२०८३ बैशाख २७
२०८३ बैशाख २७

बारा। बारा जिल्लाको महागढीमाई नगरपालिकाको ८औं नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ। यस नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। कुल ७७ करोड ५४ लाख ९८ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।

नगर सभाको उद्घाटन नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गरेका थिए, जसमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुसवाहा , उप प्रमुख तारा देवी कानु ,  नगर सभाका सदस्यहरू, विभिन्न विभागका प्रमुख तथा आम नागरिकको उपस्थिति रहेको थियो। नगर प्रमुखले विगतका उपलब्धिहरू, चुनौतीहरू र आगामी वर्षका योजना तथा प्राथमिकताहरू बारेमा सम्बोधन गरे। उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूलाई विशेष प्राथमिकता दिएको जानकारी दिए।

प्रस्तुत बजेटमा शिक्षाका लागि विद्यालय भवनहरूको निर्माण तथा पुनर्निर्माण, शैक्षिक सामग्रीको व्यवस्था र डिजिटल शिक्षा प्रवर्द्धनका लागि विशेष बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रका लागि नयाँ स्वास्थ्य चौकीहरूको स्थापना, मौजुदा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा निःशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिने योजना समावेश गरिएको छ।

पूर्वाधार विकासका लागि सडक, पुल तथा खानेपानी आयोजनामा विशेष ध्यान दिइएको छ। नगरपालिकाले दुरदराजका क्षेत्रहरूमा आवागमन सहज बनाउन नयाँ सडक निर्माण तथा पुराना सडकहरूको मर्मत सम्भार गर्ने योजना प्रस्तुत गरेको छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन विभिन्न योजनाहरू अघि सारिएको छ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिँचाइ सुविधा, कृषि उपकरणहरू, तथा कृषकहरूलाई तालिम प्रदान गर्ने कार्यक्रमहरूमा बजेट छुट्याइएको छ। पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू प्रस्तुत गरिएको छ। समाज कल्याणका क्षेत्रमा वृद्धवृद्धा, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि विभिन्न योजना समावेश गरिएको छ।

नगर प्रमुखले बजेटको सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न नागरिक सहभागितालाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाका सम्पूर्ण नागरिकहरूलाई सहकार्य गर्न आह्वान गर्दै नगरको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

नगर सभाका सदस्यहरूले आ-आफ्ना विचार तथा सुझाव प्रस्तुत गरे। अधिकांश सदस्यहरूले प्रस्तुत बजेट तथा कार्यक्रमलाई सराहना गर्दै यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए। केही सदस्यहरूले भने केही क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

समग्रमा, महागढीमाई नगरपालिकाको ८औं नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ र प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमहरू नगरको समग्र विकासका लागि सकारात्मक कदम भएको धारणा प्रकट गरिएको छ। नगर सभाको समापनमा नगर प्रमुखले आगामी वर्षको लागि निर्धारित लक्ष्यहरू प्राप्त गर्न सबैको सहभागिता र समर्पण आवश्यक रहेकोमा जोड दिए। सभाको समापन गर्दै, नगर प्रमुखले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे र नगरको समृद्धिका लागि सबैले आफ्नो भूमिका निभाउन आग्रह गरे।न्युज कारखाना

काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा विश्वभर वायु प्रदूषणका कारण ८१ लाख मानिसको ज्यान गएको तथ्यबाट यसको गम्भीरता अनुमान लगाउन सकिन्छ ।

युनिसेफसँगको साझेदारीमा अमेरिकास्थित स्वतन्त्र अनुसन्धान संस्था हेल्थ इफेक्ट इन्स्टिच्युट (एचईआई)ले बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा तीन वर्षअघि वायु प्रदूषणका कारण चीनमा २१ लाख र भारतमा २३ लाख मानिसको मृत्यु भएको उल्लेख छ । यससँगै वायु प्रदूषणले बालबालिकामा पनि ठूलो असर पारेको छ । भारतमा पाँच वर्ष मुनिका एक लाख ६९ हजार चार सय बालबालिकाको मृत्यु भएको छ । यसपछि नाइजेरियामा १ लाख १४ हजार एक सय, पाकिस्तानमा ६८ हजार एक सय, इथियोपियामा ३१ हजार एक सय र बंगलादेशमा १९ हजार एक सय बालबालिकाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनले दक्षिण एसियामा ज्यान गुमाउनुको प्रमुख कारण वायु प्रदूषण रहेको पनि उल्लेख गरेको छ । यसपछि उच्च रक्तचाप, खानपान र सुर्तीजन्य पदार्थ मृत्युको कारण बन्न थालेका छन् । सन् २०२१ मा वायु प्रदूषणका कारण गत वर्षको अनुमानभन्दा बढी मृत्यु भएको देखियो । एक अर्बभन्दा बढी जनसङ्ख्या भएका भारत र चीनले कुल विश्वव्यापी रोगको भारको ५४ प्रतिशत ओगटेका छन्।

पीएम २.५ र ओजोनका कारण हुने वायु प्रदूषणले २०२१ मा ८.१ मिलियनको मृत्यु भएको प्रक्षेपण गरिएको छ जुन कुल विश्वव्यापी मृत्युको लगभग १२ प्रतिशत हो । विश्वव्यापी वायु प्रदूषण मृत्युमध्ये ९० प्रतिशतभन्दा बढी, वा ७८ लाख मृत्यु पीएम २.५ वायु प्रदूषणका कारण हुन्छन्, जसमा एम्बियन्ट पीएम २.५ र भित्री वायु प्रदूषण पनि समावेश छ ।

यी माइक्रोस्कोपिक कणहरू, २.५ माइक्रोमिटर भन्दा कम व्यास भएका कणफोक्सोमा बस्छन् र रक्तप्रवाहमा प्रवेश गर्न सक्छन्, जसले धेरै अंग प्रणालीहरूलाई असर गर्छ र वयस्कहरूमा हृदय रोग, स्ट्रोक, मधुमेह, फोक्सोको क्यान्सरको जोखिम हुन्छ क्यान्सर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) जस्ता रोगहरू बढ्छन् ।

अनुसन्धान संस्था एहईआईकी अध्यक्ष एलेना क्राफ्टले स्टेट अफ ग्लोबल एयर रिपोर्टले परिवर्तनको लागि जानकारी र प्रेरणा प्रदान गर्ने बताइन ।

यो नयाँ प्रतिवेदनले मानव स्वास्थ्यमा वायु प्रदूषणको महत्त्वपूर्ण प्रभावहरूको सम्झना गराएको छ, जसको असमान बोझ साना बालबालिका, वृद्ध जनसंख्या र न्यून र मध्यम आय भएका देशहरूमा परेको छ ।न्युज कारखाना

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम कुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए।

पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उनको धारणा थियो। ‘अब पनि हामी सानातिना कुरामा अल्झिनु हुँदैन। गतिशील कांग्रेस र समृद्ध देश निर्माणमा जुट्नुपर्छ। सरकारका गलत क्रियाकलापको जनतामा गएर भण्डाफोर गर्नुपर्छ। राम्रा काममा साथ दिनुपर्छ,’ उनले भने।

केही नेताहरूको स्वार्थगत राजनीतिका कारण भ्रातृ संस्थाहरू पनि गतिशील हुन नसकेको उनको गुनासो छ। पार्टीभित्रको गुटलाई अन्त्य गरेर अगाडि बढेमात्र कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्ने उनको धारणा थियो।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- ‘मुटु राख… तर निन्द्रा फिर्ता देउ ।’  श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि  ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिटु की स्वीटी’ मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो ।
न्युज कारखाना

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । यसैगरी, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यस्तै आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपंक्ष विकास, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत मन्त्रीहरुले जवाफ दिनेछन् । यस्तै, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बजेटमा उठेका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।न्युज कारखाना

राैतहट,०५ गते असार ।

रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित उचिडिहस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहालाई समुदायले नै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दा कुशवाहा अत्यन्त भावुक भए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी दिएर जान पाऊँ । Open photoआफू विद्यालयमा शिक्षकको रुपमा हाजिर हुन आउँदा विद्यालयको कार्यालयमा हाजिरी रजिस्टरसमेत राख्ने अवस्था नरहेको सम्झँदै प्रअ कुशवाहाले भने – म तत्कालीन हेड सरको घरमा गएर नै विद्यालयको हाजिरी रजिस्टरमा हाजिरी गरेको हुँ । विद्यालयलाई एक कट्टा सात धुर घडेरीको जमिन उपलब्ध गराएको कारण समुदायले प्रअ कुशवाहालाई सम्मानित गरेको हो ।Open photo प्रअ कुशवाहाले आफ्नो निजी लगानीमा गाउँको बिचमा रहेको विद्यालयमा एक कट्टा सात धुर जमिन किनिदिएर विद्यालयको नाममा पास गरिदिएका छन् । अहिले विद्यालय भवन बनिरहेको छ । Open photoप्रअ कुशवाहा भन्छन् – विद्यालयको प्रांगणमा म आफ्नै लगानीमा सरस्वती मन्दिरको निर्माण गराउँछ । आगामी केही दिनमै मन्दिरको शिलान्यास गरिने प्रअ कुशवाहाले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् । Open photoयसै गरी विद्यालयलाई कक्षोन्नति गर्दै माध्यमिक तहसम्म पु¥याउने आफ्नो चाहना रहेको प्रअ कुशवाहाको भनाइ छ । Open photoविद्यालयमा भवन पूरा गरिदिने तथा अन्य सुविधाहरुले पनि विद्यालयलाई सम्पन्न गरेर माध्यमिक तहसम्म विद्यालय संचालन गरेपछि समाजले भनेजस्तै आफूले गर्न तयार रहेको प्रअ कुशवाहाको भनाइ छ । Open photoप्रअ कुशवाहालाई देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले सम्मानित गर्दै प्रशंसा गरेका छन् ।Open photo विद्यालयमा विभिन्न किसिमको राजनीति हुने गरेको र सकारात्मक कामलाई पनि केही मानिसले प्रभावित गर्न खोजेको बताउँदै नगर प्रमुख साहले सबै किसिमको नकारात्मक विचारलाई चिर्दै विद्यालय सही किसिमले संचालन भएको र विद्यालयले जग्गा प्राप्त गरेको बताएका छन् । Open photoनगर प्रमुख साहले विद्यालयलाई जमिन दिने कुराको पनि विरोध भएकोतर्फ संकेत गरेका छन् । विद्यालयलाई निजी लगानीमा जमिन किनिदिएकोमा नगरपालिकाको तर्फबाट नगर प्रमुख साहले पहिले नै सम्मानित गरिसकेका छन् । Open photoप्रअ कुशवाहालाई भवन निर्माण समिति, पूर्व विद्यालय व्यवस्थापन समिति तथा स्थानीय रुपमा सक्रिय आम जनता पार्टी लगायत समुदायले सम्मानित गरेको हो ।Open photo प्रअ कुशवाहालाई सम्मानित गर्दै स्थानीयबासीले निकै प्रशंसा गरेका छन् । Open photoविद्यालयमा जमिन दिन तथा विद्यालयको निर्माणमा आफूहरुले दिएको भन्दा धेरै बढी योगदान प्रअ कुशवाहाको रहेको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।

काठमाडौँ । जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ । न्युज कारखाना

काठमाडौ । क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समुह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको हो ।

यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरेपनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औ मिनेटमा क्रोसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए । त्यसपछि ७६औ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोसियाले २-१ को अग्रता हासिल गरेको थियो । त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५औ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि क्रोसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ । क्रोसियाले पहिलो खेलमा स्पेनसँग हर बेहोरेको थियो । क्रोसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब क्रोसियाले समुह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ ।न्युज कारखाना

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।

वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समुहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् ।

वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङल्याण्डले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ ।

भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्ध भएपछि समुह ए मा शिर्ष स्थानमा रहदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समुह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समुह सी मा दोस्रो हुदै सुपर आठमा पुगेको हो ।

अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो ।

दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।