२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौं । जारी टी-२० विश्वकपमा सुपर आठको समीकरण पुरा भएको छ ।

सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन् ।

अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

अब सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन् ।न्युज कारखाना

 

रौतहट, ३ असार । रौतहटको मध्यभाग गरुडास्थित इलाका प्रहरी कार्यालयको प्रमुखमा हालै आएका डीएसपी रामेश्वर त्वान्ती र सशस्त्र बेस क्याम्प दुधियाभारका इन्स्पेक्टर सञ्जित कुमार सिंहलाई सम्मान गरिएको छ।

रौतहट सुनचाँदी व्यवसायी संघले गरुडामा आयोजित एक कार्यक्रमबीच नवआगन्तुक डीएस्पी रामेश्वर र सशस्त्रका इन्स्पेक्टर सिंहलाई सम्मान गरेका हुन्।

संघका अध्यक्ष अरूण सोनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यलय गरूडा, प्रमुख डीएस्पी रामेश्वर, इन्स्पेक्टर सिंहलाई संघका पदाधकारीले शान्ति सुरक्षाको लागी ध्यानअकर्षण गराउँदै स्वागत तथा सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी संघका मधेस प्रदेशका सभापति रामजी साह,गरूडा उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साह, पूर्वअध्यक्ष हरन्द्र प्रसाद चौधरी, बहुमुखी क्यामपस गरुडाका अध्यक्ष लछुमन साह, उद्योग वाणिज्य संघ महासचिव छठु साह, कोषाध्यक्ष रमेश साह, हेमलाल साहलगायत दर्जनौं व्यापारीको सहभागिता रहेको थियो।न्युज कारखाना

काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।न्युज कारखाना

पाल्पा । पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२-०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको ।न्युज कारखाना

तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन्।

बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन्।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।न्युज कारखाना

कञ्चनपुर । कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।

लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।

थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।न्युज कारखाना

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से५प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना

 

रौतहट । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ।

भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको बैरिअर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन्। एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताए।

सैयौं नागरिकको समस्या समाधान गर्न  केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको बैरिअर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन।

सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन्।

कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन्। कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन्। तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनु परेको हो।न्युज कारखाना

काठमाडौँ । मोबाइल टेक्नोलोजीको आधारभूत ज्ञान भएका सबैलाई थाहा छ कि प्रत्येक मोबाइल फोनको एक युनिक नम्बर हुन्छ जसलाई आइएमइआइ (IMEI) नम्बर भनिन्छ । फोन हराए वा चोरी भएमा यो नम्बर खोजिन्छ । त्यसैको सहयोगले कैयौं पटक प्रहरीले चोरलाई पनि समात्छ । यद्यपि प्रत्येक मोबाइल फोनको आइएमइआई नम्बर फरक हुन्छ, तर हामी प्राय: यो विशेष नम्बर क्लोन वा परिवर्तन भएको बारे सुन्छौं ।

बंगलादेशको मोबाइल फोन अपरेटर रोबीका प्रमुख कर्पोरेट तथा नियामक अधिकारी शाहिद आलमको बयानले सबैलाई चकित बनाएको छ । गत बिहीबार राजधानी ढाकास्थित दूरसञ्चार निर्देशनालयमा आयोजित एक सेमिनारमा उनले बंगलादेशमा एउटै आइएमइआइ नम्बरका डेढलाख भन्दा बढी फोन प्रयोग भइरहेको बताएर सबैलाई चकित बनाए ।
सेमिनारमा उनले भने, ‘बंगलादेशमा एउटै आईएमईआई नम्बरका डेढ लाखभन्दा बढी मोबाइल फोनहरू प्रयोग भइरहेका छन् । ती सबै फोन नक्कली हुन् ।’ यद्यपि नक्कली मोबाइल फोनको संख्या १.५ लाखभन्दा कम हुनसक्ने बताइएको छ ।

उनले भने, ‘केही वर्षदेखि एउटै अपरेटरको नेटवर्कमा आठ लाख मोबाइल एउटै आईएमईआई कोडमा काम गरिरहेका थिए ।’ तर यो खुलासापछि एउटै आइएमइआइ नम्बरका यति धेरै फोन कसरी सँगै काम गरिरहेका छन् भन्ने प्रश्न उठेको छ ।

आइएमइआई भनेको के हो ?

आइएमइआइ इन्फोका अनुसार इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (IMEI) १५ अंकको नम्बर हो । यो नम्बर मोबाइल ह्यान्डसेट निर्माण गर्दा प्रोग्राम गरिएको हुन्छ । तर कतिपय अवस्थामा यो संख्या १७ अंकको पनि हुन सक्छ । वास्तवमा यो नम्बर मोबाइल ह्यान्डसेटको परिचय हो । यो नम्बरले यो ह्यान्डसेट कुन कारखानामा बनेको र कुन क्षेत्रमा प्रयोग भइरहेको छ भन्ने देखाउँछ ।

आईएमईआई नम्बरमा फोनको युनिक सिरियल नम्बर पनि हुन्छ । यसको साथमा एउटा नम्बर छ जसद्वारा सम्पूर्ण नम्बर पहिचान गर्न सकिन्छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएम) मोबाइल नम्बरमा एउटै आईएमईआई नम्बर हुने र सजिलै पहिचान गर्न सकिने गरी डिजाइन गरिएको हो ।

यदि फोन हराए वा चोरी भयो भने, यसलाई पत्ता लगाउन आइएमइआइ नम्बर प्रयोग गरिन्छ । यसबाहेक नयाँ फोन खरिद गर्दा आइएमईआई नम्बरको सहयोगमा मोबाइल फोन पहिले प्रयोग नगरेको थाहा पाउन सकिन्छ । यदि तपाईंले आफ्नो फोनमा *#06# डायल गर्नुभयो भने, तपाईंले आफ्नो मोबाइल फोनको IMEI नम्बर थाहा पाउनुहुनेछ ।
यदि तपाईं IMEI.info वेबसाइटमा जानुभयो भने, नम्बर थिच्नुहोस् र चेक बटन थिच्नुहोस्, त्यसपछि अर्को पृष्ठमा तपाईंले फोनसँग सम्बन्धित जानकारी देख्नुहुनेछ।

आइएमइआई ठगी कसरी हुन्छ?

आइएमइआइ नम्बर परिवर्तन गर्दा सामान्यतया मान्य नम्बर क्लोन गर्नु पर्छ । मोबाइल फोनको मामलामा प्रायः दुई प्रकारको क्लोनिङ गरिन्छ । एउटा सिम क्लोनिङ र अर्को आइएमइआइ क्लोनिङ हो । ढाका विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजीका निर्देशकले बीबीसी बंगलालाई फोनको परिचय नक्कल गर्न सकिने बताए । यद्यपि आम मानिसले सजिलै गर्न सक्दैनन् । यसमा धेरै प्राविधिक चरणहरू संलग्न छन्। भर्खरै ढाकामा नक्कली ह्यान्डसेट बनाउने केही अवैध कारखानामा छापा मारेको थियो।

ढाका महानगरीय प्रहरी साइबर र विशेष अपराध विभागले अगस्ट २०२० मा सामसुङ र नोकिया फोनको नक्कल गरेर ह्यान्डसेटहरू बनाउने एउटा नक्कली कारखाना फेला फारेको थियो । यहाँ बनाइएका फोनहरुको आइएमइआइ स्पुफिङ बटन वा फिचर फोनहरूमा धेरै सामान्य छ । यो स्मार्ट फोनहरूमा कम सामान्य छ । विज्ञहरूले फोन पहिचान नम्बरहरूको ठूलो संख्या मिलाउन अन्य सम्भावित तरिकाहरू छन् ।

अवैध रूपमा बाहिरबाट आउने अज्ञात वा बेनामी ब्रान्डका ह्यान्डसेटहरू यसरी उत्पादन गर्न सकिन्छ । पूर्वनिर्धारित रूपमा उही आइएमइआइ नम्बर प्रयोग गरिन्छ । विदेशी कम्पनीबाट पार्टपुर्जा खरिद गरिएको हो भने त्यस्ता सफ्टवेयर वा आवश्यक उपकरण उपलब्ध गराएको हुनसक्ने विज्ञहरु बताउछन् । मूल फोनको एउटै आईएमईआई नम्बरको आईएमईआई डाटाबेसबाट क्लोन गरियो भने ह्यान्डसेटको जानकारी डाटाबेसमा उपलब्ध हुनेछ ।

यसलाई रोक्न कानूनी कारबाही र दोस्रो, प्राविधिक चरणहरू रहेका छन् । एक पटक फोन प्रयोगकर्ताको हातमा पुगेपछि प्राविधिक उपायहरूले खासै काम नलाग्ने हुनाले कानुनी कारबाही गर्नुपर्नेमा जोड दिइएको छ ।

यो किन गरिन्छ?

आजको समयमा, मोबाइल फोन ट्र्याकिङ प्राय: अपराधी पत्ता लगाउन प्रयोग गरिन्छ । जुनसुकै अपरेटरको टावरमा जडान भएको मोबाइल फोनको आईएमईआई अपरेटर कम्पनीले थाहा पाउन सक्ने हुन्छ । तर एउटै आइएमइआइ नम्बर भएका धेरै ह्यान्डसेट भएमा कुनै खास ह्यान्डसेट ट्रेस गर्न गाह्रो हुन्छ । यस केसमा वास्तविक अपराधी पहिचान गर्न धेरै गाह्रो हुन्छ । परिणाम स्वरूप, फोन ट्र्याकिङको सट्टा अन्य रणनीतिहरू अपनाउनुपर्छ ।

जीएसएम संघले प्रत्येक आइएमइआइ को लागि रोयल्टी तिर्नुपर्छ । त्यो रोयल्टीबाट बच्नको लागि, एक देशका निर्माताहरूले एकल आइएमइआइ नम्बरमा लाखौं ह्यान्डसेटहरू उत्पादन गर्ने गरेको बताइएको छ । मूल फोनको एउटै आईएमईआई नम्बरको आईएमईआई डाटाबेसबाट क्लोन गरियो भने ह्यान्डसेटको जानकारी डाटाबेसमा उपलब्ध हुनेछ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।