भक्तपुर ।
भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ ।
त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो ।
जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ ।
भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइदिएको हो ।
नगरपालिकाले पोखरीको डिल सार्वजनिक जग्गा भन्दै आएको भक्तपुर नगरपालिका वडा नम्बर १७ क को कित्ता नम्बर २४२ को क्षेत्रफल ५ रोपनी ६ आना जग्गा २०३३ साल १० महिना २० गते नै भक्तपुर क्याम्पसको नाममा दर्ता भएर आएको मालपोत कार्यालय भक्तपुरले जनाएको छ । मालपोत कार्यालय भक्तपुरका अनुसार उक्त जग्गाको किसिम धनहर अव्वल खेत रहेको र उक्त कित्ता एकलौटी रूपमा भक्तपुर क्याम्पसको नाममा तत्कालीन समयमा दर्ता भएको आएको हो । पोखरीको डिल भागमा रहेको भए पनि उक्त जग्गा पोखरीको भने नभएको कार्यालयले जानकारी दिएको छ ।
यता भक्तपुर नगरपालिकाले भने उक्त जग्गा भक्तपुर क्याम्पसले दर्ता गरेर लगेको यो पोखरी नै भएको भन्दै आएको छ ।
भक्तपुर क्याम्पसको नाममा रहेको जग्गामा बाटो खोल्ने नाममा भक्तपुर नगरपालिकाले क्याम्पस सँग कुनै पनि समन्वय नै नगरी उपभोक्ता समिति समेत बनाई सकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार लक्ष्मी नारायण राजलवटको अध्यक्षतामा बाटो खोल्नको लागि उपभोक्ता समिति समेत बनेको छ । तर उक्त समितिको विषयमा भने आफूहरूलाई केही थाहा नभएको भक्तपुर क्याम्पसकी प्रमुख कविता लुईटेलले बताउनुभएको छ ।
क्याम्पसमा हामी मात्र थियौँ नगरपालिकाले एक्कासि सयौँ मानिस कर्मचारी र नगर प्रहरी सहित दुई डोजर ल्याएर क्याम्पसको उत्तर पश्चिमबाट डोजर लगाउन थाल्यो कुनै पत्र तथा समन्वय विना किन खन्न लाग्नुभएको र पर्खाल तथा तार बार भत्काउनुभएको भनी हामीले विरोध गर्दा तपाई यहाँ बस्ने हैन हट्नु भनेर नगर प्रहरीहरूले बल जफत आफूलाई कुर्सीसहित नै उचालेर हटाइ बल जफत रूपमा क्याम्पसको पर्खाल विभिन्न संरचना गेट नै भत्काइदिएको बताउनुभयो । अव क्याम्पसमा न कतै बार छ न गेट छ क्याम्पस बिदा पनि छ यो समयमा भक्तपुर क्याम्पसमा चोरी भयो भने के गर्ने सिसि क्यामेरा समेत नगरपालिकाले उखालिदिएको छ । खानेपानीको स्रोत तथा पानी तान्ने मेसिन घर समेत भत्काइदिएको छ अव क्याम्पस खोल्ने बित्तिकै कसरी पानीको जोह गर्ने यस्ता विषयमा अन्योल भएको उहाँले बताउनुभयो ।
नगरपालिका र क्याम्पस दुवै सार्वजनिक संस्था हुन र एक आपसमा समन्वय भएर नै काम गर्नु पर्नेमा नगरपालिकाले डन पारामा आएर पर्खाल र मेन गेट भत्काउनु लाजमर्दो कुरा भएको भक्तपुर क्याम्पसका स्ववीयू सभापति पुकार पराजुुलिले बताउनुभयो । उहाँहरूले यस्तो डन पारामा क्याम्पसको संरचना भत्काउनुभनेको नगरपालिका केटाकेटीले चलाए जस्तो भयो दूरगामी सोच भएकाहरूले नगरपालिका चलाउँदा रहेनछन् । हामीले एक्कासि पर्खाल र गेट भत्काउँदा हुन सक्ने समस्याका विषयमा नगरपालिकाका प्रमुखलाई फोन गर्दा उहाँले फोन सम्म उठाउनुभएन क्याम्पस बाट गएका कुनै पनि फोन नगरपालिकाका कसैले पनि उठाएनन् अहिले पर्खाल भत्काइएको छ गेट तोडफोड भएको छ पर्खालमा सुरक्षाका लागि लगाएको तार तथा बारमा प्रयोग भएको फलाम यत्र तत्र छरिएको छ नगरपालिकाले भत्कायो अनि भाग्यो यस्तो पारा पनि हुन्छ त यो त सरासर हेपाहा प्रवित्ती भएको उहाँले बताउनुभयो ।
यस विषयमा भक्तपुर नगरपालिकासँग बुझ्दा नगरपालिकाले भने पोखरीको डिल क्याम्पसको नाममा भएको भए पनि यो पोखरीको नै हो यो कुनै पनि हालतमा हामी क्याम्पसको हुन दिँदैनौ र क्याम्पसका पुराना संरचना पनि अहिले सम्म नक्सा पास भएका छैनन् यस विषयमा हामी बोलेका छैनौँ र पर्खाल र गेट २०३२ साल अगाडी नै बनेको भए पनि यो पनि नक्सा पास नभएको नगरपालिकाको भनाई रहेको छ ।
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् । तेस्रो जनआन्दोलनको उदघोष गरेका उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान समेत गरे ।
आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारी स्थित रोज पार्टी प्यालेसमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए । वर्तमान सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउनुको विकल्प नभएको समेत उनले बताए ।
सत्तारुढ सातदलीय गठबन्धनले हिजो सडकबाट अराजकता मचाउने र व्यवस्था तथा सरकारको विरोध गर्दै बिकल्प खोज्ने काम अस्वीकार्य रहेको बताउदै गर्दा त्यसको काउण्टरमा आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ।
त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन् । स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन् ।’ विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो ।
त्यसैले निरास जनताले यसको बिकल्प खोजिरहेका छन्’ आजपा अध्यक्ष साहले भने । सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको उनले बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।
अहिले दशैं बितेको छ । दिपावली तथा छठ पर्वको तयारीमा आम नेपाली रहेको बताउँदै यस्तो चाडपर्वको बेलामा समेत सरकारकै संरक्षणमा कालोबजारी र महंगी अकाशिएको साहले बताए । नुन, तेल, तरकारी सहित हरेक बस्तुको भाउ बढेको, कालोबजारी भईरहेको भए पनि सरकार मुकदर्शक जस्तै तमासा देखिरहेको उनले बताए । ‘यो सरकार लुटधन्दामा लागेको छ । लुटेरा र भ्रष्टलाई जोगाउने, संरक्षण दिइरहेको सरकारले बिभिन्न बाहाना र नाममा कर माथि कर लिने गरेको छ । जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लेटेर विदेशमा थुपार्नेहरु शासक भएका छन् । तर नेपाल बनाउन चाहने आम जनता शासित छन् ।
के यसको बिकल्प दिनुपर्दैन ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले अगाडी थपे, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा हरेक समानहरु सस्तो छ तर नेपालमा किन महंगो छ ? भारतमा एक लाखमा पाउने मोटरसाईकल नेपालमा किन ४ लाख ? लताकपडा, खाद्यन्न लगायतका सबै बस्तु भारत र चीनमा सस्तो हुने । तर हामी जस्तो सानो र थोरै जनसंख्या भएको देशमा सबै बस्तु महंगो हुने । उनीहरुभन्दा त सस्तो हाम्रोमा हुुनुपर्ने हाईन र, तर यहाँ सरकार त लुटेरा छ ।
करमाथि कर लिन्छ, सेवा शुन्य छ । तर पनि हामी कहिलेसम्म चुप लागेर बस्ने ?’ आजपाका जिल्ला संयोजक इन्दल साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष बिल्टू यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको थियो ।
राैतहट,०५ गते कार्तिक ।
राैतहट सदरमुकाम गाैरमा नेपाल कम्युनिस्ट पार्टीको समाजवादीले विराेध प्रदर्शन गरेको छ । नेकपा(एकीकृत समाजवादी जिल्ला कमिटी रौतहट द्वारा सदरमुकाम गौरमा नेपाल सरकार विरुद्घ विरोध प्रदर्शन गरेको हाे ।
रौतहट जिल्लालाइ विभेदपूर्ण व्यवहार गरेकोमा सरकारलाई ध्यानाकर्षण स्वरुप विराेध प्रदर्शन गरिएको हाे ।
गौर,बौधिमाइ ,ईशनाथ,कटहरिया,माधवनारायण,गढिमाइ, यमुनामाइ लगायतका पालिकामा असोज १०,११,१२ गते आएको विनासकारी बाढिले ठूलो क्षती पुर्याउँदा समेत सरकारले विपद् संकटग्रस्त क्षेत्रमा समावेश नगरेको भन्दै विराेध प्रदर्शन गरिएको हाे ।
विभेदगरेको भन्दै नेकपा(एस) रौतहट जिल्ला कमिटीद्वारा विभिन्न माग सहित विराेध प्रदर्शन गरिएकाे हाे । साे पार्टीले छुट भएका पालिकालाइ बाढी ग्रस्त पालिका घोषणा गर,बाढी पिडितलाई उचित राहत व्यवस्था गर,क्षती ग्रस्त संरचना पुनर निर्माणको व्यवस्था गर,बाढी पिडित किसानहरुलाइ राहत र अनुदान को व्यवस्था गर लगायतका माग सारेको छ ।
आरके श्रीवास्तव,राैतहट,०४ गते कार्तिक ।
रौतहटको कटहरियामा औषधिको अभावमा एक जना बिरामीको मृत्यु भएको छ । कटहरिया बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधि दुवैको अभावमा बिरामीको मृत्यु भएको हो ।
कटहरिया नगरपालिका वडा नम्बर १ निवासी नखवा देवीकाे शनिबार राति मृत्युु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराउन गएकी देवीकाे उपचारकै क्रममा निधन भएको हाे । यस अघिकाे स्थानीय सरकार भएको अवस्थामा राैतहटका विभिन्न नगरपालिकाका साथै बारा जिल्लाबाट पनि बिरामी आउने गरेको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्र अहिले सम्हाल्नै नसकिने बिरामी अवस्थामा पुगेको छ ।
वर्तमान नगर प्रमुख प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन सुधारको लागि ध्यान नदिएर आफ्नै मानिसको सरुवा र व्यवस्थापन गर्नमा व्यस्त रहेका कारण कटहरिया नगरपालिकाको शिक्षा र स्वास्थ्य ध्वस्त बन्दै गएको देखिएको छ ।
स्थानीय देवेन्द्र यादवले कटहरिया नगरपालिका वडा नम्बर ४ हर्षाहामा निम्न माध्यमिक विद्यालय संचालन रहेको भए पनि जम्म दुई दरबन्दी छन् । नगरपालिकाको शिक्षा तथा स्वास्थ्यको समस्या समाधान गर्नुको साटो नगर प्रमुख हेडमास्टर र डाक्टरको सरुवा तथा आफ्नो मानिसको व्यवस्थापनमा लागेको आरोप यादवको रहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न बुद्धिजीवीहरुले नगर प्रमुख अजय प्रकाशलाई आग्रह गरेका छन् । कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहा प्रतिक्रिया दिदै भन्छन्- औषधि र खाजामा माेलताेल गर्दै नगप्रमुख जयसवाल हैरानछन् । कटहरियाका स्थानीय श्याम यादवले शिक्षा र स्वास्थ्यमा कमिशनकाे खेल बन्द गर्न सुझाव दिएका छन् । यस विषयमा सराेकारवाला व्यक्तिहरू सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेको छैन् ।
ओम प्रकाश यादव कार्तिक ४ गते, रौतहट।
तहटका पाँच वटा स्थानिय तहका प्रमुखहरूले आफूहरुको पालिकालाई सरकारले बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बझाएका छन् ।
गएको असोज १० गतेदेखि १२ गतेसम्म देशभर भएको भारी वर्षाका कारण आएको भिषण बाढीबाट आफूहरुको पालिका नराम्ररी प्रभावित भएको भएपनि सरकारले घोषणा गरेको विपद् संकटग्रस्त क्षेत्रको सूचीमा आफूहरुको पालिकाको नाम समावेश नगरी आफुहर संग चरम विभेद गरेको भन्दै जिल्लाका पाँच वटा स्थानिय सरकारका प्रमुखहरूले आईतबार रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका हुन्।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवी, बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादव र यमुनामाई गाउँपालिकाका अध्यक्ष महम्मद सउदले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी रेग्मी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले बाढीले अति प्रभावित गौर नगरपालिका, माधव नारायण नगरपालिका, बौधीमाई नगरपालिका, इशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन्।
बाढीबाट ठूलो संख्यामा भौतिक संरचना र हजारौं हजार बिघामा लगाइएको धान बाली पूर्ण रूपमा नष्ट भई करोडौंको क्षति हुँदा पनि सरकारले यी पाँच वटा पालिकालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा नगरी आफूहरुसँग राज्यले सौतेला व्यवहार गरेको नगर प्रमुखहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्। लगातारको भारी वर्षाबाट असोज १३ गते बागमती र लाल बकैया नदी सहित विभिन्न खोलामा आएको बाढीबाट जिल्लाको अधिकाँश भु-भाग डवानमा परेर ठूलो भौतिक संरचनाको क्षति भएको थियो ।
बागमती नदीले गढीमाई नपाको लक्ष्मिपुर र धरमपुर तथा राजदेवी नपाको बाँध फुटाएको र लाल बकैया नदीले झौवा, हर्षाहा, मर्यादपुर, इनर्वा, तेजापाकड, वैरियाको बाँध कटान गरेर स्थानीयहरुको घरमा बाढी प्रवेश गरेर ठूलो क्षति भएको छ । बाढीका कारण किसानहरुको हजारौं विगहामा लगाइएका धान बाली नष्ट भएको र व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति भएपनि राष्ट्रिय विपद जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले यी पालिकाहरुको नाम संकटग्रस्तको सूचीमा नराखेकोमा नगर प्रमुखहरुले विज्ञप्तिमा सरकार प्रति निकै आक्रोश पोखेका छन् ।
यी नगर प्रमुखहरुले गत असोज २१ गते पनि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै बाढीबाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी यहाँका किसान, व्यापारी र स्थानीय बासिन्दाहरुको असहनिय पीडालाई चाँडै सम्बोधन गर्नुपर्ने माग गरेका थिए । तर उक्त मागलाई बेवास्ता गर्दै रौतहटका पाँच वटा पालिकालाई मात्रै बाढी प्रभावित पालिका घोषणा गरेर हामीहरु संग राज्यले सुनियोजित रुपमा विभेद गरेको ठहर गर्दै आज पुनः प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए।
नेपाल सरकारको गृह मन्त्रालयको नेपाल राजपत्र खण्ड ७४ असोज २१ गते २०८१ साल अतिरिक्त ३३ मा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको विभिन्न ५ स्थानीय तह गढीमाई, राजदेवी, राजपुर, परोहा नगरपालिका र दुर्गाभग्वती गाउँपालिका लाई मात्र विपद संकटग्रस्त घोषणा गरिएकोमा सो तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए ।
गढीमाई नगरपालिकाको एउटा वडा मात्र बाढीबाट प्रभावित हुँदा सरकारले उक्त पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको तर माधव नारायण नगरपालिकाको चार वटा वडा बाढीले अति प्रभावित हुँदा पनि राज्यले माधव नारायणलाई संकटग्रस्त क्षेत्र घोषणा नगरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगर प्रमुख यादवले बताए।
वागमती र लालबकैया नदी छेउमा रहेका गौर, माधवनारायण, इशनाथ, बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका बाटीबाट अति प्रभावित भएपनि विपद संकटग्रस्त क्षेत्र घोषणा नभएकोमा दुखेसो पोख्दै माधवनारायणका नगर प्रमुख बैजनाथ प्रसाद यादवले राज्यले सम्बोधन गर्न इन्कार गरेको महसुस भएकोमा विपद संकटग्रस्त क्षेत्र समावेश गर्न छुट भएकोमा यी पालिकाहरुलाई समावेश गरी यहाँका जनताहरुको आलो घाउँ माथि मलहम लगाउनका लागि समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउनका निमित्त यो ज्ञापन पत्र बुझाइएको उनले स्पष्ट पारे ।
विपद् पीडित जनताको पीडा राज्यले समयमै सम्बोधन नगरे संघीय सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरूले चेतावनी दिएको विज्ञप्तिमा जनाइएको छ।
जनकपुरधाम,०१ गते कार्तिक ।
मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यू मैथिली विकास काेषकाे जनकपुरधाम उपमहानगरपालिका-८ स्थित निर्माणाधीन भवनकाे बिहीबार भ्रमण अवलाेकन गर्नुभएकाे छ ।
मुख्यमन्त्री सिँहलाई काेषका अध्यक्ष जीवनाथ चाैधरी, नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामसराेज यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमाेद चाैधरी, श्याम शशिलगायतले स्वागत गर्नुभयाे ।

प्रदेश सरकारकाे सात कराेड रूपैयाँकाे लगानीमा पाँच कट्ठा क्षेत्रफलभित्र निर्माण भइरहेकाे काेषकाे भवनमा साँस्कृतिक सङ्ग्रहालय, पुस्तकालय, मिथिला लाेकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल लगायत रहनेछन् ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेकाे काेषले दुई वर्षकाे अन्तरालमा जनकपुर साहित्य महाेत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महाेत्सवकाे आयोजना गर्दैआएकाे छ ।
काेषले गत तीन वर्षयता मासिक कथा एवम् कवि गाेष्ठी आयोजना गरिरहेकाे छ । मैथिली भाषा एवम् साहित्यसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेकाे काेषले ५१-५१ हजार राशिकाे पुरस्कारसमेत स्थापना गरेकाे छ ।
प्रेमचन्द्र झा,३० गते असाेज, राैतहट ।
जिल्ला प्रहरी कार्यालय राैतहटले एक विशेष कार्यक्रम गरि ६९औ स्थापना दिवस बुधवार मनाएका छन । सो विशेष कार्यक्रमका प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नेपाल प्रहरीकाे जिम्मेवारी धेरै रहेकाे बताएका छन ।
नागरिककाे सुरक्षा देखि बाटो घाटो, धरझगडा , आली पैनी, चाेरी , तस्करी , वन जंगल, खाेला नाला,वालुवा गिट्टी समेत प्रहरीले रक्षा गरि दिनु पर्ने अवस्था रहेकाे बाेल्देे प्रजिअ रेग्मीले नेपाल प्रहरी छ भने राज्यको उपस्थिति छ छैन भने राज्य छैन ।
समयमा प्रहरी पुगेन भने कुन बेला चक्का जाम हुन्छ भन्न सकिन्न । राज्यको उपस्थिति देखाउनका लागि पनि प्रहरी पुग दिनु पर्ने अवस्था रहेकाे उनले बताए । सिमित साधन स्रोतको बावजुत नेपाल प्रहरीले राैतहटमा यति राम्रो सग काम गरेकोमा जिल्ला प्रहरी प्रमुख देखि चाैकी सम्म खटेका प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
काम गर्ने शिलशिलामा भएका कमिकमजोरीलाई आगामी दिनमा सुधार गर्दै जनताले खाेजे जस्तो सेवा राैतहटमा नेपाल प्रहरीले दिने कुरामा प्रमुख जिल्ला अधिकारी रेग्मीले विश्वास व्यक्त गरेका छन ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केसरी , उधाेग वाणिाज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले प्रहरीले वाढपिडित तथा आगलगी लगायत दैवीप्रकोपका घटनामा जनताको जिउ ज्यानको रक्षाका लागि गरेका प्रयत्नको साराहना गरेका थिए ।
सो अवसरमा नेपाली सेना विरदल गणका गणपति किशाेर अधिकारी , सिमा सुरक्षा बल राैतहटका प्रमुख विक्रम हुमागांई,राष्ट्रिय अनुसन्धान विभाग राैतहटका प्रमुख अभिनय कुमार सिंहको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख अतिथि रेग्मीले ईलाका प्रहरी कार्यालय राजपुर फरहदवाका जग्गा दाताका परिवारलाई सम्मान गरेका थिए। कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख ,संघ संस्थाका प्रमुख , संचारकर्मी , पुर्व प्रहरी तथा अमर प्रहरीका परिवार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पुर्ण रुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन् ।
भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको बताउदै उनले भ्रष्टाचारी, लुटेरा र अनियमितता गर्नेहरु नै शासन व्यवस्था सञ्चालन गरिरहेको गम्भिर आरोप लगाए । उनले राज्यले नै भ्रष्टाचारीलाई संरक्षण दिएको बताए ।
बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्नुपर्ने बताए । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।
सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ । ‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ ।
भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । मुलुकको आर्थिक अवस्था संकटमा छ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ ।’ गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ ।
तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए । सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे ।
उनले सबै भ्रष्टाचारीहरुलाई कारवाही कहिले हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न समेत गरेका छन् । ‘अहिले हामी के देखिरहेका छौँ भने सरकारमै भ्रष्टाचारीहरूको बाहुल्यता रहेको छ । त्यही सरकारले सरुवा, बढुवा, नियुक्त गर्ने अख्तियार सहितका निकायले समेत भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार गर्नेहरूले संरक्षण पाइरहेका छन् । राज्यकै संरक्षणमा देश लुट्ने काम भइरहेको देखिन्छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई नियुक्ति गरिरहेको छ । यस्तो अवस्थामा भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ ?’ विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप लगाउँदै उनले स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको बताए ।
राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुन्डी कारोबार मार्फत अर्बौ रकम विदेश गइरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे ।
काण्डैकाण्ड, भ्रष्टाचार, अनियमितता, कुशासनले आजित आम जनता यसको बिकल्प खोजिरहेको बताउँदै उनले भ्रष्टचार र भ्रष्टहरुका बिरुद्धमा जनकारवाही र सडक आन्दोलनको बिकल्प नभएको बताए । साथै उनले ऐतिहासिक शहर कलैयाको बिकासमा सरकारले ध्यान नदिएको गुनासो गरे । हुलाकी राजमार्ग अन्तरगतको पिलुवा–कलैया–मटिअर्वा सडक अन्तरगतको कलैयामा ३ किलोमिटर सडक कालोपत्रे कहिले हुने भन्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे ।
यस क्षेत्रबाट प्रदेश र संघमा एमालेकै नेता बिजयी भएको र केन्द्रमा एमालेकैै अध्यक्ष ओली प्रधानमन्त्री भएको तर पनि कलैयाको सडक कालोपत्रे गर्नमा किन ढिलाई भएको भनेर जनता जान्न चाहेको बताए । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रसंग जोडिएको बीरगंज, कलैया, गढीमाई, सिम्रौनगढ हुदै पुर्वपश्चिम रहेको हुलाकी राजमार्गलाई कम्तीमा पनि छौं लेनको बनाउँन आवश्यक रहेको बताउँदै आजपा अध्यक्ष साहले जनस्तरबाटै बहिरा सरकारलाई दबाब दिनुपर्ने बताए ।
आम बिद्यार्थी मोर्चाका बारा अध्यक्ष कृष्ण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका बरिस्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, अशोक राई नेतृत्वको जसपाका नेता एंव संबिधान सभा सदस्य प्रमोद गुप्ता, जसपाकै नेता एंव मधेस प्रदेश सभाका पुर्व बिधायक पारस साह, नेकापा (माओबादी केन्द्र) कलैया नगरकमिटी अध्यक्ष मुकेश साह आजापा सचीव उमेश कुशवाहा, जनमत पार्टी बारा ईन्चार्ज शिवनाथ पटेल, आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साह आजपा नेताहरु बिजय यादव निर्बिज, श्रीनारायण पटेल, राजकिशो साह सहित विभिन्न पार्टीका नेताकार्यकर्ता सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।
काठमाडौँ, असोज ३० गते ।
विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो ।
एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिनुभयो ।
विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राख्नुभयो ।
जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गर्नुभयो ।
समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्छ भन्नुभयो ।
एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उहाँलाई बिदाई गरिएको थियो । त्यस क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।
एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट भोजनको आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।
राैतहट,३० गते असाेज ।
ईशनाथ नगरपालिकामा जहिले देखि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता आउनू भएको छ त्यो दिन देखि ईशनाथ को जनता हरु बिकास को नमुना हेरिरहेको छ।
आज रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ टोल मोतिपुरमा छठ पर्व मनाउनका निम्ति छठ घाटको शिलान्यास नगर प्रमुख सिन्हा द्वारा सम्पन्न भएको छ। ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हाको विषेश पहल र वहाँको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे स्थानीय पत्रकार चन्दन कुमारले जानकारी गराएका हुन् ।
सो कार्यक्रममा, विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नम्बर ५ का वडा अध्यक्ष शेख नेशार, वडावसी बुद्धिजीवी समाजसेवी हरुकाे उपस्थितीमा आज छठ घाट शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय वासी ले गठन गरेको ‘छठ घाट व्यवस्थापन समिति र नगर प्रमुखको अथक प्रयासमा बन्दोबस्त भएको जग्गामा घाट निर्माण कार्य आज देखी पुर्ण रुपमा सुचारु भएको छ। कार्यक्रमका समितिका अध्यक्ष ले आगामी छठ पर्व भित्रै पूजाका निम्ति घाट तयार भइसक्ने जानकारी दिएका छन।