रौतहट,०४ गते जेठ । रौतहटको गरुडाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज नगरपालिकाको वडा न.–५ शिवनगरमा ऐतिहासिक कार्यको शुरूवात गरेका छन् । शिवनगर गौर चन्द्रनिगाहपुर सडक खण्ड देखि अनुमानित २५० मिटर पुर्व शिव मन्दिर जोड्ने नयाँ बाटोको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शुक्रबार शिलान्यास गरेका हुन् । जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा विगत २० औं वर्ष देखी न निस्केको नयाँ बाटो सडक आज नगर प्रमुख जयसवालले निकालेर ऐतिहासिक कार्यको थालनी गरेको स्थानीयहरुले बताएका छन् । मेन रोडको सहायक बाटो नहुदा धार्मिक नगरी शिवनगरमा आज सम्म कुनै किसिमको विकास निर्माणकार्य नभएर यो ठाँउ जिल्लामै पछाडी परेको स्थानीय बासीले दुख व्यक्त गरे । अरुले गर्न न सकेको कार्य नगर प्रमुख जयसवालले गर्दा स्थानीयहरु खुशी हुँदै नगर प्रमुख जयसवालको खुलेर प्रशँसा एवं सराहना गरेका छन् ।
रौतहट,०४ गते जेठ । रौतहटको कटहरियामा आज जानकी जयन्ती मनाइएको छ । कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख शियाराम कुशवाहको सक्रियतामा जिल्लाको कटहरिया नगरपालिका स्थित कटहरियामा रहेको जानकि मन्दिर देखि झाकी समेत निकालि धुमधामका साथ जानकी नवमी मनाइएको छ ।
कटहरिया स्थित रहेको राम जानकी मठ (त्यागी बाबा)को मन्दिरबाट निकालिएको शोभायात्रा कटहरिया गाउँ बजार परिक्रमा गरिएको थियो ।
विभिन्न बजागजा सहित शोभायात्रा निकालिएको हो । शोभायात्रामा कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख सियाराम कुशवाहा, स्थानिय भद्र भलादमी, महिला लगायत विभिन्न राजनितिक दलका नेता कार्यकर्ता श्रद्धालु भक्तजन, मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकी राष्ट्रिय विभूति जगत जननी सिता माताको जन्मोत्सव आज कटहरियामा पुर्व मेयर सियाराम कुशवाहाको नेतृत्वमा बिशेष भव्यताका साथ मनाईएकोछ । सिता माताको रथयात्रा सहित त्यागी बाबा मठमा आयोजित जानकी जयन्ती बिशेष समारोहमा विभिन्न सांस्कृतिक टोलीद्वारा धार्मिक कला प्रस्तुति गरिएको थियो ।
कटहरिया नगरपालिकामा तत्कालीन मेयर सियाराम कुशवाहाले २०७६ साल देखि निरन्तर जानकी जयन्ती मनाउदै आएकोछ । नगरप्रमुखमा सियाराम कुशवाहा पराजित भएपनि व्यक्तिगत पहलमा प्रत्येक वर्ष जानकी जयन्ती मनाईदै आएका छन् ।
गौर, ४ जेष्ठ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित पूर्व पछिम राजमार्गमा शुक्रबार बिहान यात्रु बाहक बस दुर्घटना भएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने लच्कामा पूर्व बाट पछिम तर्फ आउदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो। जनकपुर बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रु बाहक बस राजमार्गको लच्कामा दुर्घटना हुदा चालक सहित ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा परि घाइते हुने यात्रुहरुको अवस्था खतरामुक्त रहेको छ। बसको चालक धनुषा जनकपुर ७ घर भएका राजकुमार मण्डललाइ प्रहरीले हिरासतमा लिन सफल भएका छन् मण्डलको बाया हातमा चोट लागेका हुन। दुर्घटनामा परि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ का मानबहादुर परियार, सर्लाही हरिवन–१ का सुरज कुमार भुजेल, उनको श्रीमती रीता भुजेल र २ वर्षकी छोरी रिसुजा भुजेल,बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद अली हुसेनको टाउकोमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा ओभर टेक गर्न खोज्दा दुर्घटना हुन पुगेको अनुमान रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक गौरब महतले जनाएको छ। घाइते भएका मध्ये १२ जना सामान्य उपचार पछि घर फर्किएका छन् भने १ जनालाइ चन्द्रपुर अस्पतालले थप उपचारको लागि काठमाडौँ पठाएका छन् बाकी २० जनाको सिविल अस्पतालमा उपचार भई रहेको उहाले जानकारी दिएका छन्।
गौर, ४ जेठ । रौतहट जिल्लाको भारतीय सिमा संग जोडिएको नाका बन्द हुने भएको छ। भारतमा भई रहेको लोक सभाको निर्वाचन अन्तर्गत सितामाढी र पुर्बी चाम्परण जिल्लामा हुने निर्वाचनलाइ लिएर नेपाल भारत सिमा ७२ घण्टा अगाडी नै बन्द हुने भएको हो। सितामाढी जिल्लामा २० मे २०२४ तथा पुर्बी चाम्परण जिल्लामा २५ मे को हुने निर्वाचनको लागि ७२ घण्टा अगाबै देखी नेपाल भारत सिमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नेपाल भारत सिमा संयुक्त समन्वय समितिको बैठक अनुसार मतदान हुनु भन्दा ७२ अगाडी नै सिमा नाका बन्द गर्ने भएको सहमति अन्तर्गत बन्द हुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। सितामाढी जिल्लामा हुने निर्वाचनको लागि जेष्ठ ५ गते राती १२ बजे देखी जेष्ठ ७ गते राती १२ बजे सम्म रौतहटको राजदेवी नगरपालिका ९ ब्रहम्पुरी देखी इशनाथ नगरपालिका वडा नम्बर १ बन्जाराहा नाका बन्द रहने छन्। मे २५ मा पुर्बी चाम्परण जिल्लामा हुने निर्वाचनको लागि जेष्ठ १० गते राती १२ बजे देखी जेष्ठ १२ गते राती १२ बजे सम्म इशनाथ नगरपालिका वडा नम्बर १ देखी बौद्धिमाइ नगरपालिका वडा नम्बर ७ बंकुल सम्मको सिमा नाका सिल रहने छन्। निर्वाचनमा कुनै किसिमको अपराधीक गतिबिधि नहोस भन्ने उदेश्यले नेपाल भारत सिमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। न्युज कारखाना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ ४ गते शुक्रवार तदअनुसार मे १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको नवमी बिहान९:४ सम्म तत्पश्चात दशमी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । व्याघात योग । चन्द्र राशि सिंह । यो अशुभ योग हो ।
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष
समय ठिक छ । स्वास्थ्यमा समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ८
वृष
समय मध्यम छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।
• शुभ रंग: निलो
• शुभ अंक – ५
मिथुन
समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कर्कट
समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।
• शुभ अंक – ६
• शुभ रंग : सेतो
सिंह
समय मध्यम छ ।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ५
कन्या
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ६
तुला
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: निलो
• शुभ अंक – ४
बृश्चिक
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
• शुभ रंग: रातो
• शुभ अंक – ९
धनु
समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ६
मकर
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: कालो
• शुभ अंक – ९
कुम्भ
समय मध्यम छ । आफ्नो कार्य क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।
• शुभ रंग: रातो
• शुभ अंक – ५
मिन
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।
• शुभ रंग: पहेलो
• शुभ अंक – ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
धनगढी, ३ जेठ । अछाममा सवारी दुर्घटनामा परी दुई सञ्चारकर्मी घाइते भएका छन्। कैलाश खोला नजिक बिहीबार दिउँसो भएको दुर्घटनामा रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत २२ वर्षीया रेनुका परियार घाइते भएका हुन्।
उनीहरू सवार से ६ प ७९९९ नम्बरको मोटरसाइकल तुमाखाँद गाउँपालिका–८ का रोशन रिमालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको हो। जिल्लाको ढकारी गाउँपालिका–१ का बुढाको हातमा चोट लागेको प्रहरीले बताएको छ। रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरू उपचारपछि घर फर्किएका छन्।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउदै घिन लाग्दो मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ???’
कांग्रेसले सहकारी ठगि प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।न्युज कारखाना
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज भएको छ ।
निर्वाचन आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय मिडियाहरुले उनको उम्मेदवारी अस्वीकृत भएको बताएका छन् ।
उम्मेदवारी खारेज भएपछि श्याम रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका छन् ।
यद्यपी, उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दाबी गरे । उनको उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका थिए ।न्युज कारखाना