२०८३ असार १
२०८३ असार १

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

हेलीकप्टरमा सवार इरानका राष्ट्रपति र विदेशमन्त्रीसहित सबैको मृत्यु भएको तास्निम न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।

उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन् ।न्युज कारखाना

काठमाडौँ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो ।

यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ ।

पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् ।

यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन् ।

यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं चरणको १ जुनमा मतदान हुने छ । मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् ।

यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो ।

टर्किले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनाको स्थल पत्ता लगाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहेका थिए ।न्युज कारखाना

 

महोत्तरी 

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ गरेको हो ।

सनिवार एक कार्यक्रमको विच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भैइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।

सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय  निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर  अवलोकनका हिसावले त्याँहा भन्दा  बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।

यती हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी माहासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर  आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो वढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरिगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्न समेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र  विकासमा परिचालन हुनुपर्ने वताउदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उन्को भनाई छ ।

माहासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरि हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना वनाएको छ ।

वाराको जितपुर सिमरा उपमाहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमवाट उत्साहित भएका व्यवसायीहरु निजि लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन । पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भुमिका रहने वताउदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा बिस्वस्त दिलाए ।  न्युज कारखाना

 

काठमाडौँ । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानसँग भेटवार्ता गरेका छन् । सो क्रममा दुई देशबीच सुरक्षा सम्झौता र नागरिक आणविक सम्झौताबारे छलफल भएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौता अन्तर्गत अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउनेछ । गत वर्ष अमेरिकाले इजरायल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध सुरु गर्न ब्याकडोर वार्ता गरिरहेको थियो ।

यस अवधिमा उनले इजरायललाई मान्यता दिने बदलामा साउदीलाई नेटो स्तरको सुरक्षा उपलब्ध गराउने प्रस्ताव राखेका थिए । यस वर्षको मे महिनाको सुरुमा एउटा रिपोर्ट बाहिर आएको थियो जसमा अमेरिका र साउदी अरेबिया सुरक्षा र आणविक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न निकै नजिक रहेको बताइएको थियो ।

यूएस एटोमिक एनर्जी एक्ट १९५४ अन्तर्गत अमेरिकाले केही सर्तहरूमा अन्य देशहरूलाई आणविक सहायता उपलब्ध गराउन सक्छ। यसका लागि यी देशहरूले ९ शर्त पूरा गर्नुपर्नेछ । यसमा आणविक हतियार बनाउन आणविक प्रविधिको प्रयोग नगर्ने र अन्य कुनै पनि देशसँग गुप्तचर जानकारी आदान प्रदान नगर्ने समावेश छ।

साउदी विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो। तर, साउदी युवराजले देशको अर्थतन्त्रको तेलमा निर्भरता घटाउन चाहेका छन् । यसका लागि उनले ‘भिजन २०३०’ योजना पनि बनाएका छन् ।

यस योजनाका लागि साउदी नवीकरणीय ऊर्जा उत्पादन गरेर उत्सर्जन घटाउन चाहन्छ। यो लक्ष्य हासिल गर्न परमाणु ऊर्जा महत्त्वपूर्ण साबित हुनेछ। यसबाहेक साउदीले धेरै पटक इरानले आणविक बम बनायो भने त्यसो गर्न आफैं पछि नलाग्ने बताएको छ।

साउदी अमेरिकाको सहयोगमा परमाणु प्रविधिमा महारत हासिल गर्न चाहन्छ । यसमार्फत अमेरिकाको विरोधका बाबजुद आवश्यक परे परमाणु हतियार बनाउन सक्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बाइडेन प्रशासन साउदी अरेबियासँग सम्झौता गरेर इजरायललाई मान्यता दिन चाहन्छ। साउदी र इजरायलबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएपछि मध्यपूर्वका अन्य धेरै देशहरूले पनि इजरायललाई मान्यता दिन सक्छन्। यसले अमेरिकालाई इरानविरुद्ध ठूलो गठबन्धन बनाउन मद्दत गर्नेछ।

अर्कोतर्फ चीनसँगको वर्चस्वको लडाइँमा मध्यपूर्वमा अमेरिकाको पकड बलियो हुनेछ । साथै अमेरिकाले साउदीमा आणविक उर्जा केन्द्र निर्माण गर्न त्यहाँ आफ्नो उद्योग स्थापना गर्न सक्नेछ । योसँगै यो विश्व व्यापारको हिसाबले रुस र चीनको आणविक कम्पनीभन्दा एक कदम अगाडि बढ्नेछ ।न्युज कारखाना

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ ।

समाचार एजेन्सी अनाडोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।

एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिएको छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।  राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।न्युज कारखाना

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ।

जेठ ६ गते आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्यमार्फत  नेपाली कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनित विभागीय सदस्यहरूलाई  बैठकका लागि  अनिवार्य उपस्थिति हुन भनिएको छ।

विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनित विभागीय सदस्य सहभागी रहने बैठक अर्को शुक्रबार  जेठ १८ गते दिन बस्ने र विभागका विभिन्न कार्यक्रमसमेत तय गर्ने छ।न्युज कारखाना

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने अडान लिएको छ । आइतबार सदनमा गृहमन्त्री रवि लामिछाने सम्बोधन गरेपछि बैठक स्थगन गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेका आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने विषयमा बैठकले रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।न्युज कारखाना

बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।

बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए।

उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटनबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

वीरगंज  । भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ यसै क्रममा  बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले  सूचना जारी गर्दै बिहारसित सिमाना जोडिएका पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने जानकारी दिएको छ ।

जिल्ला प्रशासनले सुचना जारी गरि भारत बिहारको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि अगामी जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म तिन दिनको लागि सिमानाका बन्द हुने जनाएको छ।

पश्चिम चम्पारण, बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सिमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सिमानाका बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।न्युज कारखानाFB_IMG_1716118921142-696x985-1716120707.jpg

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।