काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् ।
नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।
मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।
मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।
५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ । न्युज कारखाना
काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।
ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।
समुह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ ।
न्युज कारखाना
जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।
जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारेको छ ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबि पेश गर्ने तयारी गरेका छन् ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडी सारेको छ ।
मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।
सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।न्युज कारखाना
काठमाडौँ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।
मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले आफ्नो बुधबार नै राजीनामा दिएका छन् अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइएको छ । सम्भवत मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने छन् । न्युज कारखाना
काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।
पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो ।
समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।
त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।न्युज कारखाना
भक्तपुर । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीन जना नेपाली विद्यार्थीको टोली भारतको मुम्वई जाने भएका छन् । हल्ट प्राइज कम्पिटिशनमा भाग लिन उनीहरु विहीबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट मुम्वई जान लागेका हुन् । हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्टिय प्रतियोगिता हो । 
भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुर भक्तपुरमा सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु लजिता भट, लिजा तामाङ र संयम मानन्धर प्रतिस्पर्धामा भाग लिन जान लागेका हुन् ।
विद्यार्थीको विदाई तथा शुभकामना दिन बुधबार कलेजले कार्यक्रम गरेको थियो । कलेजका अनुसार उनीहरु विहीबार मुम्बइका लागि प्रस्थान गर्ने छन् । उनीहरुको तीनजनाको समूहले तीन दिनसम्म त्यहाँं आफूभित्र रहेका नयाँं आइडियालाई प्रस्तुत गर्नेछन् । 
कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख उपप्रध्यापक विष्णुप्रसाद भण्डारीले कलेजको प्लेन टिकट, खाने, वस्ने सम्पूर्ण सुविधाबाट विद्यार्थी त्यता जान लागेका हुन् । कलेजले आन्तरिक प्रतियोगिता गरी सर्वाेत्कृष्ट हुन सफल विद्यार्थी अन्तर्राष्टिय प्रतिस्पर्धामा सहभागी हुन त्यता जान लागेको उनले सुनाए । 
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इन्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि जान लागेको हुन् । त्यहाँंबाट उत्कृष्ट भए उनीहरुको अर्काे तहको प्रतिस्पर्धाका लागि बेलायतको लण्डन जान पाउने उनले सुनाए । 
प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।
न्युज कारखाना
कोलम्बो । श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा सूचना जारी गरिएको हो । सम्बन्धित कानून बमोजिम नाम र सूचीमा रहेका कुनै पनि व्यक्ति, संस्था वा निकायको स्वामित्वमा रहेको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोत जफत गर्न आदेश जारी गर्नुपर्ने उल्लेख छ ।
यी १५ संगठनहरूमा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीइ), नेशनल तौहीद जमात (एनटीजे ) र जमात मिल्लाथु इब्राहिम पर्छन्। एलटीटीइले श्री लंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा तमिलहरूका लागि छुट्टै मातृभूमिका लागि झण्डै तीस वर्षदेखि सैन्य अभियान चलाएको थियो । तर, श्रीलंकाली सेनाले यस संगठनका सर्वोच्च नेता वी प्रभाकरणको हत्या गरेपछि यो संगठन निष्क्रिय बनेको थियो ।
त्यस्तै अप्रिल २०१९ मा इस्टरमा घातक हमला पछाडि एनटिकेको हात थियो । यस हमलामा ११ भारतीयसहित २७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । यस संगठनको आईएसआईएससँग सम्बन्ध रहेको विश्वास गरिन्छ ।
अन्य प्रतिबन्धित समूहहरूमा तमिल पुनर्वास संगठन, तमिल समन्वय समिति, विश्व तमिल आन्दोलन, तमिल इलमको संक्रमणकालीन सरकार र विश्व तमिल राहत कोष पर्छन् । न्युज कारखाना
काठमाडौँ । चीनले गत महिना मे ३ तारिखमा चाङइ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । अब यो मुन ल्यान्डरले चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको छ । यो जानकारी चिनियाँ अन्तरिक्ष मिसनले दिएको हो ।
चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल र खन्न र त्यसपछि भग्नावशेष उठाउन मेकानिकल हात स्थापना गरिएको थियो ।
चीनको अन्तरिक्ष एजेन्सी नेशनल स्पेस एडमिनिस्ट्रेशनले यो नमूनाको विश्लेषण गरेर अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग प्राप्त गर्न सक्ने बताएको छ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा पनि प्रयोग गरिनेछ ।
चन्द्रमाबाट माटो सङ्कलन गरेपछि चाङ्गे–६ ले पहिलो पटक चन्द्रमाको दक्षिणी भागमा चिनियाँ झण्डा फहराएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अब आफ्नो मिसन पूरा गरेर मुन ल्यान्डर चाङ्गे–६ फर्कदैछ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले चिनियाँ अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै चन्द्रमाबाट चाङए–६ उडेको बताएको छ । अब चाङए–६ हाल चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । योजना अनुसार चाङ्गे–६ जुन २५ मा चीनको भित्री मङ्गोलिया क्षेत्रको मरुभूमिमा अवतरण हुनेछ ।
यसलाई चीनको अहिलेसम्मकै सबैभन्दा कठिन चन्द्रमा मिसन भनिएको छ । यदि चिनियाँ चन्द्रमा ल्यान्डर जुन २५ मा पृथ्वीमा सफलतापूर्वक अवतरण गर्न सफल भयो भने यो चीनका साथै सम्पूर्ण मानव जातिको लागि ठूलो उपलब्धि हुनेछ। यसअघि गत आइतबार बिहान चाङ्गे–६ ले चन्द्रमाको अँध्यारो भाग एटकेन बेसिनमा सफल अवतरण गरेको थियो ।
चन्द्रमाको यो भागमा अवतरण गर्न अन्य भागहरू भन्दा धेरै गाह्रो छ। यसको कारण यो हो कि चन्द्रमाको यो भाग अँध्यारो छ र यो कफ हो । जसका कारण सञ्चारमा कठिनाई हुने र अवतरणमा समेत कठिनाई हुने गरेको छ ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ । चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउन चाहन्छ । विज्ञहरुका अनुसार चाङ्गे–६ ल्यान्डरले ल्याएको नमूनाले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग दिनेछ । यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा प्रयोग गरिनेछ।
सन् २०२० मा चीनको चाङइ–५ पनि चन्द्रमाबाट १.७ किलोग्राम नमूना लिएर फर्किएको थियो । यद्यपि, यी नमूनाहरू चन्द्रमा नजिकैको ओशनस प्रोसेलारमबाट लिइएका थिए। चीनले थप ३ वटा चन्द्र मिशनको तयारी गरिरहेको छ । यसको माध्यमबाट चन्द्रमामा पानी पत्ता लगाइने छ र स्थायी आधार निर्माण गरिनेछ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । जसका कारण विश्वमा फेरी अन्तरिक्ष दौड सुरु भएको छ । अमेरिकाले नासाको आर्टेमिस–३ मिसन अन्तर्गत सन् २०२६ सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने प्रयास पनि गरिरहेको छ ।न्युज कारखाना
भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । पक्राउ पर्नेहरुमा चिनियाँं नागरिक भई काठमाडौ बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेल्न लागेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।
साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । युएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ ।
यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन् । त्यस्तै इन्जुरिका कारण अन्जन विष्ट भने टिममा रहेका छैनन् ।
नेपाली फुटबल टोली:
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार ।
डिफेन्डर: अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई ।
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई ।
फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान ।
विश्वकप छनौटको समुह एचमा रहेको नेपालले यस अघि खेलेका चारै खेलमा हार बेहोरेको छ । नेपालले यसअघि युएईसँग खेलेको खेलमा ४-० ले हार बेहोरेको थियो ।न्युज कारखाना