२०८३ बैशाख १४
२०८३ बैशाख १४

राकेश दास, रौतहट, चैत ०२ गते २०८१ ।

रौतहटमा अबैध रक्सी सहित मानिस पक्राउ परेको छ । बिहिवारका दिन जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी ले जनाएको छ ।

सो समानहरु अंदाजि मुल्य रु. १८ हजार २ सय रुपैया बराबरको रक्सी फेला परेको हो । सर–सामानहरु अंदाजि मूल्य रु. १ लाख रुपैया बरावरको बिआर ०५ डि ४३३१ र बिआर ०५ डि ३३११ नम्बरको मोटरसाईकल २ थान रहेको प्रेस बिज्ञप्तीमा उलेख रहेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने दरेश यादवको छोरा अंदाजि २० बर्ष को संतोष यादव पक्राउ परेको हो । उक्त समानहरु र मोटरसाईकल गरि जम्मा अंदाजि मुल्य रु. १ लाख १८ हजार दुई सय बराबरको सर–सामानहरु तथा

भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा बस्ने दरेश यादवको छोरा संतोष यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते फागुन ।

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो। नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुनुहुन्छ। गत स्थानीय तह निर्वाचनमा उहाँ यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो हुनुभएको थियो।

नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताउनु भयो।

चन्दन यादव,रौतहट,२४ गते फागुन ।

रौतहट । नेपाली काँग्रेस र एमालेको अहिलेको वर्तमान सरकारले उल्टोउल्टो गर्दै हिडेको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको मध्य भाग गरुडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विनासकाले विपरित बुद्धि झैं सरकारले लोडसेटिंग अन्तय गरेका नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिंङलाइ हटाउने निर्णय गलत रहेको बताए ।

देशमा फेरि राजा फर्किन्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए ।

‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’ प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’

माओवादि अध्यक्ष्। प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।

तराई–मधेश जागरण कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन् । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित वृहत् जन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उमेश कुमार साह,सप्तरी,२३ गते फागुन ।

सप्तरी प्रहरी नागरिकता सम्बन्धी कसुर र ठगीमा दुईजनालाई पक्राउ गरेका छन् । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने राजविराज ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव पक्रउ गरि सार्वजनिक गरेका छन् ।

असार २०८० मा एक जनाको हराएको नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए । बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,२३ गते फागुन ।

रौतहटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरिएको छ । तराई–मधेश अभियानका क्रममा रौतहट पुगेका प्रचण्डलाई सर्लाही बाट रौतहट प्रवेश गर्ने सिंगारमन धर्मपुरमा माओवादी नेता कार्यकर्ताहरूले भवय रुपमा स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश सांसद युवराज भट्टराइ,नेता विन्देश्वर यादव,अशोक जयसवाल,पूर्व सांसद देवेन्द्र पटेल,पूर्व राजयमन्त्री सत्यनारायण भगत,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी,अनेरास्ववियु नेता रामआधार यादव लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।

प्रचण्ड सहित माओवादीका नेताहरु सम्मीलित अभियान टिमले रौतहटको बख्री धर्मपुर स्थित जनयुद्धको क्रमममा १७ जना माओवादी नेता कार्यकर्तालाई राज्य पक्ष नेपाली सेनाले घेरा हालेर हत्या गरी एकै ठाउँमा गाडिदिएका थिए साही ठाउँमा पुगी अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको छ । हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेस प्रदेशको सप्तरी,सिरहा, सर्लाही हुँदै प्रचण्ड आज रौतहट आईपुगेका हुन् ।

शनिबार जिल्लाको परोहा नगरपालिकाको लौकाहामा हुने वृहत् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी नेता मेयर प्रत्यासी अन्सारीले जानकारी गराएका हुन् । जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको उनले जनाएका हुन् ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं १३ गते फागुन २०८१ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत्त खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पार्ल्यामेन्टको निर्वाचन हो। राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्ति विकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ,’ उनले भने।

त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन्। ‘तपाईंहरू जित्नेगरी स्ववियु तयारीमा जुट्नुहोस्। विद्यार्थीहरूको मन जित्ने काम गर्नुहोस्। पार्टी पूर्णरुपले नेविसंघको साथमा छ। कांग्रेस र यसका भ्रातृ संस्थाले तपाईंहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्,’ उनले भने।

वैधानिक रुपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्व विद्यालय र सरकार थप गम्भीर भएर कामगर्न आवस्यक रहेको उनले बताएका छन्। कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएको खण्डमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ।

‘विद्यार्थी नेता र विद्यार्थीको हकहितका लागि काम गर्ने संस्था स्ववियुको निर्वाचन प्रभावित हुनु हुँदैन। यसमा विश्व विद्यालय र सरकार गम्भीर हुनुपर्छ। निर्वाचन कुनै बहानामा प्रभावित भएमा हामी कडा प्रतिवाद गर्ने छौं,’ उनले भने।

समयमै नयाँ नेतृत्व चयन हुँदा त्यसमा ऊर्जा भरिएको हुने र क्याम्पस तथा विद्यार्थीको हकका लागि निकै लाभदायक हुने उनको भनाइ छ। ‘स्ववियुका माध्यमले नयाँ नेतृत्व चयन हुने र शिक्षामा गुणस्तरियता कायम गर्न सहयोग समेत पुग्ने भएकाले ,देशमा परिवर्तनको सम्बाहक बन्न, योग्य नेतृत्व लिन आकांक्षा बोकेर देशभर छरिएरका साथीहरू लाई चुनावमा होमिनुहोस ।स्ववियु जितेर तपाईंहरू नवीन ऊर्जाका साथ काम गर्नुहोला,’ उनले भने।

लोकतान्त्रिक मुलुकमा वैधानिक रुपले तोकिएकै समयमा चुनाव हुन आवश्यक रहेको समेत महरले औंल्याएका छन्। यस्तो हुन सके मात्र प्रजातन्त्र र लोकतन्त्र बलियो हुने उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरि सकेको छ।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ।

उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।