काठमाडौँ । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले सेयर बजारलाई लिएर प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।
राहुल गान्धीले सेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।
राहुल गान्धीले भने, ‘पहिलो पटक हामीले देख्यौं कि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले शेयर बजारको बारेमा टिप्पणी गरेका छन् । मे १२ मा अमित शाहले जुन ४ भन्दा अगाडि शेयर किन्नु पर्ने बताएका थिए । मे १९ मा पीएम मोदीले सेयर बजार अगाडि बढ्ने बताएका थिए । मे ३१ मा ठूला स्टक गतिविधि हुन्छ । जुन ३ मा शेयर बजारले सबै रेकर्ड तोड्छ र जुन ४ मा शेयर बजार ओरालो लाग्छ ।’
राहुल गान्धीले प्रधानमन्त्री र गृहमन्त्रीको टिप्पणीका कारण खुद्रा लगानीकर्ताहरूलाई ३० लाख करोड भारु नोक्सान भएको दाबि गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् ।
चुनावी नतिजा आउनुअघि विभिन्न च्यानलले गरेको एक्जिट पोलमा एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट पाउने दाबी गरेको भन्दै गान्धीले एक्जिट पोल गलत हुन्छ भन्ने उनीहरुलाई पहिला नै थाह भएको दाबि गरेका छन् । न्युज कारखाना
काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।
शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई, सरोज अर्याल, दीलिप केसी, लाबिस, अनामिका लामिछाने लगायतको फिल्ममा अभिनय छ । यस फिल्मबाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।
कुशल सम्पादक रहेका कोइरालाको फिल्म निर्देशनमा यो डेभ्यु फिल्म हो ।
पर्वत जिल्लाको धार्मिक क्षेत्र मानिने मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनाइएको बताइएको छ फिल्ममा आनन्द बिक्रम क्षेत्रीको कथा, पटकथा र संवाद छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ छन् । फिल्ममा भरत रेग्मीको सम्पादन रहेको छ भने फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका तथा एफडीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।न्युज कारखाना
काठमाडौँ । इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ ।
प्रशिक्षक ग्यारेथ साउथगेटले भेट्रान डिफेन्डर ह्यारी माग्युरे र मिडफिल्डर ज्याक ग्रीलिशलाई बाहिर राख्दै युरोकपको अन्तिम टिम घोषणा गरेका हुन् । त्यस्तै जेम्स माडिसन, जाराड ब्रान्थवेट, जेम्स ट्राफोर्ड कर्टिस जोन्स र जारेल क्वानसाहलाई बाहिर राखिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडबाट खेल्ने मार्कस राशफोर्डलाई त युरोकपको प्रारम्भिक टिमबाट पनि बाहिर राखिएको थियो ।
युरोकप खेल्ने इङल्याण्डको टिम:
गोलकिपर: जोर्डन पिकफोर्ड, आरोन राम्सडेल र डीन हेन्डरसन ।
डिफेन्डर: जोन स्टोन्स, मार्क गुएही, एजरी कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाकर, लुक शा र किरन ट्रिपर ।
मिडफिल्डर: डेक्लान राइस, कोनोर गालाघर, एडम व्हार्टन, कोबी माइनू, ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड र जुड बेलिङ्घम ।
फरवार्डः बुकायो साका, फिल फोडेन, कोल पाल्मर, एन्थोनी गोर्डन, जारोड बोवेन, एबेरेची इजे, ह्यारी केन, ओली वाटकिन्स र इभान टोनी ।
यहि जुन १४ बाट जर्मनीमा शुरु हुने युरोकपमा इङल्याण्ड समुह सी मा रहेको छ । समुह सी मा इङल्याण्डसहित स्लोभेनिया, डेनमार्क र सर्बिया रहेका छन् ।
इङल्याण्डले आफ्नो पहिलो खेल जुन १६ मा सर्बियाविरुद्ध खेल्दै छ ।
न्युज कारखाना
काठमाडौँ । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, ‘ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ। चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरुसँगको आधिकारिक वार्ताको विरोध गर्दछ ।’
उनले भनेका छन्- ‘विश्वमा एउटा मात्र चीन छ । भारतले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको छ । ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ ।’
यस अघि ताइवानका राष्ट्रपति लाइ चिङले सामाजिक सञ्जाल प्लेटफर्ममा मोदीलाई चुनावमा भएको जितको लागि बधाई दिएका थिए ।
त्यसको जवाफमा मोदीले भने, ‘तपाईंको शुभकामनाका लागि लाइ चिङलाई धन्यवाद । म लाभदायक आर्थिक र प्राविधिक साझेदारीमा काम गर्न तत्पर छु ।’न्युज कारखाना
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।
दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २-२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ । न्युज कारखाना
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ ।
विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ ।
पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए ।
नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो लिगमा पनि ४-० ले नै हार बेहोरेको थियो ।
यो हारसंगै नेपालले यस पटकको विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ । अब नेपालले अर्को खेल यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।
घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेलेको हो ।
एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो । न्युज कारखाना
काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ ।
समुह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाइ सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो ।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउदै १५९ रन बनाए पछि खेलको निर्णय सुपरओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्बाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।
यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्बाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए ।
त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।
यो जितपछि समुह ए मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।
अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ ।
न्युज कारखाना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ |
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।
आजमिति २०८१ साल जेठ २५ गते शुक्रबार तदअनुसार जुन ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी, मृगाशिरा नक्षत्र, । शुल योग । चन्द्र राशि वृष । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:३०सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०६:५९ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रगं ः वैजनी
शुभ अंक ः १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम छ ।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग: हरियो
• शुभ अंक – २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
न्युज कारखाना
भैरहवा । लुम्बिनी आई ईन्स्टिच्युट भैरहवाले आफ्नो ठेक्का प्रक्रिया नियम संगत रहेको दावी गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया कक्षको टेन्डर प्रक्रियामा बदनियत राखी आर्थिक चलखेल गरिएको भन्दै केही निर्माण व्यवसायीहरुले विरोध जनाएपछि अस्पताल प्रसाशनले पत्रकार सम्मेलन गरी आरोपको खण्डन गर्दै ठेक्का प्रक्रियामा आफुहरु कहीकतै नचुकेको दावी गरेका हुन् ।
पत्रकार सम्म्ेलनमा अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने “अस्पताल गैरसरकारी संस्था भएको र नेत्रज्योति संघको विधान अनुसार चल्ने भएकाले सोही अनुसार ठेक्का प्रक्रिया भएको हो । नियमानुसार र प्रक्रियागत रुपमा भएको कार्यलाई आफु अनुकुल व्याख्या गरि संस्थालाई दुख दिने उद्देश्यले गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिई भ्रम सृजना गरेको भन्दै अस्पतालले पत्रकार सम्मेलन गरी गम्भिर ध्यानाकर्षण गराएको छ । ”
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भने १४ वटा निर्माण कम्पनीलाई अयोग्य ठानी केही सिमित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी गराएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । संघले बुटवलमा पत्रकार सम्मेलन गरी ठेक्का प्रक्रियामा ५ करोड बढी रकम अपचलन गर्नका लागि मिलेमतोमा ठेक्का गरिएको दाबी गरेको छ । संघले १७ वटा बोलपत्र परेकामा १४ वटा कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए ।
यहाँका व्यवसायीहरुले १७ लाख टेन्डर हाल्दा समेत २२ करोड टेन्डर हालेको बाहिरी कम्पनीलाई टेन्डर पारिएको भन्दै असन्तुष्टी जनाएका हुन । ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव हाल्नेको बोलपत्र स्वीकृत हुनुपर्नेमा बढी हाल्नेको स्वीकृत भएको भन्दै व्यवसायीले विरोध जनाएका हुन ।
यता अस्पताल प्रशासनले व्यवसायीहरुको उतm आरोपलाई सिधै अस्वीकार गर्दै पत्रिकामा बोलपत्र सम्बन्धि सूचना प्रकाशन गरी संस्थाको विधि विधान तथा प्रचलित नियम कानुन बमोजिम स्वीकृत बोलपत्रको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाएको अस्पतालका प्रशासन प्रमुख प्रकाश रायमाझीले भने । हामीले नियमसंगत सबै प्रक्रिया अपनाई प्रक्रिया अगाडि बढाएका छौ, १७ जना व्यवसायी यस प्रक्रियामा सहभागी थिए ती मध्ये १४ जनाको विविध कारणले प्राविधिक प्रस्ताव अयोग्य भएको र ३ वटा कम्पनीको मात्रै प्रविधिक प्रस्ताव स्वीकृत भएको उनले भने । प्राविधिक रुपमा स्वीकृत भएका कम्पनीहरु मध्येबाटै सबै भन्दै न्यून रहेको कम्पनीको बोलपत्र स्वीकृत गरी आर्थिक प्रस्तावकै आधारमा आश्य पत्र दिइएको बताए । प्राविधिक रुपमा अयोग्य ठहरिएका कम्पनीले आर्थिक प्रस्तावमा सहभागी हुन नसक्ने नियम रहेको उनले बताए ।
संस्थाले निर्माण कार्यका लागि परामर्श दाताको रुपमा कर्मा कन्सल्ट कम्पनीलाई छनोट गरि प्रक्रिया अगाडि बढाएको थियो । परामर्श दाता इन्जिनियर दीनेश वस्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको बताए । हामीले प्रविधिक कुराहरु हेरेपछि आर्थिक पाटोको लागि निर्माण समितिलाई जिम्मा दिइएको बताए ।
शिलबन्दीमा आएको कम्पनीको कागजात हेरेरै योग्य अयोग्य निर्धारण गरेका छौ । मापदण्ड नपुगेकाको लागि ७ दिनको आशय पत्र पनि जारी गरेकोले २ कम्पनीबाट मात्र गुनासो आएकोले जवाफ कारण सहित पठाइएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रविधिक रुपमा नै अयोग्य भएपछि हामीले ती कम्पनिको आर्थिक प्रस्तावको शिलबन्दी खोलेकै छैनौ, प्रविधिक प्रस्ताव योग्य भएका मध्ये ३ जनाको टेन्डर खोल्दा नव सिर्जनशील कन्स्ट्रक्शनलाई निर्माण समितिले छनोट गरेको छ ।
कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकोले के कति टेण्डर हालिएको बारे अस्पताललाई जानकारी नभएको व्यवस्थापक रायमाझीले भने । बाहिर आएको हल्ला संस्थालाई दुःख र हैरानी दिने मनसायले भएकोले यसमा संस्थाको गम्भीर ध्यानाकर्षण छ । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गर्छौं उनले भने ।न्युज कारखाना