आजमिति २०८१ साल जेठ १७ गते विहिवार तदअनुसार मे ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको सत्तमी तिथी,धनिष्ठा नक्षत्र, । वैघृति योग । चन्द्र राशि कुम्भ। यो स्थिर कार्यको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०
• सुर्यास्त: बेलुका ०६:५५ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । परिवारजन र मित्रको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः कालो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ स्थित स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघमा रामबहादुर मानन्धर निर्वाचित भएका छन् । संघको तेश्रो जिल्ला अधिवेशनले रामबहादुरको अध्यक्षतामा २१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 
मानन्धर युवा संघ मानन्धर थर भएका युवाहरुको संगठन हो । यसमा मानन्धर थर भएका युवाहरु मात्रै सहभागी हुन पाउँंछन् । मानन्धर भक्तपुरका धेरै थरहरुमध्ये एउटा चर्चित थर हो । यहाँं मानन्धर थर भएकाहरुको पनि उतिकै बाहुल्यता छ । यसबाहेक यहाँं सुवाल, दुवाल, प्रजापतिलगायतका थर भएको परिवारको पनि उतिकै बाहुल्यता रहेको छ ।
यसबाहेक यहाँं राजोपाध्याय थरका उच्च वर्गका मानिने बाहुनदेखि तल्लो बर्गका मानिने शाही, नापित आदि इत्यादि गरी एक हजार भन्दा वढी थर रहेको बताइन्छ ।
न्युज कारखाना
काठमाडौं । कोशी सरकार गठन विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाउने आदेश भएको थियो ।
निर्वतमान मुख्यमन्त्री केदार कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत प्राप्त गरेका थिए । कार्कीले दुई वर्षभित्र पुन: विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन् ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएसँगै ५२ सांसदको समर्थनमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा समेत उल्लेख नगरी र आफूलाई मुख्यमन्त्रीबाट समेत नहटाई असंवैधानिक रूपमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेकोले उक्त निर्णय बदर हुनुपर्ने कार्कीको जिकिर छ । न्युज कारखाना
काठमाडौ । नेपालको सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले नेपालका विकाश आयोजना ढिलाई हुनुका रहस्यहरु खोलेका छन् । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजका अन्तिम वर्षका विद्यार्थीहरूसँग अन्तरकृया कार्यक्रममा यसबारे आफनो अनुभब सुनाएका हुन् । 
पढाई सकिएपछि कर्मक्षेत्रमा सफल हुन के कस्ता सिपहरू सिकेर जानुपर्दछ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो । लगभग ७० जना विद्यार्थीहरू र कलेजका विषय शिक्षकहरू सम्मिलित अन्तरकृयामा अध्यक्ष शर्माले सिकारु इन्जिनियरले काममा जाँदा के कस्ता कुरामा होस् पुयाउनु पर्दछ र आयोजना व्यवस्थापनमा के कस्ता समस्याहरू आउन सक्दछ भन्ने विषयमा जानकारी दिए । 
वार्षिक बजेटमा छुट्ट्याइएको रकमले आयोजना कार्यान्वयनमा पर्नसक्ने प्रभाव तथा स्थानीय मुद्दाहरूलाई पहिले नै आँकलन गर्न नसक्दा कसरी आयोजना कार्यान्वयनमा समस्या आउन सक्दछ भन्ने विषयमा नागढुङ्गा टनेल आयोजनाको उदाहरणसहित प्रकाश पारे । सुरक्षालाई प्राथमिकतामा नराख्दा आयोजनामा कसरी नकारात्मक प्रभाव पर्न सक्छ र यसको लगि नयाँ इन्जिनियरहरूले कसरी सतर्कता अपनाउनु पर्दछ भन्ने विषयमा पनि अध्यक्ष शर्माले विभिन्न आयोजनाहरूको उदाहरणसहित सप्रङ्ग रोचक व्याख्या गरे ।
एआई र नयाँ प्रविधिहरू तथा सफ्टवेरहरूको इन्जिनियरिङमा लगातार प्रयोग बढिरहेको तर विश्वविद्यालयको पाठ्यक्रम त्यस अनुसार परिमार्जन हुन नसक्दा हुन गएको खाल्डो भर्न सीपमुलक तालिम कलेजले नै दिनुपर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिए । समुहमा काम गर्न नसके पेशागत सफलता पाउन गाह्रो हुने हुँदा समुहमा काम गर्ने सीप विकासमा लाग्न पनि अध्यक्ष शर्माले विद्यार्थीहरूलाई सुझाव दिए ।
आगमी पाँच, दश र बीस वर्षपछि आफुले कस्तो पेशा अपनाउने भन्ने विषय अहिले नै निर्धारण गर्न सकेमा पछि गएर पेशगत सफलता पाउन सघाउने कुरामा जोड दिँदै अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै अहिलेदेखि नै आफुलाई मनपर्ने विषय छान्न सुझाव दिए । पेशागत सफलताको लागि आवस्यक पर्दा जोखिम मोल्न सक्नुपर्ने कुरा पनि अध्यक्ष शर्माले आफ्नै व्यक्तिगत अनुभवको आधारमा जानकारी दिए । कोभिड महामारीको समयमा नेपाली इन्जिनियरहरूले देखाएको आयोजना व्यवस्थापनको सफल अनुभवबाट एसियाली विकास बैंकले समेत नेपाली स्थानीय इन्जिनियरहरूको क्षमताको प्रसंसा गरेको अनुभव सुनाउँदै तत्काल सफलता नपाए पनि लगातार प्रयास गरेमा सफलता अवस्य पाउने दिलासा दिए । 
कार्यक्रममा स्काफ नेपालका उपमहासचिव इन्जिनियर मन्दाकिनी कार्की र कार्यकारी सदस्य इन्जिनियर दिपेन्द्र कुमार झासहित एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख रोमहर्ष ओली तथा विषय शिक्षक प्राडा हरिकृष्ण श्रेष्ठ पनि उपस्थित थिए । प्राडा श्रेष्ठले विद्यार्थीहरूको सीप विकास तथा इन्जिनियरिङ विषय अध्ययनको सकारात्मक प्रयोगको लागि उपयोगी हुने भएकोले यस प्रकारको कार्यक्रमको नियमितताको लागि कलेज व्यवस्थापनलाई अनुरोध गरे ।
विद्यार्थीहरूका प्रश्नहरूको उत्तर दिने क्रममा अध्यक्ष शर्माले आफूले जागिर खाएको कम्पनीलाई समयमै जानकारी दिएर मात्र छोड्न आग्रह गरे । स्थाई सरकारी जागिर किन छोड्नु भयो प्रश्नको उत्तरमा अध्यक्ष शर्माले आफूलाई पानीजन्य विषयमा काम गर्न रूची भएको तर सरकारी क्षेत्रमा काम गर्दा उक्त विषयमा काम गर्ने मौका कम भएको र वृत्तिविकासको अवसर पनि कम भएकोले स्नातकोत्तर अध्ययन पश्चात सरकारी जागिर छोडेको जानकारी दिए । इन्जिनियरिङको पेशागत काममा राजनीतिक दवाव कतिको आउँछ भन्ने प्रश्नमा नगरपालिकामा मेयरहरूले आफ्नो राजनीति अनुसारको काम गर्न र निर्णय गर्न दवाव दिने भएकोले अहिलेको परिस्थितिमा राजनीतिक दवाव प्रचुर भएको जानकारी दिए । अन्य विकसित देशमा विदेशी शैक्षिक प्रमाणपत्रलाई महत्व नदिने तथा नेपालमा प्रसस्त सम्भावना भएकोले नेपाली विद्यार्थीहरूले अध्ययन पश्चात पनि नेपालमै काम गर्न सुझाव दिए ।
अन्तरकृया कार्यक्रममा स्काफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको निजी क्षेत्रमा काम तथा सम्भावना प्रचुर रहेको तर सफल हुन धैर्य पनि उतिकै आवश्यक भएको कुरा उजागर गर्दै नेपालकै परामर्शदातृ निकायहरूबाट नेपालमा सफल कार्यान्वयन भएका आयोजनाहरूको उदाहरण दिँदै देशमै काम गर्दा पनि सफल हुने कुरामा जोड दिए । हामी नेपालीले नेपालको विकास नगरे अरूले आएर नगर्ने तथ्यमा पनि इन्जिनियर कार्कीले जोड दिए । 
कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूणकुमार भण्डारीले यस प्रकारका अन्तरकृयाबाट विद्यार्थीहरूले पाठ्यक्रम भन्दा बाहेकको पेशागत उपयोगी विषयमा ज्ञान हासिल गर्न सक्ने भएकोले अनुभवी विज्ञहरूसँगको अन्तरकृयाबाट लाभ लिन विद्यार्थीहरूलाई सुझाव दिए ।
यसैवीच एभरेष्ट इन्जिनियरिङ कलेज तथा स्काफबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । अन्तरकृया कार्यक्रमको संयोजन तथा सञ्चालन कलेजका प्राचार्य इन्जिनियर विरोध रिजालले गर्नुभएको थियो । न्युज कारखाना
बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागूऔषध इएसकेयूएफ ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिया र २० वर्षीय सोहेल अमत रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प ७८२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-१ सम्झना टोलबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यसैगरी सल्यानको सारदा नगरपालिका-१२ चिसापानी बस्ने २७ वर्षीया पूर्ण कला भण्डारीलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ६० ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले सारदा नगरपालिका-१ श्रीनगर डेरा गरी बस्ने बागचौर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र छत्रेश्वरी गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण केसीलाई जाँच गर्दा ८ मिलिग्राम गाँजा फेला पारी थप अनुसन्धान गर्दा पूर्णकलाको घरबाट किनेर ल्याएको खुल्न आए पश्चात पूर्णकलाको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै डडेलधुराको अजयमेरू गाउँपालिका-२ चमडा बस्ने ५५ वर्षीय डम्बर सिंह बोहरालाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चमडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बालक पासवान र सोही गाउँपालिका-५ साहेवगंज बस्ने ३५ वर्षीय गोपाल बहरदार रहेका छन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.२७ प ८०४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१४ जतुवाबाट अवैध लागूऔषध गाँजा १ सय ८१ किलोग्रामसहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्रदेश नं.१-०२-००१ ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनि ट्रकलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी ट्रक चालक शेर्पालाई पक्राउ गरेको हो ।
त्यस्तै झापाको कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३१ वर्षीय सबिन तामाङ र कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय शराब आलम रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय छोटे भन्ने छबिलाल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी विट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
भैरहवा, जेष्ठ १६ ।
१७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेको आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडी बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो । 
महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले गणतन्त्र दिवसको शुभकामना दिदै सिद्धार्थनगर नगरपालिकालाई सबै मिलेर सफा र हराभरा बनाउन आग्रह गरे । उनले भने हामीले विभिन्न ठाँउमा विरुवाहरु रोपेका छौ मेरो आग्रह छ कसैले पनि त्यो विरुवाहरु नटिपिदिनु होला । र साथै सडक वरपर फोहोर नफाल्न र नगरपालिको ट्याक्टर फोहो लिनु आउँदा सडेगलेका र पलास्टिक जन्य फोहोर छुट्टयाएर फोहोर दिन आग्रह गरे । यसरी नगर सफा र स्वच्छ रहन्छ खाँले भन्नु भयो । 
महोत्सवमा शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ ले यस्ता सांस्कृतिक कार्यक्रमहरु गरिरहन स्थानी सरकारले पहल गरिरहन’ पर्ने बताए । यस्ता मेला महोत्सव भयो भने नेपालमा रहेका स्थानिय कलाकारहरुलाई होसला तथा पर्यटकहरुको आवगमनमा पनि टेवा पुग्ने श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु प््रति स्थानिय सरकार गम्भिर हुन जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । गोत्तम बुद्ध विमास्थलको संचालन, राष्ट्रिय सडकहरुको निमार्ण र ठूला उद्योग तथा कलकारखानाहरु प्रति स्थानिय सरकारको ध्यान जान जरुरी रहेको छ । उनले भने ।
साथै अर्थतन्त्र चलायमान बनाउन सिमानाका अर्था बडर खुल्ला गर्न वातावरण तयार गर्न नगर प्रमुखलाई आग्रह गरे । बडर खुला भएपछि उद्योगि व्यापारीहरुको लागि सहज हुने अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । गणतन्त्र दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँ, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वडा न.ं ५ का वडाअध्यक्ष पूरण प्रसाद श्रेष्ठ, वडा न.ं ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव र कार्यक्रम संयोजक दिनेश गुप्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा रवि जयसवालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन बिशाल श्रीवास्तवले गर्नु भएको थियो ।न्युज कारखाना
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए ।
“गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”
विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।” न्युज कारखाना
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको थियो ।न्युज कारखाना