काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको अवरोध जारी रहेको छ । बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले विरोध शुरु गरेका थिए ।
बैठकमा सभामुखले कांग्रेसका सांसद बद्रि पाण्डेलाई बोल्ने समय दिएका थिए । पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका र कांग्रेसका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
पाण्डेले बोलेपछि सभामुखले बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले पेश गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति धन्यवादको प्रस्ताव टेबुल गरेका थिए ।
नाराबाजीका बीच सभामुखले धन्यवादको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे र सो प्रस्ताव बहुमतले पारित गरेको घोषणा गरेका थिए । न्युज कारखाना
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।
धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।
सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।न्युज कारखाना
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्।
पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ ।
प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार कोषका तर्फबाट भेटी चोरी भएको जानकारी पाएपछि गएको प्रहरी टोलीले त्यसमा संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताए । ‘अनुसन्धान हुँदैछ,’ उनले भने ।
कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सिसिटिभीको निगरानीमा राखिएको बताए । उनका अनुसार सिटिभिटीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो । ‘मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको छ। बाँकी प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ उनले भने।
पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ। कोषका प्रवक्ता रेवति रमण अधिकारीले सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने बताए । उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।
भेटी सङ्कलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका छन् । बाजा बजाउने कर्मचारीलाई आर्थिक नियमावली विपरीत खटाएका हुन् कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन्। परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन्।
कोषाध्यक्ष सुवेदीले बाजा बजाउने कर्मचारीलाई रकम सङ्कलनमा खटाउन नमिल्ने कोषले जनाएको छ। ‘आर्थिक नियमावलीअनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई मात्रै होइन, अरुलाई पनि अर्को कुनै शाखामा पठाउन मिल्दैन, भेटी सङ्कलनमा त खटाउन पाइँदैन,’ उनले भने ।
पक्राउ परेका परियारले ज्याकेट लगाएर आउनु भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्नेभन्दा केही हुँदैन, कसैले देख्दिैन, गर गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्। परियारसहित भेटी चोरीको गिरोहले सोमबार मात्रै नौ हजार रुपियाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन् ।
न्युज कारखाना
काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो ।
चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताइन् । ‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्याउन कार्यक्रम आयोजना गरिएको हो ।’ उनले भनिन्, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ ।’
हिँसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुन सक्ने बताउँदै उनले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने बताइन् ।
सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए ।
‘प्रजातन्त्र पुनःवहाली भएपछि निर्वाचित जनप्रतिनिधिहरुले केन्द्रमा एउटा अनौपचारिक संयन्त्र बनाएर मेलमिलापको अभ्यास थालेको थियो । त्यसको संयोजक म नै थिएँ ।’ कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘शासन व्यवस्था परिवर्तनपछि स्थानीय तहमा न्यायिक समिति गठन गरेर औपचारिक संयन्त्र निर्माण भयो । अहिले त समितिमा भएका अधिकार वडामा वडाबाट पनि टोलका चौतारीमा आएको छ । यो न्यायिक विकेन्द्रीकरणका कोणबाट सराहनीय अभ्यास हो ।’ वडामा हुने मेलमिलापका कामलाई न्याय चौतारीले अझ सहज र सरल बनाउन सहयोग गर्ने न्यायिक समितिकी सदस्य एवं वडा महिला सञ्जालकी संयोजक आशा श्रेष्ठ रौनियारले धारणा राखे ।
‘नेपालको संविधानले नागरिकलाई न्यायको हक, अपराध पीडितको हक, यातनाविरुद्धको हक, सामाजिक न्याय सुरक्षित गर्ने हकजस्ता हक प्रदान गरेको छ । यी हकसँगै महानगरपालिकाले न्याय प्राप्तिका लागि बनाएका कानुनी व्यवस्थाका बारेमा नागरिकलाई जानकारी दिन, हक प्राप्तिका विधि र क्षेत्राधिकार बुझाउन नागरिकसँग बसेर कानुनकै विषयमा संवाद गर्ने उद्देश्यले कार्यक्रम थालनी भएको हो ।’ कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले भने, ‘महानगरपालिकाले विवाद निरुपण (कार्यविधि) ऐन २०७५, मानव बेचविखन, ओसारपसार नियन्त्रण कार्यविधि २०७८, वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९, लैङ्गिक हिंसा निवारण सञ्चालन कोष सञ्चाल कार्यविधि २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९, महानगर प्रहरी ऐन २०८०, कानुनी सहायता कार्यविधि २०८० जारी भएका छन् । यी सबै कानुन नागरिकलाई प्रदान गरिएका कानुनी हक प्राप्त गर्ने विधिसँग सम्बन्धित छन् । यी विधि नागरिकलाई बुझाउने हाम्रो दायित्वलाई न्यायिक चौतारीले पूरा गराउनेछ ।’
आफ्ना टोलका समस्याका बारेमा आफ्नै टोलमा छलफल गर्ने संस्कार विकास गर्न चौतारी संरचना निर्माण गर्ने, भएका चौतारीलाई संरक्षण गरेर छलफल चलाउने वडाको योजना छ । वडाध्यक्ष धर्मराज भट्टराईले योजना सुनाए ।
चौतारीमा सहभागी हुन स्थानीयहरु बाक्लो गरी उपस्थिति भएका थिए । उनीहरुलाई चौतारीकै शैलीमा बस्ने व्यवस्था गरिएको थियो । अतिथिहरुलाई पनि चौतारीमा सुकुल बिछ्याएर राखिएको थियो ।
यस्ता संरचना अरु वडामा पनि विस्तार गर्दै लैजाने महानगरपालिकाको योजना छ । न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।
आज ११ बजे बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।
आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ । कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।
न्युज कारखाना
काठमाडौँ । बलिवुडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ । चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ ।
फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रलाई ठूलो परिमाणमा देखाउन र राम्रोसँग प्रस्तुत गर्न निर्माताले यसलाई २ भागमा बनाउने निर्णय गरेका छन् । चलचित्र उद्योगमा अधिकांश चलचित्रकर्मी पहिलो भागको नतिजा देखेपछि दोस्रो भागको तयारीमा लागे पनि रामायणको दुवै भाग एकैसाथ छायांकन हुनेछ । यसअघि यो फिल्म ३ पार्टमा बन्ने भएको थियो ।
टोलीले रामायणका दुवै भागको छायांकनका लागि ३५० दिनको छायांकन तालिका बनाएको छ जसमा विस्तारित स्टार कास्टको एकल दृश्य पनि समावेश हुनेछ । दुवै भाग एक वर्षको अन्तरालमा रिलिज हुनेछन् । फिल्म रामायणको प्रिन्सिपल छायांकन आउँदो डिसेम्बरसम्ममा सक्ने गरी फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । चलचित्र रामायणमा कलाकारहरुको लुक्सको निरन्तरता कायम राख्न दुवै पार्टको एकैसाथ छायांकन गर्ने निर्णय गरिएको छ ।
नितिश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि रणवीरले कडा तालिम लिइरहेका छन् । उनीसँगै साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिनेछन् । त्यस्तै रावणको भूमिका अभिनेता यशले निभाउने बताइएको छ । न्युज कारखाना
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।
मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए ।
आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ
पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । सो रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ ।
यसअघि सो रिटमाथि सुनुवाई गर्दै वैशाख २७ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दीर्घकालिन निणैय नगर्न आदेश दिएको थियो ।
पाण्डेले अधिकारीले पाएको विश्वासको मत बदर गरेर आफैलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिपाउँ भनी परमादेश मागेका छन् । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए । न्युज कारखाना
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि सोमबार सुन तोलामा १ लाख ४१ हजार ८०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासा पेशी तोकिएको छ ।
यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंबैधानिक भएको भन्दै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।न्युज कारखाना