काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा बसिरहेको छ ।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीसमेत सामेल छन् ।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो नाम समावेश गरेर कार्यादेश बनाउन संदेश दिएको नेता खनालले जानकारी दिएका छन् ।
यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ । न्युज कारखाना
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीको ताथली पुल बुडोल गोरेटो बाटो विस्तार पीडितहरुले आफूहरुलाई जानकारी नै नदिएर गोरेटो बाटो विस्तार गर्न खोजेको भन्दै दुःख व्यक्त गरेका छन् ।
ताथली पुलदेखि विडोलसम्मको झण्डै पाँंच सय मिटर गोरेटो बाटो विस्तारका लागि भन्दै चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली वडा कार्यालयले आफूहरुलाई जानकारी नै नदिई सिमांकन गरी खेतमा किला गाडेको पीडितले बताएका छन् ।
ताथली पुलदेखि वुडोलसम्मको गोरेटो बाटो हाल तीन फिट चौडाइको बाटो कायम छ । त्यही बाटो १३ फिट हने गरी विस्तार गर्न वडा कार्यालयले थालेको हो । त्यस क्रममा ताथली पुलबाट कामसमेत सुरु भएको छ । साथै बुडोलबाट पनि काम सुरु गरिएका छन् । तर त्यसवीचमा पर्ने खेतहरुमा गोरेटो बाटो विस्तारका लागि सिमांकन गरी किला गाड्दा आफूहरुलाई कुनै खैखवर नै नगरी आआफनो खेतहरुमा किल्ला गाडेको स्थानीयहरुले बताए । आआफनो खेतमा किला गाडेको केही दिनपछि मात्रै आफूहरुलाई जानकारी भएको उनीहरुले बताए । उनीहरुले गोरेटो बाटो विस्तार विरोधी आफूहरु नभएको तर आफनो व्यक्तिगत सम्पतिमाथि मनोमानी गर्न नपाइने बताए ।
एकजना पीडित तुल्सीनारायण लाखेमरुले आफूहरुलाई मौखिक लिखित केही जानकारी नै नदिई आफनो खेतमा सिमांकन गरी किला गाडेको देखिएको जनाए । हामी यो किल्लालाई तुरुन्त उखेलेर फालिदिन पनि सक्छौं, उनले भने, वडाले सल्लाह विना नै जवरजस्ती गोरेटो वाटो विस्तार गर्न खोजेको प्रमाण हामी देखाउन मैले अन्य पीडित साथीहरुलाई पनि अनुरोध गरेर राखिराखेका छौं ।
अर्का पीडित लक्ष्मण फेलूले विस्तार विस्तारका क्रममा कोही विस्तार हुने खतरा रहेको र कोहीलाई भने एकदमै धेरै झ्याप्पै फाइदा हुने देखिएकोले यो सवै विषयलाई नमिलाई गोरेटो वाटो विस्तार गर्न नदिने बताए । गोरेटो बाटो विस्तार गर्दा कोही पूरै विस्तापित नै हुने, कोहीको जग्गा धेरै बाटोमा पर्ने त कसैको केही पनि जग्गा कटी नभई ठ्याकै बाटोको मोहदा पर्न जाने अवस्था रहेको बताए । यसो हुन नदिन यसका लागि लगत कटा गर्नु पहिलो आवश्यकता रहेको उनले बताए ।
पीडित रामसुन्दर लाखेमरुले बाटो विस्तारको क्रममा आफनो मात्रै डेढ रोपनी भन्दा वढी जग्गा बाटोले खान लागेको भन्दै चिन्ता व्यक्त गरे । आनाको लाखौं रुपैयाँं पर्ने आफनो यत्रो जग्गा बाटोले खाने गरी कुनै हालतमा बाटो विस्तार गर्न नदिने उनले बताए ।
पीडितलाई मुआव्जा दिएर अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याए । आफूहरुले विरोध गर्ला भनेर नै वडाले सिमांकन गर्दा विरोध गर्नसक्ने पीडितहरु जतिलाई नबोलाई गोरेटो बाटो विस्तार गर्दा फाइदा पुग्नसक्ने सहमति जनाउने खालका सरोकारवालाहरुलाई मात्रै खवर गरेको आरोप उनले लगाए । अझ केही पीडितले खेतको वीचमा दुई चार जनाले दुई चार आना जग्गा किनेको र उनीहरुको हितका लागि वडाले नियोजित रुपमा गोरेटो बाटो विस्तार कार्य अगाडि सारेको आरोप लगाए ।
चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीका वडा अध्यक्ष गणेश त्यातले कसैलाई पेलेर बाटो विस्तार गर्ने उद्देश्य आफूहरुको नरहेको स्पष्ट पारे । कोही पीडित बाटो विस्तार गर्न चाहनुहुन्न भने हामी जवरजस्ती वाटो विस्तार गर्दैनौं, उनले भने, वाटो विस्तार पछि फाइदा उहाँंहरुलाई नै हुने हो, हामीलाई होइन ।
उनले सिमांकन अगाडि सार्वजनिक सूचना जारी गरेको जनाए । त्यो सूचना कसैकसैले थाहा नपाएको हुनसक्ने उनले स्पष्टीकरण दिए । पछिल्लो बुधबार सिंमाकन कार्य भएको जनाइएको छ । न्युज कारखाना
वीरगञ्ज । पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् ।
सखुना प्रसौनी गाउँपालिकाका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समयदेखि प्रहरीको खोजीमा रहेका अभियुक्त भएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
२२ असोज २०६५ मा गिरी लगायत व्यक्तिकै संलग्नतामा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेका थिए । चन्दाका लागि उनीहरूले यसरी हत्या गरेका थिए । त्यस्तै, १२ भदौ २०५७ मा पर्साको विन्दवासिनीका देवेन्द्र प्रसाद यादबको हत्या गरी डकैती गरेको मुद्दामा पनि उनी फरार थिए ।
१९ फागुन २०६६ मा हातहतियार मुद्दामा उनी दोषी ठहर भइ फरार थिए । २०६० मा हातहियतर तथा खरखजनाका अन्य दुई मुद्दामा उनी फरार थिए भने २०५६ सालमा समेत उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दायर भएको एसपी ढुंगेलले बताए । ठूलो मेहनतपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूका लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन् ।
नेतान्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँगको तुलना अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुको भनाइ दोहोर्याउदै इजरायल र हमासबीच कुनै तुलना नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजक करीम खानले गाजामा भएको युद्ध अपराधका लागि नेतान्याहु र इजरायलका रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने कारणहरू रहेको बताएका छन् ।
आईसीसीले गाजामा हमास नेता याह्या सिनवार विरुद्ध युद्ध अपराधको लागि वारेन्ट पनि मागेको छ । इजरायल र यसको महत्वपूर्ण सहयोगी अमेरिका आईसीसीका सदस्य होइनन्। यो अदालत सन् २००२ मा स्थापना भएको हो ।
आईसीसी अभियोजकले इजरायलले गाजा युद्धमा नागरिकहरू विरुद्ध ‘भोक’ लाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए र यसका लागि उनीसँग बलियो प्रमाण छ ।
अभियोजकले इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणको सम्बन्धमा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा तीन हमास नेताहरू विरुद्ध गिरफ्तारी वारेन्ट पनि मागेका छन् ।
यो निर्णय स्वतन्त्र र निष्पक्ष छानबिनको नतिजा भएको वकिलको भनाइ छ । अब अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।
इजरायलका राष्ट्रपति नेतन्याहुले आफ्नो गिरफ्तारीको मागलाई ‘बेतुका र झुटो आदेश’ भनेका छन् । उनले सोधे, ‘आईसीसीले हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्यो ? यो तुलना सत्यको विकृति हो ।’न्युज कारखाना
काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको छ ।
अदालतले असान्जलाई अमेरिका सुपुर्दगीको विरुद्धमा पुनरावेदन गर्न अनुमति दिएको छ । असान्ज अस्ट्रेलियामा जन्मेका नागरिक हुन् जो सन् २०१९ देखि लन्डनको बेलमार्श उच्च सुरक्षा जेलमा थुनिएका छन् । असान्जलाई इक्वेडरको दूतावासमा हिरासतमा राखिएको थियो जहाँ उनले शरण मागेका थिए ।
रोयल कोर्ट अफ जस्टिसका दुई उच्च अदालतका न्यायाधीशहरूले असान्जलाई आफ्नो सुपुर्दगी आदेशलाई पुनरावेदन गर्न अनुमति दिए । अमेरिकाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्छ र त्यहाँ मृत्युदण्ड दिन सकिँदैन भन्ने असान्जको कानुनी टोलीको तर्कसँग अदालत सहमत भयो ।
असान्ज र उनकी श्रीमतीका समर्थकहरू उच्च अदालतमा भेला भए र असान्जले सधैं गलत कामलाई अस्वीकार गरेको बताए । ५२ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिकी सरकारले सन् २०१० मा इराक र अफगानिस्तानको युद्धसँग सम्बन्धित गोप्य कागजातहरू चुहावट गरेकोमा उनको भूमिकाको अभियोग लगाएको छ । यदि दोषी प्रमाणित भएमा, उसले जीवनको जेल सजाय भुग्नुपर्ने छ । लन्डनको उच्च अदालतले मार्चमा सुनुवाइका क्रममा असान्जको ‘तत्काल’ सुपुर्दगीलाई रोक लगाएको थियो । अदालतले अमेरिकालाई आफ्नो अधिकारको प्रत्याभूति पेश गर्न पनि भनेको थियो ।
दुई न्यायाधीशको प्यानलले आफ्नो निर्णयमा असान्जलाई तुरुन्तै सुपुर्दगी नगरिने बताएको छ र उनले अमेरिकी नागरिकको समान कानुनी अधिकार पाउने कुरामा अमेरिकालाई तीन साताको समय दिएको छ । न्युज कारखाना
काठमाडौँ । इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्।
गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले ‘आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको’ बताए ।
इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुदै छ । पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।
अहमदावादमा हुने यो खेल नेपाली समू अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
कोलकोता अंक तालिकामा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकोताले समुह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्ध भएको थियो । सनराइजर्स १७ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।
कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकोता आठौँ पटक प्लेअफमा पुगेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।
यस सिजनमा कोलकोताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन् ।
अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन् ।
आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।
मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।
दोश्रो चरणमा थपिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका खेलाडी तयारी प्रशिक्षणमा छन् ।
उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।न्युज कारखाना
काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो ।
विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । अहिल्लो आर्थिक बर्षको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।
यस अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड बराबर रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात भएको छ भने ८६ अर्बको निर्यात भएको विभागले जनाएको छ । त्यस्तै नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार घाटा चीनसँग २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात भएको छ भने २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
त्यस्तै १० महिनामा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको पेट्रोल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । न्युज कारखाना
काठमाडौँ । आर्ने स्लट लिभरपुलको प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।
उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।
४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।
जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।न्युज कारखाना