२०८३ बैशाख ३१
२०८३ बैशाख ३१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

आज अपराहन्न १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरुको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।  संबिधानमा नै हरेक बर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ ।

सहकारी ठगि प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसदको अवरोध कायम रहेको छ । यस बैठकमा विपक्षी दलहरुले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । यस सिजनमा तीन क्लब लेस्टर सिटी आइपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन् ।

गएराती सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो । साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहदै रेलिगेसनमा परेको थियो ।

त्यसै गरि यस सिजनको च्याम्पियनसिपमा शिर्ष स्थानमा रहदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ । लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो । लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो ।

त्यस्तै यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै आइपीएस टाउन २२ बर्षपछि प्रिमियर लिगमा फर्किएको छ । यस अघि २००२ मा आइपिएस टाउन रेलिगेसनमा परेको थियो ।

त्यस्तै यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् ।न्युज कारखाना

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।  यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।न्युज कारखाना

रौतहट,१३ गते जेठ । रौतहटमा गर्मीले बालबालिकाहरु विधालयमै मुर्छित हुन थालेपछि विदा दिन स्थानिय सरकारलाइ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले अनुरोध गरेको छ । विधालयहरुमा गर्मी विदा व्यवस्थापन सम्बन्धमा एउटा पत्र पठाउँदै यस्तो आग्रह गरेको हो । पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बिधालयमै बिधार्थीहरु बेहोस् हुुन थालेपछि बिधालय बन्द गर्न भनिएको छ । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन परिपत्र गरिएको इकाइ प्रमुख राम विनय कुमार सिंहले जानकारी गराएका हुन् । परिपत्रको मध्य नजर गरि जिल्लाको कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले गर्मी विदा दिएको छ । कटहरिया नगरपालिका नि.प्रमुख प्रशासकिय अधिकृत रामनरेश प्रसाद यादवले दिएको जानकारी अनुसार जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म वर्षे विदाबाट कट्टा हुनेगरि विधालय बन्द गरिएको जानकारी गराएका हुन् । यस्तै फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत वकिल पाल द्धारा हस्ताक्षरित सूचनामा जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म बिधालय बन्द गर्न नगरभरिका सामुदायिक तथा संस्थागत बिधालयको नाममा विदा दिन पत्र जारी गरेका छन् । पछिल्लो केही दिनदेखि रौतहटसँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । रौतहटमा दैनिक ४१ डिग्रीभन्दा माथि तापक्रम रहने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिनसम्म रौतहट सहित तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राैतहट,१३ गते जेठ । राैतहटकाे देवाही गाेनाही वडा नम्बर ७ मा आज आम जनता पार्टीकाे वडा कमिटी गठन गरिएको छ । आजपाका जिल्ला अध्यक्ष पूर्व मेयर धर्मेन्द्र प्र.पटेलको विशेष अतिथ्यता तथा पुर्व वडा अध्यक्ष जगरनाथ यादवको अध्यक्षता मा पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत गठन गरिएको छ ।Open photo साे वडाकाे मलङ्ग चौकको धार्मिक स्थल मठ्को प्राङ्गणमा बैठक बसी सर्वसहमतिबाट वडा कमिटी गठन गरिएको हाे । कमिटीकाे अध्यक्षमा विरेन्द्र साह,उपाध्यक्षमा सुरेन्द्र प्र. कुशवाहा, सरोज साह,सचिवमा राकेश कुशवाहा चयन भएका छन् ।Open photo त्यस्तै सहसचिवमा रामबाबु बैठा,अमिरी साह (भौउच) र काेषाध्यक्षमा नवल किशोर कुशवाहा लगायत ७५ सदस्यीय समिती गठन गरिएको देवाही गाेनाही नगरपालिकाका पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी गराएका हुन् ।

राैतहट,१३ गते जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी गरिएको छ । गैर पत्रकारहरुलाई समेटेर महासंघकाे सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजको माग गर्दै सोमवार सञ्चारकर्मीहरू द्वारा मुलगेटमा तालाबन्दी गरेको हो ।Open photo गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएकोले त्यसको खारेजीको माग गर्दै रौतहट शाखा कार्यालयमा तालाबन्दी गर्नु परेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखा को पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साहले जानकारी गराएका छन् । Open photoउनले भने, सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना

काठमाडौँ । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ ।

पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै आफ्नो टोलि आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए । उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफु चुप नबस्ने समेत बताएका थिए ।

बिभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ । बिभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ ।

साथै बिभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ ।

साथै विभागले सधै चर्चित हुने गरि अनाधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको बिभागले जनाएको छ ।न्युज कारखाना

 

काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।

एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

महामन्त्री शर्माले भने- सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संबिधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?’

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफुहरु मौन धारण नगर्ने बताए । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।