उपचार गर्ने हुँदा उक्त अस्पताल प्रती नागरिकको बिश्वास बढ्दै गएको पत्रकार आदर्श कुमार उपाध्यायले बताएका छन्। ए प्लस अस्पतालका बरिष्ट फिजिसियन डाक्टर बीकेश कुमार पाण्डेका अनुसार स्थापनाको सानो अवधिमा प्रदेश सरकारको सहयोगमा सैयौं महिलाहरुको आंग खस्ने रोगको निःशुल्क अपरेसन गरिएको छ।
बिरामी पता लगाउन बाराको कैयौं स्थानमा निःशुल्क उपचार शिविरको आयोजना गरिएको थियो। सोही शिविरहरुबाट छानिएर आएकी ११६ जना महिलाको आंग खस्ने रोगको ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा निःशुल्क अपरेसन गरिएको डाक्टर पाण्डेले जानकारी दिएका छन्। अस्पतालमा हाल २४ औं घन्टा प्रसूति सेवा, आइसियु, एनआइसियु , ल्याप्रोस्कोपीक, सर्जरी, लेजर सर्जरी सेवा दिइने गरिन्छ। पछिल्लो समयमा बढ्दै गएको सवारी दुर्घटना र महंगो उपचार लाई मध्यनजर गर्दै अस्पतालले सेवा उपचार राजधानीको चार्ज देहातको निति लिएको छ।
सोही नीति अनुसार ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा हड्डीको उपचार तथा अपरेसन अर्थोमा गोल्ड मेडलिस्ट एमबिबिएस एमएस डाक्टर आशिष यादव द्वारा भईरहेको छ। अहिले ओपिडी तर्फ ५० देखि ६० जना र हार्डजोर्नीको ३० देखि ४० बिरामी गरी दैनिक एकसयको हाराहारीमा उपचारका लागी आउने गरेको डाक्टर पाण्डेले जानकारी दिएका छन्।
कलैया आसपासका अस्पतालहरुमा पुरानै प्रबिधिबाट अपरेसन हुने हुँदा जोखिम संगै बढी खर्च पनी हुनेगरेको थियो। तर उक्त अस्पतालमा लेजर ( दूरबिन) बाट एउटा सानो प्वाल पारेर ठूला ठूला अपरेसन भईरहेको छ, जुन अपरेसन गरेको एकदुई दिनमै बिरामी घर जाने गर्दछन्। यसले बिरामीको अस्पतालमा बसाई पनि कम हुने र खर्च समेत कम हुने उनले बताएका छन्। एउटा दुर्घटनाको बिरामी उपचारका लागी बिरगंजका कैयौँ अस्पतालमा जाँदा तीनचार दिनमा लाखौंको बिल तिर्नुपर्दा कैयौं अभिभावक ठूलो समस्यामा पर्दछन्।
तर उक्त अस्पतालमा अन्य अस्पतालको तुलनामा एकदमै न्यून शुल्क लाग्ने गरेको रौतहटको गुजरा नगरपालिकाबाट बिरामी लिएर उपचारका लागी कलैया गएका अभिभावक उमाशंकर तिवारीले दाबी रहेको छ। हर्निया, एपेन्डिक्स, पेट चिरेर बच्चा, लगायत हार्डजोर्नीको अपरेसन सुबिधा काठमाडौंका अस्पताल सरह दिने र चार्ज देहात सरह लिनेगरेको डाक्टर बिकेश कुमार पाण्डेले जानकारी दिएका छन्।
उक्त अस्पतालमा उपचार तथा हार्ड जोर्नी अपरेसनमा अन्य अस्पतालको तुलनामा ४० देखि ५० प्रतिशत सस्तो हुनेगरेको डाक्टर पाण्डेले दाबी गरेका छन्। आफू विदेशमै बसेर पैसा कमाउन सकिन्थ्यो तर आफ्नो गाउँ समाजको सेवाको उद्देश्यले मात्र ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया सञ्चालन गरेको उनले बताए। ए प्लस अस्पताललाई भविष्यमा अझै सुबिधा सम्पन्न ट्रमा सेन्टर अस्पतालको रूपमा सञ्चालन गरेर गरीब, बिपन्न बर्गलाई समेत बिशेष सहुलियतमा उपचार सेवा दिने चाहना रहेको डाक्टर पाण्डेले प्रतिवद्धता जनाएका छन्।न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।
शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन् । शहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’
प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे । पटकपटक शहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका शहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’
त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।
जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उनले नेता कार्यकर्ताहरुलाई यसमा ध्यान दिन आग्रह गरे । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ र रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रूसी राज्य मिडिया आरटीले टेनेसी फर्मलाई ‘अमेरिकी दर्शकहरूलाई लुकेका रूसी सन्देशहरू उत्पादन गर्न र डेलिभर गर्न’ १० मिलियन डलर तिरेको आरोप लगाएक छन् ।
प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि प्रमुख छ । मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावमा रुसले आफ्नो नतिजा चाहेको अमेरिकाले आरोप लगाएका छन् ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए ।
अमेरिकी अधिकारीहरूले भने कि आरटी र अन्य रूसी राज्य मिडियाले गुप्त रूपमा अमेरिकी प्रभावकारीहरूलाई उनीहरूको गलत कामलाई समर्थन गर्न भर्ती गर्ने अभियान सञ्चालन गरेको छ ।
बाइडेन प्रशासनले आरटीका दुई जना प्रबन्धकलाई अमेरिकी भूमिमा रुस समर्थक प्रचार प्रसार गर्न आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।
आरटीका सम्पादक सिमोन्यानसहित दुई संस्था र १० जनामाथि प्रतिबन्ध लगाइएको छ । रूसको राज्य मिडियासँग सम्बन्धित कर्मचारीहरूको लागि भिसामा प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमा अमेरिकी जनतामाझ प्रचार फैलाउने ए आई उत्पन्न झुटो खबर फैलाउने ३२ इन्टरनेट डोमेनहरू बन्फ़ गरिएको छ । साथै अमेरिकाले रुसी समूहसँग सम्बद्ध ह्याकरहरूको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कारको घोषणा गरेको छ ।
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन ।
बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।” उनले भने ।
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ ।”
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । “दुई\तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” गृहमन्त्री लेखकले भने, “छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।” पत्रकार सम्मेलनमा उहाँले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गुरे । “दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।” उनले भने, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस ।”
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुईवटा प्रहरीका भवन उद्घाटन गरेका छन् । त्यसैगरि उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । चिनियाँ विश्वविद्यालयहरूको नयाँ पाठ्यपुस्तकले रक एन रोल, पप संगीत र इन्टरनेटलाई चिनियाँ युवाहरूमा ‘रङ क्रान्ति’ भड्काउन प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । राष्ट्रपति सी चिनफिङको वैचारिक नियन्त्रणलाई सुदृढ गर्ने दिशामा यो एउटा कदम रहेको बताइएको छ ।
बेइजिङले वर्तमान शासनलाई सत्ताबाट हटाउने उद्देश्यका साथ देशका जनतामा घुसपैठ गर्ने पश्चिमी देशहरूले गरेको प्रयासलाई वर्णन गर्न कोड ‘रङ क्रान्ति’ प्रयोग गर्दछ । यो पुस्तक राष्ट्रिय सुरक्षाको बारेमा रहेको बताइएको छ । गत हप्ता रिलीज भएको यो पुस्तक युवामाथि वैचारिक नियन्त्रण बलियो बनाउने पाइलाको रुपमा हेरिएको छ ।
चीनको कम्युनिष्ट पार्टी सरकारका प्रवक्ताले पिपल्स डेली पत्रिकालाई भनेका छन्- विश्वविद्यालयहरूमा राष्ट्रिय सुरक्षा पाठ सिकाउनका लागि ‘राष्ट्रिय सुरक्षा शिक्षा तयार पारिएको कलेज विद्यार्थीहरू’ पुस्तक प्रयोग गरिन्छ ।;
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार प्राथमिक र माध्यमिक विद्यालयहरूलाई पनि नयाँ पाठ्यपुस्तकहरू दिइएको छ, जसले राष्ट्रिय सुरक्षा र परम्परागत संस्कृतिलाई जोड दिन्छ ।
पुस्तकमा विश्वविद्यालयका विद्यार्थीहरूले पश्चिमी लोकप्रिय संस्कृतिप्रति सजग रहनुपर्ने र अनलाइन सर्फिङ गर्दा रङ क्रान्तिको जालबाट जोगिनु पर्ने उल्लेख छ । पुस्तकमा इन्टरनेट एक प्रमुख संचार माध्यम भएको, पप र रक संगीत जस्ता लोकप्रिय सांस्कृतिक तत्वहरू प्रायः ‘रङ क्रान्ति’ को आवरणको रूपमा प्रयोग गरिन्छ भन्ने उल्लेख छ ।
पुस्तकले ट्युनिसियाको २०१० को जस्मिन क्रान्ति र त्यसपछिको अरब विद्रोहलाई रंग क्रान्तिको उदाहरणको रूपमा प्रयोग गर्दछ र यी आन्दोलनहरूले ती देशहरूमा अस्थिरता निम्त्याएको तर्क गर्दछ । नयाँ पाठ्यपुस्तक सी जिनपिङले राष्ट्रिय सुरक्षाका विषयमा दिएको विभिन्न भाषणमा आधारित छ । सेप्टेम्बर २०१८ मा आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा सीले ‘विदेशी सेनाहरू’ बाट खतरालाई हाइलाइट गरेका थिए । न्युज कारखाना
काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ ।
योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहुर्का परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेका छन् ।
जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो ।
यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।
देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् ।न्युज कारखाना
काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।
मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन), टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी), रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड), डेकलान राइस (आर्सनल/ इङल्याण्ड), भिटिन्हा (पिएसजी/पोर्चुगल), कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन् ।
बेलुन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।न्युज कारखाना
कटहरिया,१९ गते भदौ ।
गर्मीबाट बच्न राैतहटकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज पंखा सहयोग गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ बडेडवामा रहेकाे श्री प्राथमिक बिधालयमा सेलिङ्ग पंखा वितरण गरिएको हाे ।
कटहरिया नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य मनाेज कुमार जयसवालले आफनाे व्यक्तिगत लगानीमा साे पंखाहरू उपलब्ध गराएका हुन् । एक कार्यक्रमका बिच साे बिधालयका प्रधानाध्यापक रामअयाेध्या यादवलाई ६ वटा पंखा तार बाेड सहित प्रदान गरेका हुन् ।
गर्मीका कारण बिधालयमा बिधार्थीहरू लाई पढन कठिन भईरहेकाे थियाे । साेकाे मध्यनजर गरि उनले पंखा उपलब्ध गराईदिएका हुन् । पछिल्लो समय केहि दिनदेखी मधेसमा दिउँसो अत्यधिक गर्मी बढेकाे छ ।
गर्मीबाट उकुस मुकुस भईरहेका बिधार्थीहरू अब उपरान्त राहत पाउने भएका छन् । साे अवसरमा यूवा नेता चन्देश्वर प्रसाद यादव,शिक्षक,शिक्षिका,बिधार्थीहरूकाे उपस्थिति रहेको थियो ।
राैतहट,१९ गते भदौ ।
राैतहटमा श्रोत नखुलेको रकम सहित मानिस पक्राउ परेकाे छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी, थाना बैरगनिया वडा नम्बर ११ बस्ने अन्दाजी बर्ष १८ को सत्यम भन्ने अनिकेत राज रहेका छन् ।
बुधबार बिहान १० बजे जिल्ला सदरमुकाम गौर स्थित वडा नम्बर १ स्थित सडक खण्ड बाट प्रहरीकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले दिएकाे जानकारी अुनसार गस्तीमा रहेको प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा नेपाल भारत सिमाना नजिक दक्षिण भारततर्फबाट उत्तर नेपालको गौर बजारतर्फ पैदल हिडी आउदै गरेका अनिकेतलाई पक्रेकाे हाे ।
उनी माथि शंका लागि चेकजाँच गर्दा दाहिने पट्टीको पिडुला फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।- (पचास हजार), सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) र बाँया पिडुलमा एन्कलेट (ईलाष्टिक) ले बाँधी राखेको ५००।- दरको नेपाली नोट रु. ५०,०००।–(पचास हजार) सोही खुट्टामा लगाएको जुता भित्र १०००/- दरको नेपाली नोट रु,१,५०,०००/- (एक लाख पचास हजार) गरी जम्मा नेपाली रुपैयाँ रु,४,००,०००/- (चार लाख) र दाहिने पट्टीको अगाडीको खल्तीबाट सैमसंग कम्पनीको स्क्रिनटच मोबाईल थान-१ समेत लुकाई छिपाई राखी ल्याएको अवस्थामा फेला परेकोले हाे ।
उक्त रकमको आवश्यक कागजात माग गर्दा श्रोत खुलाउन नसकेकोले सो रकम र मोबाईल सहित पक्राउ परेका अनिकेत राजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।
प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।
अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।
राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् । न्युज कारखाना